publications

१८९. महाकवि देवकोटाका काव्यको अध्ययन 

टीकादत्त बरालद्वारा लिखित ‘महाकवि देवकोटाका काव्यको अध्ययन’ का बारेमा डा. सुरेशराज शर्माले लेख्नुभएको छ — “टीकादत्त बराल आफ्नो विषयमा बलियो पकड राख्ने र विज्ञता हासिल गर्ने विद्वान् हुनुभएकाले उहाँका हरेक पुस्तक गहन अन्वेषणबाट निस्केका निचोडजस्ता लाग्छन् । ‘महाकवि देवकोटाका काव्यको अध्ययन’ पनि त्यस्तै खालको कृति...
publications

१८८. माच 

‘माच’ लोेकेन्द्र ढकालद्वारा लिखित आध्यात्मिक लेखहरूको सङ्ग्रह हो । यसमा १६ वटा लेखहरू सङ्कलित छन् । कुनै लेख पूूर्वप्रकाशित छन् भने कुनै लेख पहिलोपटक यसै पुस्तकमा छापिएका छन् । सबै लेखहरू विचारप्रधान छन्, विचारोत्तेजक छन्, उत्प्रेरक छन्, जानकारीमूलक छन् र तथ्यपरक छन् । मानवीय नैतिक...
Activities

‘शिरोवर्ती भरत जङ्गम’ छापिँदै 

शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा ‘शिरोवर्ती भरत जङ्गम’ नामक समालोचनात्मक पुस्तक प्रकाशन गर्न लागिएको छ । यस पुस्तकका लेखक प्रजापति तिमिल्सिना हुनुहुन्छ । पुस्तक करिब ५ सय ६० पृष्ठको हुनेछ । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित यो १ सय ९१ औँ पुस्तक हो । हरि मञ्जुश्रीद्वारा सम्पादित ‘कालजयी व्यक्तित्व…

Activities

पञ्चपितृहरूको स्थान परिवर्तन 

यही २०७९ साल मङ्सिर २ गतेदेखि शब्दसाधक तीर्थमा रहेका पञ्चपितृहरूको स्थान परिवर्तन गराइएको छ । शब्दसाधक तीर्थमा नेपालभित्रका पर्यटकहरूको सङ्ख्या बढ्दै गएको र त्यहाँ रहेका पञ्चपितृहरूको साथमा उभिएर तस्बिर खिच्न ठाउँको अभाव भएको गुनासो धेरैजना पर्यटकहरूबाट आएको हुनाले उहाँहरूको सुविधालाई विचार गरी शब्दसाधकहरूको सालिकको स्थान…

Activities

पुस्तकालयलाई उपहार 

शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि लेखक द्रोणप्रसाद श्रेष्ठले इन्द्रबहादुर राईद्वारा लिखित ‘नेपाली उपन्यासका आधारहरू’ र कथाकार गायत्रीकुमार चापागाईंले विधान आचार्यद्वारा सम्पादित ‘समालोचनाको कसीमा समकालीन नेपाली लघुकथा’, आख्यानकार भरत जङ्गमले चन्द्रप्रसाद न्यौपानेद्वारा लिखित ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ तथा फोटो पत्रकार प्रशान्त श्रेष्ठले ‘पनौती पास्ट — प्रेजेन्ट…

Activities, Featured

अर्को अक्षयकोषको घोषणा 

काभ्रेपलान्चोक जिल्लाका समाजसेवी, उद्यमी तथा सहकारीकर्मी प्रह्लाद प्याकुरेलले शब्दयात्रा प्रकाशनको अक्षयकोषमा दुई लाख रुपियाँ राखिदिने घोषणा गर्नुभएको छ । शब्दयात्रा प्रकाशनको कार्यक्रममा सभापतिका रूपमा मन्तव्य व्यक्त गर्ने क्रममा उहाँले उक्त घोषणा गर्नुभएको हो । उहाँका अनुसार काभ्रेपलान्चोक जिल्लाका क्षमतावान् व्यक्तिहरूमध्ये सङ्घर्षशील रहेर उद्यमी बनेका, उद्यमीकै…

Activities

बीस हजार रुपियाँ शब्दयात्रा पुस्तकालयलाई 

आफ्नी आमा मनका श्रेष्ठको आत्मा परमात्मामा एकाकार होस् भन्ने कामना गर्दै भोजपुर घर भई हाल अमेरिकामा बसोवास गर्ने समुन्नत श्रेष्ठले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि २० हजार रुपियाँ पठाइदिनुभएको छ । उहाँले अनुसन्धानात्मक पुस्तकहरू किन्नका लागि पठाउनुभएको उक्त रकम उहाँका पिता द्रोणप्रसाद श्रेष्ठबाट शब्दयात्रा प्रकाशनले प्राप्त…

Activities

शारदाप्रसाद शर्मा पनि आजीवन सदस्य 

शब्दयात्रा प्रकाशनले व्यङ्ग्यकवि शारदाप्रसाद शर्मालाई आजीवन सदस्यता प्रदान गरेको छ । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता प्राप्त गर्नुभएकोमा शारदाप्रसाद शर्मालाई हार्दिक बधाई छ । शारदाप्रसाद शर्मासमेत शब्दयात्रा प्रकाशनका आजीवन सदस्यको सङ्ख्या ४१ पुगेको छ ।

Activities, Featured

विद्वतवृत्ति समर्पण 

शब्दयात्रा प्रकाशनले २०७९ सालको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति’ भोजपु्रको विद्योदय माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक लालकुमार तामाङलाई समर्पण गरेको छ । उहाँ भोजपुरमा रहनुभएकाले उहाँका तर्फबाट शिक्षा मन्त्रालयका पूर्वसहसचिव चन्द्रबहादुर खड्काले विद्वतवृत्तिको प्रमाणपत्र ग्रहण गर्नुभएको थियो । उक्त प्रमाणपत्रको वाचन प्रा. केदारनाथ श्रेष्ठले…

Activities

माच सार्वजनिक 

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा शिक्षासेवी लोकेन्द्र ढकालद्वारा लिखित आध्यात्मिक लेखसङ्ग्रह ‘माच’ लाई सार्वजनिक गरिएको छ । प्रमुख अतिथि प्रा. डा. देवमणि भट्टराई, विशेष अतिथि गायत्रीकुमार तापागाईं र कृतिकार लोकेन्द्र ढकालले संयुक्त रूपमा ‘माच’ लाई सार्वजनिक गर्नुभएको हो । ‘माच’ का विषयमा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष…

Shabdayatra Prakashan @ 2022