Home Blog Page 135

शब्दसञ्चारः साउन ०६, २०७७

0
  1. Episode 15 - Shabda Sanchar 27:57

शब्दयात्रा प्रकाशनबाट ‘लोवाक कफी’ छापिने

0

प्रसिद्ध नियात्राकार पोष चापागाईंद्वारा लिखित तथा ‘नेपालभूमि साप्ताहिक’ मा धारावाहिक रूपमा प्रकाशित नियात्राहरूको सङ्ग्रह ‘लोवाक कफी’ शब्दयात्रा प्रकाशनबाट प्रकाशन हुने भएको छ ।
विभिन्न पाँच देशमा भ्रमण गर्दाका अनुभवहरू समेटिएको ‘लोवाक कफी’ नियात्राकार पोष चापागाईंको नवौँ नियात्रासङ्ग्रह हो ।

‘आँसुको दह’ सार्वजनिक

0

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा कवि पदम दाहालद्वारा लिखित ‘आँसुको दह’ नामक पद्यकवितासङ्ग्रहको विद्युतीय पुस्तकलाई सार्वजनिक गरिएको छ ।
शब्दयात्रा प्रकाशनको वेबसाइटमार्फत प्रमुख अतिथिका रूपबाट समालोचक तथा पुष्पपराग साहित्य प्रतिष्ठानका अध्यक्ष डा. यज्ञेश्वर निरौलाले उक्त पुस्तकलाई सार्वजनिक गर्नुभएको हो । पुस्तकका बारेमा उहाँले समालोचनासमेत गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व तथा गायक सुरेन्द्रकुमार श्रेष्ठ र सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा लेखक दामोदर घिमिरेले कवि पदम दाहालको जीवनी प्रस्तुत गर्नुभएको थियो भने कवि पदम दाहालले एउटा कविता र पुस्तक प्रकाशनको अन्तर्कथा सुनाउनुभएको थियो ।
कार्यक्रमको सञ्चालन ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनद्वारा १ सय ४० औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित ‘आँसुको दह’ ८८ पृष्ठको छ र १ सय २५ रुपियाँ मूल्य राखिएको छ ।

हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा विज्ञान–प्रविधि सम्मान’ द्वारा सम्मानित अग्रज इन्जिनियर शङ्करनाथ रिमाल नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानबाट र ‘शब्दयात्रा साहित्यिक पत्रिका सम्मान’ बाट सम्मानित ‘नव–प्रज्ञापन’ पत्रिकाका सम्पादक नवराज रिजाल नेपाल सरकारबाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार

हार्दिक समवेदना

0

शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित शब्दयात्रा घुम्ती पुस्तक पसलमा केही समय कार्यरत जगन्नाथ दाहालको अल्पायुमा नै निधन भएको खबरले हामी दुःखित बनेका छौँ । उहाँको दिवङ्गत आत्माले शान्ति पाओस् भन्ने कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार

शब्दसञ्चारः असार ३०, २०७७

0
  1. Episode 14 - Shabda Sanchar 36:01

शब्दसञ्चारः असार २३, २०७७

0
  1. Episode 13 – Shabda Sanchar 29:38

हार्दिक समवेदना !

0

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान’ बाट २०६९ सालमा सम्मानित शिक्षासेवी, पहिलो महिला क्याम्पस प्रमुख, समाजसेवी तथा लेखिका श्रीमती अङ्गुरबाबा जोशी आज २०७७ साल असार ६ गते शनिबार ८९ वर्षको उमेरमा ब्रह्मलीन हुनुभएको छ । उहाँका सत्कार्यहरू सबैका लागि प्रेरणा बनिरहून् भन्ने कामना गर्दै शोकसन्तप्त सबैप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार

समारोह समितिको अनुरोध

0

साहित्यकार, भाषासेवी तथा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको मोती महोत्सव मनाउन गठित समितिले उहाँका विषयमा ग्रन्थको प्रकाशन गरी यसै वर्ष उहाँलाई सार्वजनिक सम्मान गर्ने भएकाले त्यस ग्रन्थमा उहाँको योगदान, जीवनी, प्रवृत्ति, उहाँसँगको संस्मरण, अन्य जानकारी, विचार तथा सम्बन्धित सामग्री समावेश गर्न इच्छुक महानुभावहरूले आफ्नो रचना यही असार मसान्तसम्ममा उपलब्ध गराइदिन मोती महोत्सव समारोह समितिले अनुरोध छ ।

‘लकडाउन डायरी’ प्रकाशित हुने

0

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले कोरोना भाइरसका कारणबाट भएको बन्दाबन्दीको अवस्थामा तयार पारेका सङ्क्षिप्त पाठ्यसामग्रीहरूको पुस्तक ‘लकडाउन डायरी’ शब्दयात्रा प्रकाशनबाट प्रकाशित हुने भएको छ ।
शब्दयात्रा प्रकाशनबाट प्रकाशन हुन लागेको यो १ सय ४१ औँ पुस्तक हो । यस पुस्तकमा नेपालका ऐतिहासिक, पुरातात्त्विक, साहित्यिक, सामाजिक र राजनीतिक क्षेत्रका लोप हुन लागेका तथ्यपरक विषयहरू प्रस्तुत गरिएका छन् ।