Activities, Featured

दुईजनालाई दस–दस हजार रुपियाँको छात्रवृत्ति समर्पण 

शब्दयात्रा प्रकाशनले दुईजना छात्रलाई दस–दस हजार रुपियाँका दरले छात्रवृत्ति समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनद्वारा संस्थापित तथा भोजपुर देउराली घर भई हाल काठमाडौँको पेप्सिकोलामा बस्ने लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठद्वारा व्यवस्थापित दस हजार रुपियाँ राशीको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ २०७९ सालका लागि काभ्रे बहुमुखी क्याम्पसमा…

Activities, Featured

रामप्रसाद अधिकारी अभिनन्दित 

शिक्षासेवी रामप्रसाद अधिकारीलाई शब्दयात्रा प्रकाशनद्वारा गठित नौ सदस्यीय अभिनन्दन समितिले हिजो २०७९ साल कार्तिक २५ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक रूपमा अभिनन्दन गरेको छ । उहाँलाई समितिका संयोजक तथा सदस्यहरूले संयुक्त रूपमा अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । उक्त कार्यक्रममा ग्रन्थसम्पादक हरि…

Activities, Featured

तीन पत्रकारलाई कदरपत्र समर्पण 

शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाका तीन पत्रकारलाई २०७९ सालको ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र’ समर्पण गरेको छ । रेडियो पत्रकारिताका क्षेत्रमा सुमधुर आवाज र कार्यक्रम सञ्चालनको कौशलबाट श्रोतावृन्दको मनमा आफ्नो अमिट छाप राख्न सफल हुनुभएका रेडियो पत्रकार शिव बन्जारालाई, छापा तथा अनलाइन पत्रकारिताका माध्यमबाट खोज तथा…

Activities, Featured

कृतज्ञतापत्र प्रदान 

नेपाली वाङ्मयको श्रीबृद्धिका निम्ति क्रियाशील संस्था शब्दयात्रा प्रकाशनले नीलकण्ठेश्वर धाम संरक्षण समितिलाई कृतज्ञतापत्र प्रदान गरेको छ । शब्दयात्रा प्रकाशनको सुदृढीकरण र स्थायीत्वका लागि पाँच वर्षसम्म आफ्नो भवनमा शब्दयात्रा प्रकाशनको कार्यालय सञ्चालन गर्न दिएकोमा हार्दिक आभार व्यक्त गर्दै समाजसेवी कृष्णमणि कुइकेलको अध्यक्षता रहेको नीलकण्ठेश्वर धाम संरक्षण…

Activities, Featured

साधारण सभा सम्पन्न 

आज २०७९ साल कार्तिक १९ गते शनिबार शब्दयात्रा प्रकाशनको नवौँ वार्षिक साधारण सभा संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले हरि मञ्जुश्रीलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष पदमा पुनः चयन गरेको छ । सदस्यमा हरिगोपाल प्रधान, कृष्णमणि कुइकेल, केदारनाथ तिमल्सिना र लीलादेवी…

Activities, Featured

तीन पत्रकारलाई कदर गरिने 

शब्दयात्रा प्रकाशनले २०७९ सालको ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र’ रेडियो पत्रकार शिव बन्जारा, अनलाइन पत्रकार भीम गौतम र फोटो पत्रकार प्रशान्त श्रेष्ठलाई प्रदान गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य कृष्णमणि कुइकेलको संयोजकत्वमा गठित चयन समितिको सिफारिसका आधारमा उहाँहरूलाई कदर गर्ने निर्णय गरिएको हो…

Activities, Featured

पत्रकारिता छात्रवृत्ति सुम्निमा मगरलाई 

शब्दयात्रा प्रकाशनले २०७९ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ काभ्रे बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा पत्रकारिता विषय लिई अध्ययनरत छात्रा सुश्री सुम्निमा मगरलाई प्रदान गर्ने भएको छ । सुम्निमा मगर पनौती नगरपालिका वडा नं. ८ मा अवस्थित सामुदायिक चोक निवासी मेकेन्द्र दर्लामी मगर र विन्दुमाया…

Activities

भावना थापा आजीवन सदस्य 

काठमाडौँनिवासी समाजसेवी भावना थापा शब्दयात्रा प्रकाशनको आजीवन सदस्य बन्नुभएको छ । शब्दयात्रा प्रकाशन आफ्नो परिवारभित्र उहाँलाई हार्दिक स्वागत गर्दछ । 

Activities, Featured

राधाकृष्णको मन्दिर बनाइने 

शब्दयात्रा प्रकाशनले राधा र कृष्णको युगल मूर्ति स्थापना गरी राधाकृष्ण मन्दिरको निर्माण गर्ने भएको छ । त्यसका लागि आर्थिक सहयोग गर्ने व्यक्तिहरूको नाउँ अभिलेखका रूपमा मन्दिरमै राखिने व्यवस्था गरिएको छ ।

Activities, Featured

भोजपुर अनुसन्धान विद्वतवृत्ति लालकुमार तामाङलाई 

शब्दयात्रा प्रकाशनले २०७९ सालको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति’ लालकुमार तामाङलाई प्रदान गर्ने भएको छ । विद्वतवृत्तिको राशी १५ हजार रुपियाँ रहेको छ । शब्दयात्रा प्रकाशनको लघु अनुसन्धान परियोजना अन्तर्गत भोजपुरको विद्योदय माध्यमिक विद्यालयका विषयमा शोधप्रबन्ध लेखनका लागि उहाँलाई यो विद्वतवृत्ति प्रदान गर्न…

Shabdayatra Prakashan @ 2022