Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८६. अन्तर्दृष्टि

‘अन्तर्दृष्टि’ ज्ञान उदासको चौधौँ पुस्तक हो । यो पुस्तक नेपाली साहित्यमा सुपरिचित व्यक्तित्व डा. तारानाथ शर्माका लेखहरूलाई सङ्कलन गरी सम्पादन गरिएको पुस्तक हो ।...
HomeActivitiesराजभाइ सुवाललाई फोटो पत्रकारिता सम्मान समर्पण गरिने

राजभाइ सुवाललाई फोटो पत्रकारिता सम्मान समर्पण गरिने


शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान’ राजभाइ सुवाल (काठमाडौँ) मा समर्पण गर्ने भएको छ । फोटोग्राफी, सिनेमेटोग्राफी, व्यावसायिक विज्ञापन, फेसन, ग्ल्यामर र दृश्यसञ्चारका क्षेत्रमा चार दशक बिताउनुभएका उहाँ सिर्जनात्मक उत्कृष्टता र प्राविधिक दक्षताका आधारमा फोटोग्राफी र सञ्चार क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने फोटोग्राफरका रूपमा परिचित हुनुहुन्छ । यो सम्मान आगामी असोज महिनामा शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिने समारोहमा समर्पण गरिनेछ । यस सम्मानको कोष व्यवस्थापन फोटो पत्रकार हरिगोपाल प्रधान (काठमाडौँ) ले गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति दिएर फोटो पत्रकार राजभाइ सुवालले शब्दयात्रा प्रकाशनलाई गौरवान्वित बनाइदिनुभएको छ ।