शब्दयात्रा प्रकाशनको आयोजनामा गायक, सङ्गीतकार तथा गीतकार मच्छेश्वर सापकोटालाई आगामी २०७६ साल असार ४ गते शनिबार बिहान विशेष उपाधि प्रदान गरिने भएको छ ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनले काभ्रेली पत्रकारद्वय मोतीराम तिमल्सिना र शुकदेव थपलियालाई पनि कदरपत्र प्रदान गर्ने भएको छ ।
शब्दयात्रा प्रकाशनको सभाकक्षमा हुने उक्त कार्यक्रममा सहभागी हुन शब्दयात्रा प्रकाशनले काभ्रे जिल्लामा रहेका सम्पूर्ण लेखक, पत्रकार तथा सङ्गीतकर्मीहरूलाई अनुरोध गरेको छ ।