Home Blog Page 132

हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनद्वारा सम्मानित व्यक्तित्व डा. तीर्थबहादुर श्रेष्ठ र बुद्धिनारायण श्रेष्ठ सुकीर्तिमय राष्ट्रदीप तृतीय विभूषणबाट एवं भद्रकुमारी घले र डा. मनप्रसाद वाग्ले सुप्रबल जनसेवाश्री तृतीय विभूषणबाट विभूषित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
शब्दयात्रा प्रकाशन परिवार

तीन कार्यक्रम एकसाथ

0

शब्दयात्रा प्रकाशनद्वारा आयोजित कर्मशीलता पुरस्कार प्रदान गर्ने, ‘परिवर्तन’ लेखसङ्ग्रह सार्वजनिक गर्ने तथा स्तम्भकारहरूलाई उपहार प्रदान गर्ने कार्यक्रम गत २०७७ साल असोज १० गते शनिबार एकसाथ सम्पन्न भयो । कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशनको साप्ताहिक रेडियो कार्यक्रम ‘शब्दसञ्चार’ का प्रस्तोता शिव बन्जाराले गर्नुभएको थियो भने स्वागत मन्तव्य सञ्चालक सदस्य कृष्णमणि कुइँकेलले व्यक्त गर्नुभएको थियो । अतिथिहरूलाई लेखक प्रकाशबहादुर कायस्थले रुद्राक्षको माला लगाइदिएर स्वागत गर्नुभएको उक्त कार्यक्रममा महाप्रबन्धक शारदाप्रसाद शर्माले सम्मान सामग्रीको व्यवस्थापन गर्नुभएको थियो । ज्योतिष पण्डित रमेश अधिकारीले स्वस्तिवाचन गर्नुभएको थियो भने दामोदर घिमिरे र पूर्णबहादुर कार्कीले ब्राह्मणपूजन गर्नुभएको थियो ।
सञ्ञ्चालक सदस्य हरिगोपाल प्रधानले शब्दयात्रा प्रकाशनका तर्फबाट प्रमुख अतिथिलाई उपहार समर्पण गर्नुभएको उक्त कार्यक्रममा मोतीराम तिमल्सिनाले कार्यक्रमको समीक्षा गर्नुभएको थियो भने सम्मान व्यवस्थापक तथा लेखिका निर्मला श्रेष्ठले सभाविसर्जन गर्नुभएको थियो ।

‘नेपालभूमि’ पत्रिकाका स्तम्भकारहरूलाई उपहार प्रदान

0

शब्दयात्रा प्रकाशनले ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकामा आफ्ना पाँचवटाभन्दा बढी लेख–रचनाहरू निःशुल्क रूपमा उपलब्ध गराउने लेखकहरूलाई उपहार प्रदान गरेको छ ।
उपहार प्राप्त गर्नेहरूमा डा. इन्दुल केसी, गोविन्दबहादुर खड्का, पदम दाहाल, पुण्यवती घले, श्रीधर प्याकुरेल, सहदीप पलान्चोके र सुनील सापकोटा हुनुहुन्छ ।

‘परिवर्तन’ लेखसङ्ग्रह सार्वजनिक

0

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा काभ्रेली लेखक केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘परिवर्तन’ नामक लेखसङ्ग्रहलाई सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा सामाजिक दूरी कायम गर्दै सीमित सङ्ख्यामा उपस्थित व्यक्तित्वहरूका बीच आयोजना गरिएको सङ्क्षिप्त कार्यक्रममा उक्त पुस्तकलाई सार्वजनिक गरिएको हो ।
प्रमुख अतिथि काभ्रेपलान्चोक जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, अतिथि नेपाल पत्रकार महासङ्घ काभ्रेका सभापति मोतीराम तिमल्सिना र शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले संयुक्त रूपमा उक्त पुस्तकलाई सार्वजनिक गर्नुभएको थियो ।
‘परिवर्तन’ लेखसङ्ग्रह शब्दयात्रा प्रकाशनबाट प्रकाशित १ सय ४४ औँ पुस्तक हो । शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाबाट हरेक वर्ष औसत १६ वटाको दरले विभिन्न विधाका पुस्तकहरू प्रकाशन गर्ने गरेको छ । यस संस्थाले करिब ९ वर्षमा १ सय ४४ वटा पुस्तक प्रकाशन गरिसकेको छ ।
कार्यक्रममा सार्वजनिक गरिएको पुस्तकमाथि समीक्षक पदम दाहालले टिप्पणी गर्नुभएको थियो भने कृतिकार केदारनाथ तिमल्सिनाले यो पुस्तक आफ्नो चौथो सिर्जना भएको जानकारी गराउनुभएको थियो ।

