काभ्रेपलान्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले गत भदौ ३० गते मङ्गलबार बनेपाको नीलकण्ठेश्वर धाममा रहेको शब्दसाधक तीर्थ, शब्दयात्रा स्तम्भ, शब्दयात्रा शारदा मन्दिर, शब्दयात्रा प्रकाशन पुस्तकालय र शब्दयात्रा सभाकक्षको अवलोकन गर्नुभयो । त्यस बखत उहाँले नीलकण्ठेश्वर महादेव, शेषशायी विष्णु, नागदेवता र हनुमानको दर्शन पनि गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री र सदस्य कृष्णमणि कुइँकेलले स्वागत गर्नुभएको थियो । उहाँहरूले शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धामका विषयमा जानकारी गराउनुभएको थियो ।
त्यस बखत शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मा, पण्डित रमेश अधिकारी, छविलाल कुइँकेल, अमृत अधिकारी र सङ्गीता केसीको पनि उपस्थिति थियो ।