परिवर्तित पाइला

‘परिवर्तित पाइला’ गणेशबहादुर खत्रीलाई आजीवन निदाउन नदिने उहाँको सपनाको झझल्को हो । नेपाललाई पालन गर्न उहाँ राजनीतिमा होमिनुभयो । राजनीतिले उहाँलाई पहिले नीतिगत कार्यान्वयन गर्ने निकायमा पु¥यायो र पछिचाहिँ नीति बनाउने ठाउँमा नै पठायो । तर उहाँको सपना विपना हुन पाएन, र उहाँ तापित बनिरहनुभयो । राजनीतिबाट विश्राम लिएपछि पनि त्यो सपनाले उहाँको मनस्ताप बढाइरह्यो । अन्ततः अक्षरकर्मको सहारा नलिईकन उहाँलाई हुँदै भएन । उहाँको त्यही कर्मले ‘परिवर्तित पाइला’ उठायो । बल्ल उहाँको कलम आफ्ना हुँडलाहरूमाथि चल्यो र त्यसले नाट्यकारिताको परम्परागत पद्धतिलाई पनि चलायो । यस प्रकारको नाटक नेपाली भाषामा अहिलेका लागि ‘एकला चलो रे’ नै बनेको छ । त्यसैले ‘परिवर्तित पाइला’ नाटककार स्वयं र नेपाली नाट्यकारिताकै लागि पनि परिवर्तित पाइलाका रूपमा आएको छ ।