Home Blog Page 87

वेदान्तशिरोमणि एक संस्मरण

वेदान्तशिरोमणि एक संस्मरण

स्वामी डा. रामानन्द गिरिज्यूको १६ औँ दिनको पुण्यतिथिमा देवघाटमा स्वामीज्यूप्रति श्रद्धासुमन अभिव्यक्त गर्ने माध्यम के होला, चिरस्थायी र अर्थपूर्ण उपहार के अर्पण गर्ने होला भनेर विचार गर्दा स्वामी डा. रामानन्द गिरिज्यूका बारेमा विगत २–३ वर्षयता ‘नेपालभूमि साप्ताहिक’ को स्तम्भ ‘प्रलेखन’ मा प्रकाशन गराएका ७–८ वटा लेखहरूलाई सङ्ग्रह गरी पुस्तकका रूपमा प्रकाशित गर्न सके राम्रै हुन्छ कि भनी ग्रन्थसम्पादक हरि मञ्जुश्रीसँग छलफल गर्दा ‘हुन्छ, राम्रो काम हो, गरौँ’ भन्ने सल्लाह दिएअनुसार यो पुस्तक तयार भएको हो ।

परिवर्तित पाइला

परिवर्तित पाइला

‘परिवर्तित पाइला’ गणेशबहादुर खत्रीलाई आजीवन निदाउन नदिने उहाँको सपनाको झझल्को हो । नेपाललाई पालन गर्न उहाँ राजनीतिमा होमिनुभयो । राजनीतिले उहाँलाई पहिले नीतिगत कार्यान्वयन गर्ने निकायमा पु¥यायो र पछिचाहिँ नीति बनाउने ठाउँमा नै पठायो । तर उहाँको सपना विपना हुन पाएन, र उहाँ तापित बनिरहनुभयो । राजनीतिबाट विश्राम लिएपछि पनि त्यो सपनाले उहाँको मनस्ताप बढाइरह्यो । अन्ततः अक्षरकर्मको सहारा नलिईकन उहाँलाई हुँदै भएन । उहाँको त्यही कर्मले ‘परिवर्तित पाइला’ उठायो । बल्ल उहाँको कलम आफ्ना हुँडलाहरूमाथि चल्यो र त्यसले नाट्यकारिताको परम्परागत पद्धतिलाई पनि चलायो । यस प्रकारको नाटक नेपाली भाषामा अहिलेका लागि ‘एकला चलो रे’ नै बनेको छ । त्यसैले ‘परिवर्तित पाइला’ नाटककार स्वयं र नेपाली नाट्यकारिताकै लागि पनि परिवर्तित पाइलाका रूपमा आएको छ ।

सत्यनानारायण कथामृत, काव्यानुवादक : श्रीधर प्याकु¥याल

सत्यनानारायण कथामृत, काव्यानुवादक : श्रीधर प्याकु¥याल

नाम श्रीधर । थर प्याकु¥याल । उपाधि कवि, अनुवादक । काभ्रे जिल्लाका महाकाव्यकार र नव्यकाव्यकारका रूपमा अभिवन्दित । शब्दयात्रा प्रकाशनबाट संस्थापित ‘नन्दिकेश्वर अधिकारी शोध सम्मान’ बाट सम्मानित । शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘कविता–काव्य सम्मान’ का आर्थिक व्यवस्थापक । आफूद्वारा लिखित तथा अनूदित कृतिहरूको प्रकाशन गर्न शब्दयात्रा प्रकाशनलाई स्नेहपूर्वक पाण्डुलिपि उपलब्ध गराउने व्यक्तित्व । उहाँले रश्मिराज अर्यालद्वारा लेखिई प्रकाशनमा आएको सत्यनारायणकथाको काव्यकृतिलाई समच्छन्दमा अनुवाद गरेर पूजाविधि पनि काव्यात्मक रूपमा प्रस्तुत गरेको पुस्तक ‘सत्यनारायण कथामृत’ ।

काभ्रेली पूर्वप्रहरी कर्मचारी टेलिफोन कोश, सङ्कलन : जगन्नाथ गिरी

काभ्रेली पूर्वप्रहरी कर्मचारी टेलिफोन कोश, सङ्कलन ः जगन्नाथ गिरी

आफूजस्तै पेसा अँगाल्ने अन्य व्यक्तिहरूका बारेमा सोधखोज गरेर जानकारी राख्ने क्रममा जगन्नाथ गिरीले काभ्रेपलाञ्चोक जिल्लामा रहेका पूर्वप्रहरी कर्मचारीहरू जुनसुकै गाउँ–सहरमा भए पनि सञ्चार–सम्पर्क हुन सकोस् भनेर पूर्वप्रहरी कर्मचारीहरूको नाम, ठेगाना र दूरभाषाङ्क पत्ता लगाउनुभयो र त्यसलाई पुस्तिकाका रूपमा प्रकाशन गर्न शब्दयात्रा प्रकाशनको सहयोग माग्नुभयो । यो पुस्तिका जगन्नाथ गिरीको ठूलो मिहिनेतको फल हो । यस्तो कार्यले समग्र पूर्वप्रहरीहरूको हित हुने कुरामा विश्वस्त भएर यस पुस्तिकाको प्रकाशन गरिएको हो ।

असल नेता कसरी बन्ने ?

असल नेता कसरी बन्ने ?

