Home Blog Page 131

शब्दयात्रा प्रकाशनबाट चूडाप्रसाद चौलागाईंको नयाँ पुस्तक छापिँदै

0

शब्दयात्रा प्रकाशनले ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका पूर्व कार्यकारी सम्पादक तथा लेखक चूडाप्रसाद चौलागाईंको नयाँ पुस्तक प्रकाशन गर्ने भएको छ । उहाँको नयाँ पुस्तकलाई ‘सम्झनाका क्षणहरू’ नाम दिइएको छ । यो पुस्तक लेख–निबन्ध–सङ्ग्रह हो ।
जम्मा १ सय ६८ पृष्ठको उक्त पुस्तकमा ३४ वटा लेख–निबन्ध रहेका छन् । यो पुस्तक प्रकाशन भइसकेपछि शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकको सङ्ख्या १ सय ४५ पुग्नेछ ।

डा. रमेशचन्द्र अधिकारीलाई आर्थिक सहयोग

0

शब्दयात्रा प्रकाशनले महाकाव्यकार डा. रमेशचन्द्र अधिकारीको आग्रहअनुसार उहाँलाई ५ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । अक्षरसेवी सहयोग कोषमा जम्मा भएको रकमबाट उहाँलाई उक्त रकम सहयोग गरिएको हो । शब्दयात्रा प्रकाशनले गत वर्ष डा. रमेशचन्द्र अधिकारीलाई कविप्रसाद प्याकु¥यालद्वारा आर्थिक व्यवस्थापन गरिएको ‘शब्दयात्रा कविता–काव्य सम्मान, २०७६’ बाट सम्मानित गरेको थियो ।

सालिकका लागि आर्थिक सहयोग गर्नेहरू

0

शब्दयात्रा प्रकाशनबाट काभ्रेको बनेपास्थित कृष्णगीता परिसरमा निर्मित सालिकसहितको भौतिक संरचनाका लागि आर्थिक सहयोग गर्नेहरूको नामावली यसप्रकार रहेको छ —
(क) रु. १ लाखभन्दा बढी दिने आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान
(ख) रु. ९० हजारभन्दा बढी दिने सुनील सापकोटा
(ग) रु. ५० हजारभन्दा बढी दिने चन्द्रप्रभा प्रणामी श्रेष्ठ, हरि मञ्जुश्री अधिकारी र आशीष सापकोटा
(घ) रु. ३० हजारभन्दा बढी दिने निर्मलाकुमारी यगोल
(ङ) रु. २५ हजारभन्दा बढी दिने द्रोणप्रसाद श्रेष्ठ, डाक्टर सीताराम अधिकारी, उर्मिला श्रेष्ठ भोजपुरे, हिरण्य भोजपुरे, वत्सलाल श्रेष्ठ, रामगोपाल — नारायणी वरुण, योगेश न्यौपाने, नवीना श्रेष्ठ र बुद्धरत्न मानन्धर
(च) रु. २० हजारभन्दा बढी दिने कृष्णलक्ष्मी लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान, पङ्कज जोशी र सावित्री जङ्गम थापा
(छ) रु. १५ हजारभन्दा बढी दिने त्रिरत्न रन्जितकार र ओतबहादुर खड्का
(ज) रु. १० हजारभन्दा बढी दिने इन्दिरा जङ्गम, रामचन्द्र घिनाङ्जू समाजसेवा प्रतिष्ठान, शिव — शकुन्तला बन्जारा, पदमनाथ ढुङ्गाना, भरत जङ्गम, सुभद्रा श्रेष्ठ, घनश्याम राजकर्णिकार, रामप्रसाद अधिकारी, समुन्नत श्रेष्ठ, गीता मञ्जुश्री अधिकारी, रमेश सापकोटा, उषा जोशी, डाक्टर दुर्गाप्रसाद रिजाल, कैलाशनाथ खरेल, कुलप्रसाद तिमल्सिना, तुतुकाजी प्रणामी श्रेष्ठ, महेश तिमल्सिना, स्वस्तिना — साहसविक्रम श्रेष्ठ, जानकी भारती, सुन्दरराज सुशीला चालिसे प्रतिष्ठान, आशादेवी श्रेष्ठ र सुरेन्द्र सापकोटा
(झ) रु. ५ हजारभन्दा बढी दिने गणेशदास उलक, चन्द्रबहादुर खड्का, परशुराम भट्टराई र कुन्ता कोइराला, दामोदर घिमिरे र लक्ष्मी पोख्रेल, चन्द्रप्रसाद ढुङ्गाना, कृष्णबहादुर घले, मायाकुमारी घले, छविलाल कुइँकेल, तपोधन उपाध्याय, शकुन्तला — अम्बिका थापा, सोमकाजी शाक्य, नारायणप्रसाद वैद्य, दामोदर अधिकारी, फणीन्द्रराज अधिकारी, रघुनाथ घिमिरे, मञ्जुला श्रेष्ठ र कुमार श्रेष्ठ, भरतराज महत, रामहरि खत्री, सिनेरिया — दीनबन्धु जोशी, शुभम्श्रु — नगेन्द्र श्रेष्ठ, ओमबहादुर रावत, श्रद्धा — किरण श्रेष्ठ, केदारनाथ तिमल्सिना, नेक्स्ट जेनेरेसन रेसिडेन्सियल एकेडेमी, मदनकाजी थापा, केशव थापा, साधुराम गिरी, दामोदर अर्याल, शेषा श्रेष्ठ कर्माचार्य, विक्रम श्रेष्ठ, सफू श्रेष्ठ, नवराज — उर्मिला तिमल्सिना, दामोदर घिमिरे, भरतकुमार श्रेष्ठ, डाक्टर विष्णु सापकोटा, माधवप्रसाद अधिकारी, डाक्टर पुष्पलाल हुमागाईं र लक्ष्मी हुमागाई, डाक्टर भास्कर हुमागाईं र रश्मि हुमागाई, ज्ञानकाजी मानन्धर, डाक्टर जीवराज पोखरेल, नभेन्द्र पौडेल, शिवनाथ मैनाली, कुमारप्रसाद बराल, माधवी पराजुली, ताराकुमारी खत्री, चन्द्र्रश्री कार्की, भवानी पाण्डे, रमेश पौडेल र मीरा पौडेल, जगन्नाथ गिरी, योगनाथ अधिकारी, हरिभक्त भोछिभोया, कृष्ण जोशी, इन्जिनियर रोशन मञ्जुश्री अधिकारी, राजेश श्रेष्ठ, मच्छेश्वर सापकोटा, पूर्णबहादुर कर्माचार्य, उत्सव कुइँकेल, पोष चापागाईं, रश्मि चापागाईं, कृष्णप्रसाद पौड्याल, कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठान, कल्याण लम्साल, सहदीप पलान्चोके, डाक्टर रामचन्द्र पौडेल, एक्कुमाया पुन, पदमबहादुर कार्की, हरिप्रसाद ढुङ्गेल, नन्दादेवी अधिकारी, सविता सापकोटा, तुलसीराम गौतम, अरुणकुमार कर्ण, प्रकाशबहादुर कायस्थ र रमेशकुमार शर्मा ।
आर्थिक सहयोग गर्नेहरू सबैप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।

