Home Blog Page 108

डा. अन्ना स्टिरलाई सम्मान गरिने

0

शब्दयात्रा प्रकाशनले अमेरिकाको हवाई विश्वविद्यालयमा एसियन स्टडिज विषय पढाउने एसोसिएट प्रोफेसर तथा दक्षिण एसियाली अध्ययन केन्द्रका निर्देशक डा. अन्ना स्टिरलाई शब्दयात्रा विशेष सम्मान समर्पण गर्ने भएको छ । डा. अन्ना स्टिरले नेपालको लोकदोहोरी गीतलाई विषयवस्तु बनाई कोलम्बिया विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ । उहाँ नेपाली भाषामा लोकदोहोरी गाउने गायिका पनि हुनुहुन्छ । उहाँले नेपाली गीत–सङ्गीत, सामाजिक जीवन, लोकसंस्कृति आदिका विषयमा अङ्ग्रेजी भाषामा लेखहरू लेखी अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित गराउनुभएको छ । उहाँले नेपाली जनजीवनका बारेमा लेखेको कृति अक्सफोर्ड युनिभर्सिटी प्रेसबाट छापिएको छ । शब्दयात्रा प्रकाशन १० वर्ष पुगेको अवसर पारी अमेरिकी नागरिक डा. अन्ना स्टिरलाई शब्दयात्रा विशेष सम्मान समर्पण गर्ने निर्णय गरिएको हो । 

गणेश रसिकलाई पत्नीशोक

0

शब्दयात्रा प्रकाशनका शुभचिन्तक, शब्दयात्रा प्रकाशनद्वारा आयोजित पुरस्कार समर्पण समारोहका प्रमुख अतिथि, गीतकार, गायक, सङ्गीतकार तथा साहित्यकार गणेश रसिकलाई पत्नीशोक परेको छ । उहाँकी पत्नी नीरा रसिकको गत कार्तिक १० गते निधन भएको थियो । शब्दयात्रा प्रकाशन परिवार दिवङ्गत आत्माको चिरशान्तिका लागि भगवान्सँग प्रार्थना गर्दै गणेश रसिक लगायत शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।

शब्दयात्रा प्रकाशन परिवार

अमर त्यागी र जुनू छेत्रीलाई सम्मान गर्ने

0

शब्दयात्रा प्रकाशनले अमेरिकामा बसोवास गर्ने नेपाली साहित्यकारद्वय अमर त्यागी र जुनू छेत्रीलाई विशेष सम्मान गर्ने भएको छ । शब्दयात्रा प्रकाशनको स्थापना भएको १० वर्ष पुगेको अवसरमा विभिन्न विधाका विभिन्न प्रतिभाहरूलाई सम्मान गर्ने क्रममा उहाँहरूलाई पनि सम्मान गर्न लागिएको हो ।

उदितनारायण झालाई सम्मान समर्पण

0

शब्दयात्रा प्रकाशन १० वर्ष पुगेको अवसर पारी विभिन्न मुलुकका विभिन्न विधाका १० जना व्यक्तित्वलाई विशेष सम्मान गर्ने क्रममा गायक उदितनारायण झालाई विशेष सम्मान समर्पण गरिएको छ । भारतको इन्दौरमा आयोजित विशेष कार्यक्रममा शब्दयात्रा प्रकाशनका तर्फबाट उहाँलाई ‘शब्दयात्रा विशेष सङ्गीत सम्मान’ को अभिवन्दनापत्र समर्पण गरिएको थियो ।