‘असल नेता कसरी बन्ने ?’ उद्धवप्रसाद नेपालको चौथो कृति हो । यो पुस्तिका जुनसुकै सङ्घसंस्था वा राजनीतिक दलमा आबद्ध व्यक्तिका लागि मार्गदर्शक बन्न सक्छ । यसमा प्रस्तुत राजनीतिक सिद्धान्तको पक्षप्रति विमति राखिए पनि ‘असल नेता कसरी बन्ने ?’ भन्ने मूल प्रश्नको उत्तरमा विमति राख्न सकिँदैन जस्तो लाग्छ । यस्ता प्रकारका जनचेतनामूलक र जानकारीमूलक पुस्तिकाहरू नेपाली भाषामा प्रशस्तै प्रकाशित हुनुपर्ने कुरालाई दृष्टिगत गर्दै शब्दयात्रा प्रकाशनबाट यस पुस्तिकाको प्रकाशन गरिएको हो ।

शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि

शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि

तुतुकाजी प्रणामी श्रेष्ठद्वारा लिखित ‘शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि’ नामक पुस्तिका शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि’ (विचारप्रधान राष्ट्रिय साप्ताहिक पत्रिका) मा धारावाहिक रूपमा प्रकाशित दसवटा लेखहरूको सङ्ग्रह हो । बिक्रीबाट आएको रकम ‘शब्दसंवाद’ को कोषमा रहने गरी प्रकाशित यस सङ्ग्रहका लेखहरू निजनाम, महामतिको प्रकटवाणी, निजानन्द र रासलीला, चौंसट्ठी विद्या, श्रीकृष्णजी र ब्रह्मलीला, निजानन्द स्वामीको स्वर्णमूर्ति, यु–ट्युबमा तारतमसागर जस्ता विषयमा छन् ।

राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल

राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘सामाजिक जागरण सम्मान’ बाट सम्मानित अग्रज समाजसेवी बेलप्रसाद श्रेष्ठलाई लिएर ‘घटना र विचार साप्ताहिक’ को ‘प्रेरक व्यक्तित्व’ स्तम्भमा पत्रकार जयप्रकाश त्रिपाठीले लेख्नुभएको ‘राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल’ लेख अनलाइन संस्करणमा थुप्रै पाठकहरूले पढेको र मन पराएको देखिएको हुँदा त्यही लेखलाई पुस्तिकाका रूपमा प्रकाशन गरिएको हो । अढाई लाखजतिले अनलाइनमा यो लेख पढिसकेका छन् । यसबाट नै यस लेखको आकर्षण र बढिरहेका पाठकसङ्ख्याका विषयमा थाहा पाउन सकिन्छ ।

नागा बाबा रमेश गिरि

नागा बाबा रमेश गिरि

हरि मञ्जुश्रीद्वारा सम्पादित ‘नागा बाबा रमेश गिरि’ काभ्रेको बनेपास्थित शैलेश्वर, धनेश्वर र विकटेश्वर, बुटवलको पर्रोहा तथा सिन्धुलीको कुशेश्वरमा बसी ती–ती ठाउँका धार्मिक स्थलहरूमा विभिन्न भौतिक संरचनाहरू निर्माण गरेर विकासप्रेमी धार्मिक व्यक्तित्वका रूपमा चिनिनुभएका र आध्यात्मिक क्षेत्रमा पनि अत्यन्त सम्मान्य व्यक्तित्व बनाउनुभएका नागा बाबा रमेश गिरिका विषयमा विभिन्न लेखकहरूले लेखेका संस्मरणात्मक लेखहरूसमेत सङ्ग्रह गरिएको स्मृतिग्रन्थ हो । यसको छुट्टै विशेषता रहेको छ ।

जागनीबोध

जागनीबोध

हरि मञ्जुश्री र टहलदास शिवाकोटी ‘यात्री’ को संयुक्त सम्पादनमा प्रकाशित ‘जागनीबोध’ श्रीकृष्णप्रणामी दर्शनलाई केन्द्रमा राखेर नेपाल र भारतका विशिष्ट विद्वान्हरूद्वारा लेखिएका लेखहरूको सङ्ग्रह हो । यसमा श्रीकृष्णप्रणामी सम्प्रदायको परिचय, हिन्दूधार्मिक परिवेशमा त्यसको स्थान, त्यसले धार्मिक विद्वेषलाई न्यूनीकरण गर्नमा पु¥याएको योगदान, त्यस दर्शनको शाश्वतता, औचित्य र उपादेयता, धर्मसमन्वयका लागि त्यसबाट भएको उद्घोष, सर्वधर्मसमभावका लागि त्यसको देन र बदलिँदो विश्वपरिवेशमा त्यसको सामयिकता आदि विषयवस्तु समेटिएका छन् ।

रचनापछिका विवेचना

रचनापछिका विवेचना

‘रचनापछिका विवेचना’ नेपाली साहित्यले पाएको बेग्लै किसिमको प्राप्ति हो । किनभने यस प्रकारका पुस्तकहरू वाङ्मयिक बजारमा देख्न पाइएका छैनन् । अब यस प्रकारका अन्य पुस्तकहरू पनि वाङ्मयिक बजारमा आउन सक्छन् । त्यसो भयो भने यसका सम्पादक द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ को नामबाट अर्को इतिहास थपिने सम्भावना हुन्छ । जीवनको सातौँ दशकमा पत्नीपीडाबाट पीडित बनेको अवस्थामा पनि आत्मबल घट्न नदिई ‘रचनापछिका विवेचना’ पुस्तकमार्फत वाङ्मयसेवाका लागि आफूलाई समर्पित तुल्याउनु सम्पादकको अत्यन्त प्रेरणादायी विषय हो ।