शब्दयात्रा प्रकाशनले ‘परिवर्तन’ नामक पुस्तक प्रकाशन गर्ने भएको छ । केदारनाथ तिमल्सिनाद्वारा लिखित उक्त पुस्तक शब्दयात्रा प्रकाशनको १ सय ४४ औँ प्रकाशनपुष्प हो ।
‘परिवर्तन’ केदारनाथ तिमल्सिनाको चौथो कृति हो । उहाँका यसअघिका तीन कृति पनि शब्दयात्रा प्रकाशनबाटै प्रकाशन गरिएका थिए ।
‘परिवर्तन’ पुस्तकमा नेपाली समाज कसरी परिवर्तन भइरहेको छ भन्ने कुरा विभिन्न उदाहरणहरू प्रस्तुत गरेर प्रस्ट पारिएको छ ।
शब्दयात्राबाट ‘परिवर्तन’ प्रकाशन हुँदै
शब्दसञ्चारः साउन २७, २०७७
- Episode 18 - Shabda Sanchar 31:30
राम जन्मभूमिका विषयमा ‘शब्दसंवाद’
शब्दयात्रा प्रकाशनद्वारा आयोजना गर्ने गरिएको ‘कर्मयोद्धासँग शब्दसंवाद’ को एक सय नवौँ शृङ्खला गत २०७७ साल साउन १६ गते शुक्रबार दिउँसो २ बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । कोरोनाका कारण सीमित व्यक्तिहरूको मात्र सहभागिता रहेको उक्त कार्यक्रमको सभापतित्व समाजसेवी राजेन्द्र काफ्लेले तथा उद्घोषण ज्योतिष पण्डित रमेश अधिकारीले गर्नुभएको थियो । बनेपाका युवा व्यवसायी बुद्धरत्न मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले रामको जन्मभूमि नेपालमा हो कि भारतमा हो भन्ने विषयमा उठेका सन्दर्भहरूका बारेमा जानकारी गराउनुभएको थियो ।
उहाँले शास्त्रीय ग्रन्थ, इतिहास, भूगोल, मानवशास्त्र, भाषाविज्ञान र पुरातत्व गरी छवटा आधारमा मात्रै यस विषयमा निर्णय गर्न सकिने कुरा बताउनुभयो र रामको जन्मभूमि नेपालमा हो भन्ने कुरामा हालसम्म विभिन्न पक्षबाट दिइएका तर्क र प्रमाणहरूबारे जानकारी गराउनुभयो ।
शब्दयात्रा स्तम्भ अनावरण
शब्दयात्रा प्रकाशनले बनेपामा स्थापना गरेको शब्दयात्रा स्तम्भ गत २०७७ साल साउन १६ गते शुक्रबारका दिन सीमित सहभागीहरूका बीच औपचारिक रूपमा अनावरण गरिएको छ । बनेपाका युवा व्यवसायी बुद्धरत्न मानन्धरले कार्यक्रमका प्रमुख अतिथिका रूपबाट शब्दयात्रा स्तम्भको अनावरण गर्नुभएको थियो । कोरोना भाइरसका कारण कार्यक्रममा धेरैजना शुभेच्छुकहरूलाई आमन्त्रण गरिएको थिएन ।
शब्दयात्रा स्तम्भ निर्माण गर्न गत वर्ष आमाबुबा अष्टमाया मानन्धर र कृष्णगोपाल मानन्धरको सम्मानमा बुद्धरत्न मानन्धरले शब्दयात्रा प्रकाशनका लागि सञ्चालक सदस्य कृष्णमणि कुइँकेललाई केही रकम हस्तान्तरण गर्नुभएको थियो । उहाँले नपुग रकम अनावरण कार्यक्रममै शब्दयात्रा प्रकाशनका लागि संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।
सालिक रहेको स्थान अब शब्दसाधक तीर्थ
शब्दयात्रा प्रकाशनबाट बनेपामा रहेको आफ्नै जग्गामा स्थापित शब्दसाधकहरूको सालिक रहेको पावन परिसरलाई ‘शब्दसाधक तीर्थ’ नामकरण गरिएको छ ।
शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माको प्रस्ताव अनुमोदन गर्दै उक्त नामकरण गरिएको हो ।
सरस्वती मन्दिरको निर्माण सम्पन्न
शब्दयात्रा प्रकाशनले स्थापना गरी प्राणप्रतिष्ठा गरेको शारदा मन्दिरको निर्माणकार्य सम्पन्न भएको छ । शब्दयात्रा प्रकाशनद्वारा स्थापित पुस्तकालयका अगाडिको प्राङ्गणमा सरस्वतीको मूर्ति राखी शारदा मन्दिरको निर्माण गरिएको हो ।
मन्दिरको निर्माण गर्न वीरशैवभास्कर भरतमणि जङ्गम, प्रा. सुरेशराज चालिसे र साहित्यकार हिरण्यकुमारी पाठकले आर्थिक सहयोग गर्नुभएको हो ।
शब्दयात्रा स्तम्भको निर्माण सम्पन्न
शब्दयात्रा प्रकाशनले शब्दयात्रा स्तम्भको निर्माणकार्य सम्पन्न गरेको छ । बनेपामा रहेको आफ्नै जग्गामा शब्दसाधकहरूको सालिककै छेउमा शब्दयात्रा स्तम्भ निर्माण गरिएको हो । शब्दयात्रा स्तम्भको अनावरण आगामी २०७७ साल साउन १६ गते शुक्रबार गरिने भएको छ ।
शब्दयात्रा स्तम्भको निर्माणका लागि बनेपा नगरपालिका वडा नं. ७ निवासी युवा व्यवसायी बुद्धरत्न मानन्धरले आर्थिक सहयोग गर्नुभएको छ भने नपुग रकम शब्दयात्रा प्रकाशनले नै बेहोरेको छ ।
डा. इन्दुल केसी र पदम दाहालको संयुक्त पुस्तक छापिने
शब्दयात्रा प्रकाशनबाट डा. इन्दुल केसी र पदम दाहालको संयुक्त लेखनमा ‘एक–अर्काका दृष्टि ः दुई व्यक्तिका कृति’ नामक कृति प्रकाशित हुने भएको छ । यसअघि पदम दाहालका दुईवटा र डा. इन्दुल केसीका तीनवटा कृति शब्दयात्रा प्रकाशनले प्रकाशन गरिसकेको छ ।
यस पुस्तकमा कृतिकारद्वयले एकले अर्काको सिर्जनामाथि समीक्षात्मक टिप्पणी गरी आ–आफ्ना दुई–दुईवटा कविता राख्नुभएको छ । एकले अर्काको सिर्जनामाथि गरेको टिप्पणी संयुक्त लेखनका रूपमा एउटै पुस्तकमा प्रकाशन गराउने कार्यले नवीन पुस्तामा एकीकृत रूपमा अघि बढ्ने प्रेरणा प्राप्त हुने र हरेक स्रष्टा अर्को स्रष्टाका लागि आधारभूमि बन्न सक्ने हुँदा नेपाली वाङ्मयमा नवीन संस्कृतिको निर्माण गर्न कटिबद्ध सर्जकद्वय पदम दाहाल र डा. इन्दुल केसीको नवीन सोच, शैली र सिर्जनाका लागि शब्दयात्रा प्रकाशनले बल बढाइदिन खोजेको कुरा शब्दयात्रा प्रकाशनले जनाएको छ ।
शब्दसञ्चारः साउन २०, २०७७
- Episode 17 - Shabda Sanchar 30:31
शब्दसञ्चारः साउन १३, २०७७
- Episode 16 - Shabda Sanchar 29:49