Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesकेदारनाथ तिमल्सिनालाई आध्यात्मिक लेखक सम्मान समर्पण गरिने

केदारनाथ तिमल्सिनालाई आध्यात्मिक लेखक सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा दुर्गाप्रसाद–युगला अधिकारी आध्यात्मिक लेखक सम्मान’ केदारनाथ तिमल्सिना (काभ्रेपलाञ्चोक) मा समर्पण गर्ने भएको छ । उहाँले आध्यात्मिक क्षेत्रका विभिन्न पुस्तकहरू लेखी प्रकाशन गराइसक्नुभएको छ । यो सम्मान आगामी असोज महिनामा शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिने समारोहमा समर्पण गरिनेछ । यस सम्मानको कोष व्यवस्थापन दुर्गाप्रसाद–युगला अधिकारीका छोरा हरि मञ्जुश्री (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति दिएर आध्यात्मिक लेखक केदारनाथ तिमल्सिनाले शब्दयात्रा प्रकाशनलाई गौरवान्वित बनाइदिनुभएको छ । स्मरणीय छ — दुर्गाप्रसाद अधिकारी विभिन्न आध्यात्मिक पुस्तकहरूका लेखक हुनुहुन्थ्यो ।