Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesडा. अन्ना स्टिरलाई सम्मान गरिने

डा. अन्ना स्टिरलाई सम्मान गरिने

शब्दयात्रा प्रकाशनले अमेरिकाको हवाई विश्वविद्यालयमा एसियन स्टडिज विषय पढाउने एसोसिएट प्रोफेसर तथा दक्षिण एसियाली अध्ययन केन्द्रका निर्देशक डा. अन्ना स्टिरलाई शब्दयात्रा विशेष सम्मान समर्पण गर्ने भएको छ । डा. अन्ना स्टिरले नेपालको लोकदोहोरी गीतलाई विषयवस्तु बनाई कोलम्बिया विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ । उहाँ नेपाली भाषामा लोकदोहोरी गाउने गायिका पनि हुनुहुन्छ । उहाँले नेपाली गीत–सङ्गीत, सामाजिक जीवन, लोकसंस्कृति आदिका विषयमा अङ्ग्रेजी भाषामा लेखहरू लेखी अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित गराउनुभएको छ । उहाँले नेपाली जनजीवनका बारेमा लेखेको कृति अक्सफोर्ड युनिभर्सिटी प्रेसबाट छापिएको छ । शब्दयात्रा प्रकाशन १० वर्ष पुगेको अवसर पारी अमेरिकी नागरिक डा. अन्ना स्टिरलाई शब्दयात्रा विशेष सम्मान समर्पण गर्ने निर्णय गरिएको हो ।