शब्दयात्रा कर्मशीलता पुरस्कार प्रदान

0

शब्दयात्रा प्रकाशनले २०७७ सालको ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ बनेपानिवासी समाजसेवी सकुल थापालाई प्रदान गरेको छ । शब्दयात्रा प्रकाशनको प्रारम्भिक अवस्थादेखि नै यस संस्थाका विभिन्न गतिविधिहरूमा सक्रिय रही समय, श्रम, सीप, पुँजी र विचारको सहयोग गरेर संस्थालाई गतिशील बनाउन अहम् भूमिका खेल्नुभएकोमा उहाँलाई ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ प्रदान गरिएको हो । पुरस्कारको राशी रु. १०,०००।– रुपियाँ रहेको छ । पुरस्कारमा शब्दयात्रा पट्ट, प्रमाणपत्र र उपहार पनि प्रदान गरिन्छ ।
शब्दयात्रा प्रकाशनबाट ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ प्रदान गरिएको यो चौथोपटक हो । यसअघि यो पुरस्कारबाट पदमनाथ ढुङ्गाना, दामोदर घिमिरे र शिवप्रसाद बन्जारा पुरस्कृत हुनुभएको थियो ।
गत २०७७ साल असोज १० गते शनिबार विशेष कार्यक्रमको आयोजना गरी काभ्रेपलान्चोक जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीको प्रमुख आतिथ्यमा सकुल थापालाई उक्त पुरस्कार प्रदान गरिएको थियो । त्यस क्रममा सञ्चालक सदस्य हरिगोपाल प्रधानले उपहार, संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले नगद रकम, अतिथि मोतीराम तिमल्सिनाले शब्दयात्रा पट्ट र प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले पुरस्कारको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
पुरस्कृत व्यक्तित्वका विषयमा गीतिभास्कर मच्छेश्वर सापकोटाले जानकारी गराउनुभएको थियो भने पुरस्कृत व्यक्तित्व सकुल थापाले आफूलाई पुरस्कारका लागि योग्य देखेकोमा शब्दयात्रा प्रकाशनप्रति आभार व्यक्त गर्नुभएको थियो ।

शब्दयात्रा प्रकाशनको अवलोकन

0

काभ्रेपलान्चोक जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले बनेपा नगरपालिका वडा नं. ६ नीलकण्ठेश्वर धाममा अवस्थित शब्दयात्रा प्रकाशनको अवलोकन गर्नुभयो । त्यस बखत उहाँले नेपालको वाङ्मय क्षेत्रका प्रथम पाँचजना साधकका सालिकहरू रहेको शब्दसाधक तीर्थका साथै शब्दयात्रा स्तम्भ, शब्दयात्रा शारदा मन्दिर, शब्दयात्रा पुस्तकालय, शब्दयात्रा सभाकक्ष र शब्दयात्रा प्रकाशनको कार्यालयको अवलोकन गर्नुभयो ।
उहाँका साथमा नेपाल पत्रकार महासङ्घ काभ्रेका सभापति मोतीराम तिमल्सिना पनि हुनुहुन्थ्यो । उहाँहरूलाई शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री तथा सञ्चालक सदस्यहरू कृष्णमणि कुइँकेल, हरिगोपाल प्रधान र शिव बन्जाराले स्वागत गर्नुभएको थियो । त्यस बखत नेपालको पहिलो शिक्षासेवी, नेपालको पहिलो लोकतान्त्रिक पत्रकार, राष्ट्रिय पुरस्कार पाउने नेपालको पहिलो वैज्ञानिक, नेपालको पहिलो साहित्यिक सहिद र गीत स्वराङ्कन गर्ने नेपालको पहिलो गायिकाको सालिक एकै ठाउँमा देख्न सकिने बनेपामा मात्रै हो भन्ने जानकारी हरि मञ्जुश्रीले गराउनुभएको थियो ।
उहाँहरूले नीलकण्ठेश्वर महादेव र शेषशायी विष्णुको पनि दर्शन गर्नुभएको थियो ।

