Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
Homepublicationsरचनापछिका विवेचना

रचनापछिका विवेचना

रचनापछिका विवेचना

‘रचनापछिका विवेचना’ नेपाली साहित्यले पाएको बेग्लै किसिमको प्राप्ति हो । किनभने यस प्रकारका पुस्तकहरू वाङ्मयिक बजारमा देख्न पाइएका छैनन् । अब यस प्रकारका अन्य पुस्तकहरू पनि वाङ्मयिक बजारमा आउन सक्छन् । त्यसो भयो भने यसका सम्पादक द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ को नामबाट अर्को इतिहास थपिने सम्भावना हुन्छ । जीवनको सातौँ दशकमा पत्नीपीडाबाट पीडित बनेको अवस्थामा पनि आत्मबल घट्न नदिई ‘रचनापछिका विवेचना’ पुस्तकमार्फत वाङ्मयसेवाका लागि आफूलाई समर्पित तुल्याउनु सम्पादकको अत्यन्त प्रेरणादायी विषय हो ।