- Episode 12 - Shabda Sanchar 30:23
शब्दसञ्चारः असार १६, २०७७
शब्दसञ्चारः असार ९, २०७७
- Episode 11 - Shabda Sanchar 32:25
शब्दसञ्चारः असार २, २०७७
- Episode 10 - Shabda Sanchar 32:55
भक्तपुरमा शब्दयात्रा प्रकाशनको सम्पर्क केन्द्र
शब्दयात्रा प्रकाशनका गतिविधिहरूमा सहयोग गर्नका लागि भक्तपुर जिल्लामा बसोवास गर्ने शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा शुभेच्छुकहरूले शब्दयात्रा प्रकाशनको भक्तपुर सम्पर्क केन्द्र बनाउनुभएको छ ।
उक्त केन्द्रमा डिल्लीराम गौतम, डा। इन्दुल केसी, पदम दाहाल, सुनील सापकोटा, प्रजापति तिमिल्सिना, जीवनाथ अधिकारी र बुद्धिबहादुर घो श्रेष्ठ रहनुभएको छ ।
शब्दसञ्चारः जेठ २७, २०७७
- Episode 9 - Shabda Sanchar 30:17
शब्दसञ्चारः जेठ २०, २०७७
- Episode 8 - Shabda Sanchar 26:46
थप चार सम्मानको घोषणा
शब्दयात्रा प्रकाशनले २०७७ सालको पहिलो चरणमा सम्मान गर्ने ९ विधाका सम्मानहरूमध्ये बाँकी रहेका ४ विधामा सम्मान गर्ने व्यक्तित्वहरूको चयन गरेको छ । अघिल्लो साता ५ विधामा सम्मान समर्पण गर्ने व्यक्तित्वहरूको घोषणा गरिएको थियो ।
यसपटक चयन गरिएका ४ विधाका सम्मानहरूमा काशीनाथ–मायादेवी राष्ट्रझङ्कार सम्मानबाट मूर्तिकार ठाकुरप्रसाद मैनाली (काभ्रे), होम–तोत्र शिक्षा सम्मानबाट शिक्षाविद् डा. मनप्रसाद वाग्ले (काठमाडौँ), हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मानबाट सामाजिक अभियन्ता डा. योगेन्द्रभक्त मल्ल (काठमाडौँ) र अङ्गुरबाबा जोशी शिक्षक सम्मानबाट एसोसिएट प्रोफेसर सुश्री एक्कुमाया पुन (गुल्मी) सम्मानित हुन लाग्नुभएको छ ।
यी सम्मानहरूको आर्थिक व्यवस्थापन कृष्णहरि मैनाली, रमेश पौड्याल, आनन्दराज श्रेष्ठ र निर्मलाकुमारी यगोल श्रेष्ठले गर्नुभएको हो ।
शब्दसञ्चारः जेठ १३, २०७७
- Episode 7 - Shabda Sanchar 32:32
पाँच सम्मानको घोषणा
‘गोविन्दनाथ उप्रेती स्मृति र दृष्टि’ प्रकाशन गरिने
काभ्रेपलान्चोक जिल्लाको राजनीतिमा विशिष्ट भूमिका खेल्नुभएका राजनीतिज्ञ गोविन्दनाथ उप्रेतीको योगदानको सम्मानस्वरूप ‘गोविन्दनाथ उप्रेती स्मृति र दृष्टि’ नामक पुस्तक प्रकाशन हुने भएको छ ।
पुस्तक प्रकाशनका लागि शब्दयात्रा प्रकाशनका आजीवन सदस्य डा. इन्दुल केसी लेख–संस्मरण सङ्कलन गर्ने कार्यमा जुट्नुभएको छ । यथासम्भव छिटै नै पुस्तक प्रकाशन गरी सार्वजनिक गर्ने योजना बनाइएको छ ।
पुस्तकमा गोविन्दनाथ उप्रेतीका बारेमा लेखिएका लेख–संस्मरणहरू समावेश गरिनेछन् ।