शब्दयात्रा प्रकाशनको पहिलो अभिलेखको अनावरण

0

शब्दयात्रा प्रकाशनबाट काभ्रेको बनेपामा निर्मित शब्दसाधक तीर्थका लागि आर्थिक सहयोग दिने दाताहरूको नामावती भएको पहिलो अभिलेखपत्र गत २०७७ साल असोज २४ गते शनिबार विशेष कार्यक्रमको आयोजना गरी अनावरण गराइयो । उक्त अभिलेखलाई बागमती प्रदेश सभासद् वसुन्धरा हुमागाईंले प्रमुख अतिथिका रूपबाट अनावरण गर्नुभएको थियो ।
शब्दसाधक तीर्थमा नेपालको पहिलो शिक्षासेवी षडानन्द अधिकारी, पहिलो लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, राष्ट्रिय पुरस्कार पाउने पहिलो वैज्ञानिक नरबहादुर भारती, पहिलो साहित्यिक सहिद कृष्णलाल अधिकारी र गीत स्वराङ्कन गर्ने पहिलो गायिका मेलवादेवी गुरुङका सालिकहरू राखिएका छन् । नेपालमा यसरी विभिन्न विधाका प्रथम शब्दसाधकहरूको सालिक राखिएको ठाउँ बनेपा मात्रै हो ।
अभिलेख अनावरण कार्यक्रमको सभापतित्व शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले र सञ्चालन ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले गर्नुभएको थियो । कार्यक्रममा स्वागत भाषण सञ्चालक सदस्य कृष्णमणि कुइँकेलले, स्वस्तिवाचन पण्डित रमेश अधिकारीले, दाताहरूको नामावली वाचन सञ्चालक सदस्य हरिगोपाल प्रधानले र प्रमुख अतिथिलाई उपहार प्रदान महाप्रबन्धक शारदाप्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रममा केदारनाथ तिमल्सिनाले कवितावाचन र पुण्यवती घलेले रुद्राक्षको माला अर्पण गर्नुभएको थियो ।
कार्यक्रममा अतिथिका रूपमा बनेपा नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष सच्चिदानन्द केसी, इन्जिनियर रोशन मञ्जुश्री अधिकारी, सहदीप पलान्चोके, सङ्गीता केसी, श्री शर्मा मूर्ख आदिको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको नयाँ शृङ्खलाका रूपमा सम्पन्न गरिएको थियो । अभिलेखमा सालिक स्थापना गर्नका लागि आर्थिक सहयोग गर्ने १ सय १६ जना सहयोगीहरूको नामावली राखिएको छ ।

