Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८६. अन्तर्दृष्टि

‘अन्तर्दृष्टि’ ज्ञान उदासको चौधौँ पुस्तक हो । यो पुस्तक नेपाली साहित्यमा सुपरिचित व्यक्तित्व डा. तारानाथ शर्माका लेखहरूलाई सङ्कलन गरी सम्पादन गरिएको पुस्तक हो ।...
HomeActivitiesदिव्यपुरी टेलिभिजनलाई आध्यात्मिक पत्रकारिता सम्मान समर्पण गरिने

दिव्यपुरी टेलिभिजनलाई आध्यात्मिक पत्रकारिता सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान’ दिव्यपुरी टेलिभिजन (काठमाडौँ) मा समर्पण गर्ने भएको छ । विभिन्न अध्यात्म–साधकहरूको साधनायात्रा र आध्यात्मिक जागरणका विषयमा ज्ञानवर्द्धक सामग्रीहरू प्रस्तुत गरी आध्यात्मिक पत्रकारिताका माध्यमबाट सामाजिक चेतनावृद्धिका लागि अहम् भूमिका निर्वाह गरिरहेको हुँदा दिव्यपुरी टेलिभिजनलाई सम्मान गर्न लागिएको हो । यो सम्मान आगामी असोज महिनामा शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिने समारोहमा समर्पण गरिनेछ । यस सम्मानको कोष व्यवस्थापन समाजसेवी सुदर्शन आचार्य (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति दिएर दिव्यपुरी टेलिभिजनका संस्थापक अध्यक्ष नारदमणि पौड्यालले शब्दयात्रा प्रकाशनलाई गौरवान्वित बनाइदिनुभएको छ । स्मरणीय छ — नेपालमा निजी क्षेत्रबाट सामुदायिक विद्यालयको स्थापना गरी सबै जातिलाई शिक्षा दिने पहिलो शिक्षासेवी तथा आध्यात्मिक विभूति आबाल ब्रह्मचारी षडानन्द अधिकारीको स्मृतिमा यस सम्मानको स्थापना गरिएको हो । षडानन्द अधिकारीको सालिक शब्दयात्रा प्रकाशनले बनेपामा स्थापना गरेको छ ।