Home Blog Page 109

शब्दसाधक तीर्थको अवलोकन

0

गुल्मीका लेखक शिव गौतमले बुटवलबाट काभ्रेपलान्चोक आई बनेपामा रहेको शब्दसाधक तीर्थको अवलोकन गर्नुभएको छ । उहाँले शब्दयात्रा स्तम्भ, शब्दयात्रा शारदा मन्दिर र शब्दयात्रा प्रकाशन पुस्तकालयको पनि अवलोकन गर्नुभएको थियो । उहाँलाई शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले स्वागत गर्नुभएको थियो । लेखक शिव गौतमले शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीसँग सिर्जनशील लेखन र पुस्तकको सम्पादनसँग सम्बन्धित वार्तालाप गर्नुभएको थियो ।

दुई पुस्तक सार्वजनिक

0

बडादसैँ २०७८ को अवसर पारी शब्दयात्रा प्रकाशनले यही २०७८ साल असोज १९ गते शुभकामना आदानप्रदान तथा पुस्तक सार्वजनिकीकरण कार्यक्रमको आयोजना ग¥यो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित दुई पुस्तकलाई सार्वजनिक गरियो । ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको १ सय १६ औँ शृङ्खलाका रूपमा आयोजित उक्त कार्यक्रममा कालिकोटका नगेन्द्रप्रसाद आचार्य ‘विरामरश्मि’ द्वारा लिखित लघुकाव्य ‘कुमारी सिन्दुर’ लाई शिक्षासेवी रामप्रसाद अधिकारीले र काभ्रेपलान्चोकका हर्षनारायण कर्माचार्यको लेखसङ्ग्रह ‘संस्मरण र आत्मवृत्तान्त’ लाई लेखक डा. इन्दुल केसीले सार्वजनिक गर्नुभयो । शब्दसारथि हरि मञ्जुश्री सभापति, गीतिभास्कर मच्छेश्वर सापकोटा अतिथि, कवि पदम दाहाल सञ्चालक र लेखक प्रकाशबहादुर कायस्थ पुस्तकका टिप्पणीकार रहनुभएको उक्त कार्यक्रममा शिक्षासेवी माधवप्रसाद आचार्यले कार्यक्रमको उद्घाटन, लेखक साधुराम गिरीले स्वागत मन्तव्य, कवि शारदाप्रसाद शर्माले नगेन्द्रप्रसाद आचार्य ‘विरामरश्मि’ को र लेखिका निर्मला श्रेष्ठले हर्षनारायण कर्माचार्यको परिचयात्मक जानकारी प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अमृत अधिकारी र सहदीप पलान्चोकेले रुद्राक्षको माला र कवयित्री पुण्यवती घलेले उपहार समर्पण गर्नुभएको थियो भने सङ्गीता केसी र दीपक तिमल्सिनाले सामग्रीको व्यवस्थापन गर्नुभएको थियो । प्रकृति प्याकुरेलले फेसबुक लाइभ गराउनुभएको उक्त कार्यक्रममा शिक्षासेवी चूडाप्रसाद चौलागाई, लेखक शिव गौतम, पत्रकार प्रदीप केसी, कवि केदारनाथ तिमल्सिना, शकुन्तला बन्जारा, रामचन्द्र थापा, दीपकराम भण्डारी, पुरुषोत्तम हुमागाई आदिको उपस्थिति थियो । यी दुई पुस्तकसहित शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तकको सङ्ख्या १ सय ५८ पुगेको छ ।

शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रको कार्यालय उद्घाटन

0

शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रको कार्यालय घटस्थापनाको अवसर पारी बनेपामा समुद्घाटन गरिएको छ । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले कार्यालयको समुद्घाटन गर्नुभएको थियो । शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीको सभापतित्वमा आयोजित समुदघाटन कार्यक्रमको सञ्चालन सञ्चारकर्मी शिव बन्जाराले गर्नुभएको थियो भने विश्व हिन्दू महासङ्घ काभ्रे शाखाका अध्यक्ष हरिचन्द्र अधिकारी र शिक्षासेवी नवराज तिमल्सिनाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा डा. सुदन कर्माचार्य, शकुन्तला बन्जारा, सहदीप पलान्चोके, सुरेश श्रेष्ठ, उर्मिला तिमल्सिना, सानुभाइ महत आदिको समुपस्थिति रहेको थियो । काभ्रेपलान्चोक सम्पर्क केन्द्रमा संयोजक साधुराम गिरी तथा सदस्यहरू गीता अधिकारी, दामोदर घिमिरे, सहदीप पलान्चोके र दीपक तिमल्सिना रहनुभएको छ । शब्दयात्रा प्रकाशनको यो दोस्रो सम्पर्क केन्द्र हो । पहिलो सम्पर्क केन्द्रका रूपमा भक्तपुर सम्पर्क केन्द्र यसअघि नै गठन भएको छ र त्यस केन्द्रले पाक्षिक रूपमा नवकविता वाचन कार्यक्रम गर्दैै आएको छ ।

