Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८६. अन्तर्दृष्टि

‘अन्तर्दृष्टि’ ज्ञान उदासको चौधौँ पुस्तक हो । यो पुस्तक नेपाली साहित्यमा सुपरिचित व्यक्तित्व डा. तारानाथ शर्माका लेखहरूलाई सङ्कलन गरी सम्पादन गरिएको पुस्तक हो ।...
HomeActivitiesबृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने


     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम नेपालले काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका क्षेत्रमा विभिन्न मन्दिरहरूको निर्माण र अन्य कार्यक्रमहरूको सञ्चालन गरी धार्मिक पर्यटन र आध्यात्मिक जागरणका क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको छ । यो सम्मान आगामी असोज महिनामा शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिने समारोहमा समर्पण गरिनेछ । यस सम्मानको कोष व्यवस्थापन शब्दयात्रा प्रकाशन (काभ्रेपलाञ्चोक) ले गरेको हो । सम्मान ग्रहण गर्न स्वीकृति दिएर बृहत् शान्तिधाम नेपालले शब्दयात्रा प्रकाशनलाई गौरवान्वित बनाइदिएको छ ।