सभासद् वसुन्धरा हुमागाईंबाट शब्दयात्रा प्रकाशनको अवलोकन

0

बागमती प्रदेश सभासद् वसुन्धरा हुमागाईंले गत २०७७ साल असोज २४ गते शनिबार शब्दयात्रा प्रकाशनको अवलोकन भ्रमण गर्नुभयो । त्यस बखत उहाँले शब्दयात्रा प्रकाशनका गतिविधिहरूका विषयमा जानकारी लिनुभयो । उहाँलाई शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले स्वागत गर्नुभएको थियो ।
सभासद् हुमागाईंले शब्दयात्रा प्रकाशन पुस्तकालय, शब्दयात्रा शारदा मन्दिर, शब्दयात्रा स्तम्भ र शब्दसाधक तीर्थको अभिरुचिपूर्वक अवलोकन गर्नुभयो । उहाँलाई संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनको उद्देश्य र गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो भने निर्माण भएका संरचनाहरूका विषयमा ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले जानकारी गराउनुभएको थियो ।

हार्दिक समवेदना

0

शब्दयात्रा प्रकाशनका शुभचिन्तक, काभ्रेपलान्चोक जिल्लाका महाकाव्यकार, समाजसेवी तथा राजनीतिकर्मी स्व. रामचन्द्र अधिकारीकी अर्धाङ्गिनी श्रीमती जानकी अधिकारीको देहावसान भएको छ । उहाँको जन्म १९९१ साल मङ्सिर २ गते र देहावसान २०७७ साल असोज ९ गते भएको थियो । हामी गतात्माको आत्मशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार

हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनद्वारा २०७१ सालमा सम्मानित अग्रज गजलकार ज्ञानुवाकर पौडेल मानव–अधिकार तथा शान्ति समाजद्वारा स्थापित जोगमाया बराल स्रष्टा सौगात पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार

अभिलेखको अनावरण गरिने

0

शब्दयात्रा प्रकाशनबाट बनेपामा स्थापना गरिएका पाँचजना प्रथम शब्दसाधकहरूको सालिक निर्माण गरी स्थापना गर्ने कार्यका लागि आर्थिक सहयोग गर्ने दाताहरूको अभिलेखलाई आगामी २०७७ साल असोज २४ गते शनिबार अनावरण गरिने भएको छ ।
कोरोना महामारीका कारण धेरैजनाको सहभागितामा कार्यक्रम गर्न नहुने भएकाले विशेष सावधानी र सतर्कताका साथ सीमित व्यक्तिहरूको मात्र उपस्थितिमा अभिलेख सार्वजनिक गर्न लागिएको हो ।
नेपालकै पहिलो शिक्षासेवी, पहिलो लोकतान्त्रिक पत्रकार, पहिलो वैज्ञानिक, पहिलो साहित्यिक सहिद र पहिलो गायिकाको सालिक एकै ठाउँमा एकैचोटि एकै संस्थाले स्थापना गरेको ठाउँ नेपालमा बनेपा मात्रै हो । ती सालिकहरूको निर्माण गरी स्थापना गर्ने कार्यका लागि १ सय १६ जना व्यक्ति तथा संस्थाहरूले शब्दयात्रा प्रकाशनलाई आर्थिक सहयोग गर्नुभएको थियो । अभिलेखमा न्यूनतम ५ हजार १ सय रुपियाँसम्म आर्थिक सहयोग गर्नेहरूको नामावली रहेको छ ।

शब्दसाधक तीर्थको अवलोकन भ्रमण

0

गत २०७७ साल असोज १५ गते बिहीबार शब्दयात्रा प्रकाशनको केन्द्रस्थल बनेपामा आई पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव, नेपाली लेखक सङ्घ मोरङका अध्यक्ष तथा साहित्यिक पत्रकार कवि गोकुल अधिकारी र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार शर्माले देवस्थल र पितृस्थल दुवैको अवलोकन गर्नुभयो ।
उहाँहरूले नेपालका प्रथम पाँच साधकका सालिकहरू राखिएको नेपालको एक मात्र ठाउँ शब्दसाधक तीर्थको मनोयोगपूर्वक अवलोकन गर्नुभयो । उहाँहरूले शब्दयात्रा स्तम्भ, शब्दयात्रा शारदा मन्दिर, शब्दयात्रा प्रकाशन पुस्तकालय र सभाकक्षको पनि अवलोकन गर्नुभएको थियो । नीलकण्ठेश्वर महादेव, जलकुण्ड, शेषशायी विष्णु, नागस्थान र हनुमानको दर्शन पनि उहाँहरूले गर्नुभएको थियो ।
त्यस बखत उहाँहरूले राजमार्गको नजिकै रहेको सुन्दर प्राकृतिक वातावरणमा देवता र पितृहरूको एकसाथ निवास भएको यस्तो वाङ्मयिक धरोहर अन्यत्र कतै नदेखेको र हरेक वाङ्मयसेवीले एकपटक पुग्नैपर्ने ठाउँका रूपमा आफूले पाएको धारणा व्यक्त गर्नुभएको थियो ।
उहाँहरूलाई शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले स्वागत गर्दै शब्दयात्रा प्रकाशनका बारेमा जानकारी गराउनुभएको थियो भने रमेश अधिकारी र सङ्गीता केसीले विभिन्न स्थलहरूको अवलोकन गराउनुभएको थियो ।

शब्दसञ्चारः असोज २०, २०७७

0
  1. Episode 26 – Shabda Sanchar 29:22