शब्दयात्रा प्रकाशनबाट गरिने पुस्तक सार्वजनिकीकरण सम्बन्धी जानकारी

0

शब्दयात्रा प्रकाशनबाट थैलीमा राखेर पुस्तक सार्वजनिक गर्ने गरिएको छ । यसको विशेष कारण छ । हाम्रो धर्मशास्त्रका पुस्तकहरू कागजले बेरिँदैनन्, कपडाको जिल्द लगाएर सुरक्षित राखिन्छन् । पुराना पुस्तकहरू घरमा छन् भने हेर्न सकिन्छ । भागवत–पुराणहरू पनि कपडामै राखिन्छन् । अर्को कुरा, पुस्तकलाई स्त्रीलिङ्गी शब्द मानेर पोथी पनि भनिन्छ, सरस्वतीको प्रतीक मानिन्छ । ‘पोथीपात्रा’ भन्ने शब्द अझै सुन्न पाइन्छ । थैली नेपाली स्त्रीहरूले प्रयोग गर्ने वस्त्र हो । त्यसैले रङ्गीन थैलीमा पुस्तक राख्नु एकदमै तर्कसङ्गत हुन्छ । पुस्तकलाई कागजले कस्ने अनि रिबनले बाँध्ने कार्य राम्रो हो र ? त्यो देख्ता लास बाँधेजस्तो भान पर्दैन ? सरस्वतीलाई गर्ने व्यवहार र लासलाई गर्ने व्यवहारमा फरक हुनु स्वाभाविकै हो । त्यसैले पुस्तक सार्वजनिक गर्दा पुस्तकलाई रङ्गीन कागजले बेरेर त्यसमाथि रिबनले बाँध्ने अनि रिबन फुकाई रङ्गीन कागज च्यातेर पुस्तक निकाली देखाउने गर्नु ठीक नलागेको हो । थैलीको प्रयोग गर्नु नेपालीको मौलिक परम्परा हो । थैलीको प्रयोग हराए नेपालीको एउटा मौलिकता नासिन्छ । थैलीको चलन लोप हुन लागेको हुनाले थैलीको चलनलाई पुनःस्थापित गराउन शब्दयात्रा प्रकाशनले यस्तो अभियान चलाएको हो । यसैको प्रभावले अचेल थैलीको चलन पनि बढ्न थालेको छ ।
अर्को कुरा, शब्दयात्रा प्रकाशनले पुस्तकलाई सार्वजनिक गर्छ, विमोचन र लोकार्पण गर्ने भन्दैन । कृतिकार बनेर पाप गरेजस्तो र सङ्कटमा परेजस्तो लाग्यो भने मात्रै त्यसबाट मुक्त हुन विमोचन गर्नुपर्ने हो । लोकलाई पहिले नै अर्पण गरिसकेको पुस्तक फेरि बिक्री गर्नु ठीक नभएकाले पुस्तक बिक्री नगर्ने भए मात्रै लोकार्पण गर्नुपर्ने हो । सार्वजनिक गर्दाचाहिँ पाप गरेको वा सङ्कटमा परेको भान हुँदैन र अर्पण गरेर त्यसैलाई फेरि बिक्री गरेको दोष पनि लाग्दैन । यही विचारले शब्दयात्रा प्रकाशनले ‘सार्वजनिकीकरण’ शब्दको प्रयोग गर्ने गरेको छ ।

शब्दसञ्चारः कार्तिक ०९, २०७८

0
  1. Episode 73 – Shabda Sanchar 33:07

शब्दसञ्चारः कार्तिक ०२, २०७८

0
  1. Episode 72 – Shabda Sanchar 29:53

दसैंको अवसरमा हार्दिक शुभकामना

0

विक्रम सम्वत् २०७८ सालको बडादसैँका अवसरमा सम्पूर्ण अक्षरप्रेमी, शब्दयात्री, वाङ्मयसेवीहरूमा हार्दिकतापूर्वक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ । हामीले गरेको कुनै पनि कामबाट नेपालको झण्डामा दाग नलागोस्, यसले झुक्नु नपरोस् । बरू यसलाई अझै गौरवशाली बनाउन हामीलाई शक्ति प्राप्त भइरहोस् । शब्दयात्रा प्रकाशनमार्फत नेपाली जातिको हरेक पक्षबाट समुत्थान गर्नमा योगदान गर्न सकियोस् । आफूभित्र रहेका नकारात्मक सोचहरूलाई फाल्ने प्रेरणा प्राप्त होस् । विश्वको जुनसुकै ठाउँमा रहे पनि नेपाली चिनारी बोकेका हरेक व्यक्तिलाई दसैंको अवसरमा शब्दयात्रा प्रकाशन परिवारका तर्फबाट हार्दिक शुभकामना !

शब्दयात्रा प्रकाशन परिवार

डा. इन्दुल केसी सम्मानित

0
शब्दयात्रा प्रकाशनका आजीवन सदस्य डा. इन्दुल केसी दुईवटा संस्थाबाट सम्मानित हुनुभएको छ । उहाँ हालै केशव सुषमा भजन गुठीबाट सम्मानित हुनुभएको छ । सेभ द नेसन मिडिया र युगान्तर मिडियाले पनि संयुक्त रूपमा उहाँलाई सम्मान गरेका छन् । सम्मानित हुनुभएकोमा शब्दयात्रा प्रकाशन परिवारले उहाँलाई हार्दिक बधाई ज्ञापन गरेको छ ।

मखनचोर बाबाका विषयमा प्रवचन

0

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सनातन वैदिक विवेचना कार्यक्रमको सन्तगाथा शृङ्खलामा पश्चिम नेपालका प्रसिद्ध सन्त मखनचोर बाबाका विषयमा प्रवचन गर्नुभएको छ । पृथ्वीनारायण शाहका समकालीन मानिएका मखनचोर बाबाको जन्मस्थल सल्यान जिल्लामा रहेको र उनले अष्टसिद्धि प्राप्त गरेकाले विभिन्न चामत्कारिक कार्यहरू गरेका कुराहरू पढ्न पाइन्छ ।