शब्दसञ्चारः असोज २६, २०७८

0
  1. Episode 71 – Shabda Sanchar 33:22

शब्दसञ्चारः असोज १९, २०७८

0
  1. Episode 70– Shabda Sanchar 28:29

हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा जयदेव अधिकारी अनुसन्धान सम्मान’ बाट २०७२ सालमा सम्मानित समालोचक रमा शर्मा २०७८ सालको ‘दण्डपाणि नन्दकुमारी अज्र्याल स्मृति पुरस्कार’ बाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार

आजीवन सदस्यता ग्रहण

0

अग्रज आख्यानकार, भ्रष्टाचारविरोधी अभियन्ता एवं भ्रष्टविरोधी शास्त्रका प्रणेता भरत जङ्गमले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । शब्दयात्रा प्रकाशन उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।

महात्मा रामदास नौबागका विषयमा प्रवचन

0

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले महात्मा रामदास नौबागका विषयमा प्रवचन गर्नुभयो । सनातन वैदिक विवेचना नामक आध्यात्मिक कार्यक्रममा नेपाली सन्तहरूका विषयमा जानकारी गराउने क्रममा उहाँले यस पटकको प्रवचनमा दमाईं जातिमा जन्मेर ब्राह्मण जातिका गुरु बनेका महात्मा रामदास नौबागको प्रेरक जीवनगाथा सङ्क्षिप्त रूपमा उल्लेख गर्नुभएको थियो । उहाँले प्रवचनका रूपमा प्रस्तुत गर्नुभएका सन्तगाथाहरू यु–ट्युबमा पनि सुन्न सकिनेछ । हरेक आइतबार बिहान ६ बजेदेखि साढे ६ बजेसम्म उहाँले सन्तगाथा प्रस्तुत गर्ने गर्नुभएको छ ।

नव कविता वाचन कार्यक्रमको पाँचौँ शृङ्खला सम्पन्न

0

नव कविता वाचन कार्यक्रमको पाँचौँ शृङ्खला सम्पन्न भएको छ । शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्र र प्राञ्जल नेपालको आयोजना तथा छन्द कविता मञ्चको संयोजनमा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि साहित्यकार डा. अमर गिरी तथा विशेष अतिथि शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष शब्दसारथि हरि मञ्जुश्री रहनुभएको थियो । शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रका संयोजक डिल्लीराम गौतमको अध्यक्षता तथा छन्द कविता मञ्चका संयोजक कवि जीवनाथ अधिकारीको सञ्चालन रहेको उक्त कार्यक्रममा पन्ध्रजना कवि–कवयित्रीले आ–आफ्ना कविताहरू वाचन गर्नभएको थियो । अतिथि कविका रूपमा भोजपुरका कवि सुवास विभास र कञ्चनपुरकी कवयित्री बासमती राना थारू हुनुहुन्थ्यो । सहभागी अन्य कविहरूमा डा. इन्दुल केसी, जीवनाथ अधिकारी, पदम दाहाल, पुण्यवती घले, प्रजापति तिमिल्सिना, विरजा घिमिरे, विनोद कोइराला र सुनील सापकोटा हुनुहुन्थ्यो । कार्यक्रम साँझ ५ बजेदेखि करिब २ घन्टा चलेको थियो । कार्यक्रममा छन्दोबद्ध, लयबद्ध र मुक्त लयका कविताहरू वाचन गरिएका थिए । त्यस बखत नव कविता वाचन कार्यक्रमको छैटौँ शृङ्खला आगामी असोज २३ गते सञ्चालन हुने जानकारी गराइएको थियो ।

भुटानी लेखकलाई सम्मान गरिने

0

साहित्यिक लेखन, प्रकाशन र पत्रकारिताका माध्यमद्वारा भुटानमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र विस्तार गर्न योगदान दिनुभएका छत्रपति फुएललाई शब्दयात्रा प्रकाशनले सम्मान गर्ने भएको छ । शब्दयात्रा प्रकाशनले स्थापनाकालको दसौँ वर्षको अवसर पारी विभिन्न व्यक्तित्वहरूलाई विशेष सम्मान गर्ने क्रममा भुटानको साम्ची दोरोखा निवासी छत्रपति फुएललाई पनि सम्मान गर्न लागेको हो । यसअघि गायक उदितनारायण झालाई पनि विशेष सम्मान गर्ने समाचार प्रसारित भइसकेको छ ।