शब्दयात्रा प्रकाशन १० वर्ष पुगेको अवसर पारी विभिन्न मुलुकका विभिन्न विधाका १० जना व्यक्तित्वलाई विशेष सम्मान गर्ने क्रममा गायक उदितनारायण झालाई विशेष सम्मान समर्पण गरिएको छ । भारतको इन्दौरमा आयोजित विशेष कार्यक्रममा शब्दयात्रा प्रकाशनका तर्फबाट उहाँलाई ‘शब्दयात्रा विशेष सङ्गीत सम्मान’ को अभिवन्दनापत्र समर्पण गरिएको थियो ।