Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८६. अन्तर्दृष्टि

‘अन्तर्दृष्टि’ ज्ञान उदासको चौधौँ पुस्तक हो । यो पुस्तक नेपाली साहित्यमा सुपरिचित व्यक्तित्व डा. तारानाथ शर्माका लेखहरूलाई सङ्कलन गरी सम्पादन गरिएको पुस्तक हो ।...
HomeActivitiesकेदारनाथ तिमल्सिनालाई आध्यात्मिक लेखक सम्मान समर्पण गरिने

केदारनाथ तिमल्सिनालाई आध्यात्मिक लेखक सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा दुर्गाप्रसाद–युगला अधिकारी आध्यात्मिक लेखक सम्मान’ केदारनाथ तिमल्सिना (काभ्रेपलाञ्चोक) मा समर्पण गर्ने भएको छ । उहाँले आध्यात्मिक क्षेत्रका विभिन्न पुस्तकहरू लेखी प्रकाशन गराइसक्नुभएको छ । यो सम्मान आगामी असोज महिनामा शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिने समारोहमा समर्पण गरिनेछ । यस सम्मानको कोष व्यवस्थापन दुर्गाप्रसाद–युगला अधिकारीका छोरा हरि मञ्जुश्री (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति दिएर आध्यात्मिक लेखक केदारनाथ तिमल्सिनाले शब्दयात्रा प्रकाशनलाई गौरवान्वित बनाइदिनुभएको छ । स्मरणीय छ — दुर्गाप्रसाद अधिकारी विभिन्न आध्यात्मिक पुस्तकहरूका लेखक हुनुहुन्थ्यो ।