Home Blog Page 133

शब्दसाधक तीर्थको अवलोकन

0

गत २०७६ साल भदौ २३ गते मङ्गलबार कवि सच्युतराज उप्रेती भुम्लुलेले शब्दसाधक तीर्थको अवलोकन गर्नुभयो । उहाँलाई रुद्राक्षको माला र पुष्पगुच्छासहित शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री र सदस्य शिव बन्जाराले शब्दयात्रा प्रकाशनमा स्वागत गर्नुभएको थियो । कवि उप्रेतीलाई सदस्य रमेश अधिकारी र व्यवस्थापक सङ्गीता केसीले विभिन्न स्थानको अवलोकन गराउनुभएको थियो ।
कवि उप्रेतीले शब्दसाधक तीर्थ, शब्दयात्रा स्तम्भ, शब्दयात्रा शारदा मन्दिर, शब्दयात्रा प्रकाशन पुस्तकालय र सभाकक्षको विशेष अभिरुचिपूर्वक अवलोकन गर्नुभयो । यी संरचनाहरू कसरी तयार भए भन्ने विषयमा उहाँले विशेष चासो राख्नुभएको थियो । ती संरचनाहरूको निर्माणका विषयमा उहाँलाई जानकारी गराइएको थियो ।
त्यस बखत उहाँले हनुमान, नीलकण्ठेश्वर महादेव, पोखरी, शेषशायी विष्णु र नागस्थानको समेत दर्शन तथा अवलोकन गर्नुभएको थियो ।

मोती महोत्सव समारोह समिति गठन

0

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको मोती महोत्सव भव्यताका साथ सम्पन्न गर्न ‘भाषासेवी हरि मञ्जुश्री मोती महोत्सव समारोह समिति’ को गठन गरिएको छ । समितिको सल्लाहकारमा नेपालका शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्मा रहनुभएको छ ।
अग्रज आख्यानकार भरत जङ्गमको संयोजकत्वमा गठित २३ सदस्यीय उक्त समितिका सदस्यहरूमा पूर्वमन्त्री कान्ता भट्टराई, पूर्वसचिव उर्मिला श्रेष्ठ, गायक, सङ्गीतकार तथा साहित्यकार हिरण्य भोजपुरे, गायक, सङ्गीतकार तथा साहित्यकार गणेश रसिक, वैज्ञानिक प्रा. सुरेशराज चालिसे, नेपालको प्रथम महिला महाप्रबन्धक सावित्री जङ्गम थापा, नियात्राकार तथा उद्यमी घनश्याम राजकर्णिकार, समाजसेवी बेलप्रसाद श्रेष्ठ, नियात्राकार प्राध्यापक पोष चापागाई, बालसाहित्यकार गोपाल पराजुली, पूर्वप्रशासक तथा लेखक चन्द्रबहादुर खड्का, पूर्वप्रशासक तथा लेखक डा. इन्दुल केसी, पूर्वप्रशासक तथा लेखक द्रोणप्रसाद श्रेष्ठ, गीतिभास्कर मच्छेश्वर सापकोटा, ग्रन्थसम्पादक जीवनचन्द्र कोइराला, अग्रज पत्रकार हरिगोपाल प्रधान, लेखक सुनील सापकोटा, कथाकार नवीना श्रेष्ठ, शिक्षासेवी रामप्रसाद अधिकारी, समाजसेवी केशव अर्याल र समाजसेवी किरण थापा तथा सदस्य–सचिवमा निर्मला श्रेष्ठ रहनुभएको छ ।
समारोह समितिले वाङ्मयसेवी हरि मञ्जुश्रीको अभिनन्दनग्रन्थ प्रकाशन गर्ने कार्यका लागि शारदाप्रसाद शर्मा, दामोदर घिमिरे र अमृत अधिकारी रहेको अभिनन्दनग्रन्थ प्रकाशन समिति बनाएको छ ।
काभ्रेपलान्चोक जिल्लामा औपचारिक रूपमा मोती महोत्सव मनाउन लागिएको यो पहिलोपटक हो । कुनै पनि विधाबाट राष्ट्रिय स्तरको योगदान दिने व्यक्तित्वको उमेर छैटौँ दशकमा पुगेको बेला मोती महोत्सव मनाउने गरिन्छ ।

शब्दसञ्चारः भदौ ३०, २०७७

0
  1. Episode 23 - Shabda Sanchar 27:51

शब्दसञ्चारः भदौ २३, २०७७

0
  1. Episode 22 - Shabda Sanchar 32:41

शब्दयात्राबाट ‘उठ न साथी उठ’ छापिने

0

शब्दयात्रा प्रकाशनबाट अर्को कवितासङ्ग्रह पनि प्रकाशन हुने भएको छ । यो सङ्ग्रहसमेत शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकहरूको सङ्ख्या १ सय ४५ पुगेको छ ।

अब प्रकाशन हुने कवितासङ्ग्रह काफलबोटे कान्छा अर्थात् रामकुमार हुमागाईंको ‘उठ न साथी उठ’ नामको कवितासङ्ग्रह हो । यसअघि काफलबोटे कान्छाको ‘परदेशको कथा’ नामको कवितासङ्ग्रह शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएको थियो ।

शब्दसञ्चारः भदौ १६, २०७७

0
  1. Episode 21 - Shabda Sanchar 31:30

हार्दिक समवेदना !

0

शब्दयात्रा प्रकाशनले स्थापना गरी श्रीमती उर्मिला श्रेष्ठ भोजपुरेद्वारा आर्थिक व्यवस्थापन गरिएको प्रशासनिक महिला प्रतिभा सम्मानबाट २०७३ सालमा सम्मानित पूर्वप्रशासक तथा साहित्यकार श्रीमती शुभलक्ष्मी श्रेष्ठको देहावसान भएकोमा हामी अत्यन्त मर्माहत बनेका छौँ । शोकको यस अवसरमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त सबैप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार

शब्दसञ्चारः भदौ ०९, २०७७

0
  1. Episode 20 - Shabda Sanchar 31:45

शब्दयात्रा प्रकाशनको अनलाइन बैठक सम्पन्न

0

शब्दयात्रा प्रकाशन सञ्चालक समितिको बैठक पहिलोपल्ट अनलाइन पद्धतिबाट सम्पन्न गरियो । कोरोना भाइरसका कारण शब्दयात्रा प्रकाशनका नियमित कार्यक्रमहरू प्रभावित भएकाले अब कसरी संस्थागत कार्यहरू सम्पन्न गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिएको थियो ।
कोरोना भाइरसबाट उत्पन्न असहज परिस्थितिका कारणले ‘नेपालभूमि राष्ट्रिय साप्ताहक पत्रिका’ को प्रकाशन, सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह, कर्मयोद्धासँग शब्दसंवाद कार्यक्रम, पत्रकारिता छात्रवृत्ति वितरण कार्यक्रम, कर्मशीलता पुरस्कार वितरण कार्यक्रम तथा काभ्रेली पत्रकार र स्तम्भकारलाई कदर गर्ने कार्यक्रमहरू हालका लागि स्थगित गरिएका छन् ।

शब्दसञ्चारः भदौ २, २०७७

0
  1. Episode 19 - Shabda Sanchar 29:14