Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रा प्रकाशनको अवलोकन

शब्दयात्रा प्रकाशनको अवलोकन

काभ्रेपलान्चोक जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले बनेपा नगरपालिका वडा नं. ६ नीलकण्ठेश्वर धाममा अवस्थित शब्दयात्रा प्रकाशनको अवलोकन गर्नुभयो । त्यस बखत उहाँले नेपालको वाङ्मय क्षेत्रका प्रथम पाँचजना साधकका सालिकहरू रहेको शब्दसाधक तीर्थका साथै शब्दयात्रा स्तम्भ, शब्दयात्रा शारदा मन्दिर, शब्दयात्रा पुस्तकालय, शब्दयात्रा सभाकक्ष र शब्दयात्रा प्रकाशनको कार्यालयको अवलोकन गर्नुभयो ।
उहाँका साथमा नेपाल पत्रकार महासङ्घ काभ्रेका सभापति मोतीराम तिमल्सिना पनि हुनुहुन्थ्यो । उहाँहरूलाई शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री तथा सञ्चालक सदस्यहरू कृष्णमणि कुइँकेल, हरिगोपाल प्रधान र शिव बन्जाराले स्वागत गर्नुभएको थियो । त्यस बखत नेपालको पहिलो शिक्षासेवी, नेपालको पहिलो लोकतान्त्रिक पत्रकार, राष्ट्रिय पुरस्कार पाउने नेपालको पहिलो वैज्ञानिक, नेपालको पहिलो साहित्यिक सहिद र गीत स्वराङ्कन गर्ने नेपालको पहिलो गायिकाको सालिक एकै ठाउँमा देख्न सकिने बनेपामा मात्रै हो भन्ने जानकारी हरि मञ्जुश्रीले गराउनुभएको थियो ।
उहाँहरूले नीलकण्ठेश्वर महादेव र शेषशायी विष्णुको पनि दर्शन गर्नुभएको थियो ।