२०७७ सालको कर्मशीलता पुरस्कार सकुल थापालाई प्रदान गरिने

0

शब्दयात्रा प्रकाशनले २०७७ सालको ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ सकुल थापालाई प्रदान गर्ने भएको छ । सकुल थापाले शब्दयात्रा प्रकाशनको स्थापनाकालदेखि नै संस्थाका हरेक गतिविधिमा आर्थिक, भौतिक र अन्य विभिन्न प्रकारले योगदान गर्नुभएको छ । उहाँ यसअघिको सञ्चालक समितिमा पनि सदस्य हुनुहुन्थ्यो । ‘नेपालभूमि साप्ताहिक’ को व्यवस्थापनमा पनि उहाँले ठूलो सहयोग पु¥याउनुभएको छ ।
शब्दयात्रा प्रकाशनले हरेक वर्ष ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ प्रदान गर्ने गरेको छ । यसअघि यो पुरस्कार पदमनाथ ढुङ्गाना, दामोदर घिमिरे र शिवप्रसाद बन्जारालाई प्रदान गरिसकिएको छ । पुरस्कारको राशी १० हजार रुपियाँ रहेको छ भने पुरस्कारमा शब्दयात्रा पट्ट र प्रमाणपत्र पनि प्रदान गरिन्छ ।
शब्दयात्रा प्रकाशनबाट ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ गर्न लागेको यो चौथोपटक हो । यस पटकको कार्यक्रम आगामी असोज १० गते शनिबार काभ्रेपलान्चोक जिल्ला समन्वय समितिका सभापति उद्धव केसीको प्रमुख आतिथ्यमा शब्दयात्रा प्रकाशनको कार्यालयमा हुने भएको छ । कोरोना महामारीका कारण सीमित व्यक्तिको मात्र उपस्थितिमा मास्क र स्यानिटाइजर जस्ता सुरक्षाका उपायसहित सामाजिक दूरीको पालना गर्दै कार्यक्रम गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारीद्वारा शब्दसाधक तीर्थको अवलोकन

0

काभ्रेपलान्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले गत भदौ ३० गते मङ्गलबार बनेपाको नीलकण्ठेश्वर धाममा रहेको शब्दसाधक तीर्थ, शब्दयात्रा स्तम्भ, शब्दयात्रा शारदा मन्दिर, शब्दयात्रा प्रकाशन पुस्तकालय र शब्दयात्रा सभाकक्षको अवलोकन गर्नुभयो । त्यस बखत उहाँले नीलकण्ठेश्वर महादेव, शेषशायी विष्णु, नागदेवता र हनुमानको दर्शन पनि गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री र सदस्य कृष्णमणि कुइँकेलले स्वागत गर्नुभएको थियो । उहाँहरूले शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धामका विषयमा जानकारी गराउनुभएको थियो ।
त्यस बखत शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मा, पण्डित रमेश अधिकारी, छविलाल कुइँकेल, अमृत अधिकारी र सङ्गीता केसीको पनि उपस्थिति थियो ।

शब्दसञ्चारः असोज १३, २०७७

0
  1. Episode 25 - Shabda Sanchar 27:18

शब्दसञ्चारः असोज ०६, २०७७

0
  1. Episode 24 - Shabda Sanchar 32:10