Home Blog Page 82

तारतमरस (पाठपारायण)

तारतमरस (पाठपारायण)

‘शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ’ नामक २४ पृष्ठको रङ्गीन पुस्तिका शब्दयात्रा प्रकाशनबाट प्रकाशित १२५ औँ प्रकाशनपुष्प हो । यो पुस्तिका शब्दयात्रा प्रकाशनका लागि सम्मान र छात्रवृत्तिका लागि अक्षयकोषको व्यवथा गरिदिने, सालिकका लागि अर्थसङ्कलन गरिदिने र पुस्तक प्रकाशन गर्ने मौका दिने द्रोणप्रसाद श्रेष्ठका विषयमा गीता मञ्जुश्रीले लेख्नुभएको हो । यो पुस्तिका उपयुक्त लागेको पात्रलाई निःशुल्क उपलब्ध गराउने भनिएको छ ।

शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ

शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ

‘शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ’ नामक २४ पृष्ठको रङ्गीन पुस्तिका शब्दयात्रा प्रकाशनबाट प्रकाशित १२५ औँ प्रकाशनपुष्प हो । यो पुस्तिका शब्दयात्रा प्रकाशनका लागि सम्मान र छात्रवृत्तिका लागि अक्षयकोषको व्यवथा गरिदिने, सालिकका लागि अर्थसङ्कलन गरिदिने र पुस्तक प्रकाशन गर्ने मौका दिने द्रोणप्रसाद श्रेष्ठका विषयमा गीता मञ्जुश्रीले लेख्नुभएको हो । यो पुस्तिका उपयुक्त लागेको पात्रलाई निःशुल्क उपलब्ध गराउने भनिएको छ ।

भोजप्रबन्ध

भोजप्रबन्ध

‘भोजप्रबन्ध’ अत्यन्त चर्चित साहित्यिक कृति हो । संस्कृत भाषामा लिखित यो कृति हिन्दीलगायत अन्य भाषाहरूमा अनूदित भई प्रकाशित भइसकेका छन् । यसै क्रममा श्रीधर प्याकुरेलले चम्पू विधाको यस कृतिलाई नेपाली भाषामा प्रस्तुत गर्नुभएको हो । ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकामा धारावाहिक रूपमा प्रकाशन भइसकेको यस कृतिले नेपाली वाङ्मयप्रेमीहरू प्रशस्त लाभान्वित हुने भएकाले यस पुस्तकको प्रकाशन गर्ने जमर्को गरेको हो ।

बत्तीस कर्मयोद्धा

बत्तीस कर्मयोद्धा

साहित्य, पत्रकारिता, प्रशासन, प्राकृतिक चिकित्सा, ज्योतिष, शिक्षा, व्यापार–व्यवसाय, अध्यात्म र इन्जिनियरिङ विधाका कर्मयोद्धाहरूमध्ये ३२ जना कर्मयोद्धाका परिचयात्मक जीवनगाथाहरू यसमा राखिएका छन् । व्यक्तिकेन्द्रित विवरणहरू छोटा–छोटा भए पनि तिनीहरूले सम्बन्धित व्यक्तिको जीवनवृत्त उतार्न सकेका छन् । दुईजना लेखकका छुट्टै खण्ड बनाइएकाले कसको लेखन कस्तो छ भन्ने कुराको जानकारी पनि यसबाट पाउन सकिन्छ ।

मान्छे, प्रकृति र भेगन

मान्छे, प्रकृति र भेगन

‘मान्छे, प्रकृति र भेगन’ साधुराम गिरीका कविता, संस्मरण र लेखहरूको त्रिआयामिक सङ्ग्रह हो । त्यसैले यसलाई बिरौँलासङ्ग्रह नाम दिइएको छ । यस सङ्ग्रहमा रचनाकारका विविध विचार, भाव र दृष्टिकोण मुखरित भएका छन् । मानव–जीवनले अँगाल्नुपर्ने सकारात्मक पक्षको चर्चा यस सङ्ग्रहका रचनामा गरिएको छ । शब्दयात्रा प्रकाशनबाट यसअघि पनि बिरौँलासङ्ग्रहहरू प्रकाशित भएका छन् । त्यसै क्रममा यो पुस्तक पनि प्रस्तुत भएको छ ।

डा. इन्दुल केसीको चौथो आयाम

डा. इन्दुल केसीको चौथो आयाम

शब्दयात्रा प्रकाशनका पाठकहरूका लागि डा. इन्दुल केसी प्रिय र पारिवारिक व्यक्तित्वजस्तै हुनुहुन्छ । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले उहाँका विषयमा ‘डा. इन्दुल केसीको चौथो आयाम’ पुस्तकको सम्पादन गर्नुभएको हो । यस पुस्तकमा समाविष्ट सत्रजना लेखक–संस्मरणकारहरूमध्ये तीनजना अनिल वाग्ले, डा. गोविन्दशरण उपाध्याय र डा. सत्यमोहन जोशीबाहेक अरूचाहिँ शब्दयात्रा प्रकाशनसँग कुनै न कुनै रूपमा जोडिएका व्यक्तित्व पर्नुभएको छ ।

बादलका तरेलीहरू

बादलका तरेलीहरू

कवि पदम दाहालको प्रथम प्रकाशित पुस्तकाकार कृति ‘बादलका तरेलीहरू’ कवितासङ्ग्रहमा एउटा भजनसहित वर्णमात्रिक छन्दका, झ्याउरे लयका, गजलको स्वरूपका र गद्यात्मक संरचनाका ६७ वटा कविता सङ्कलित छन् । कविताहरू कुनै पूर्वप्रकाशित र कुनै अप्रकाशित छन् । कवितात्मक शिल्पमा भन्दा भावनात्मक सघनतामा बढी जोड दिइएका यस सङ्ग्रहका कविताहरूबाट नेपाली कविताका पाठकले बेग्लै प्रकारको नयाँ स्वाद प्राप्त गर्नेछन् ।

ढुङ्गेलका गोत्रपुरुष अगस्त्य ऋषि

ढुङ्गेलका गोत्रपुरुष अगस्त्य ऋषि

आध्यात्मिक लेखक मुकुन्दप्रसाद उपाध्यायद्वारा तयार पारिएको ‘ढुङ्गेलका गोत्रपुरुष अगस्त्य ऋषि’ गहन अनुसन्धानमूलक सामग्री भएको पुस्तिका हो । नेपाली भाषामा यस प्रकारका पुस्तक–पुस्तिकाको एकदमै आवश्यकता रहेकाले यस पुस्तिकाले त्यसको पूर्ति गर्ने अपेक्षा गरिएको छ । यस पुस्तिकाका लेखकको गोत्र अगस्त्य भएकाले यस पुस्तिकामा गोत्र ऋषि अगस्त्यजीका बारेमा शास्त्रहरूमा वर्णित कथालीला र प्रसङ्गहरू प्रस्तुत गरिएको छ ।

श्रीस्वस्थानी व्रतकथा

श्रीस्वस्थानी व्रतकथा

नेपाली समाजमा बहुप्रचलित ‘श्रीस्वस्थानी व्रतकथा’ प्रकाशन गर्ने चाहना राख्नुभएका सहदीप पलान्चोकेले आफूले सङ्कलन गरेको सनातनदेखि चलिआएको पूजाविधिसहितको माघमाहात्म्य र त्यसका लागि आर्थिक सहयोगसमेत उपलब्ध गराउनुभएकाले यो पुस्तक प्रकाशन हुन सकेको हो । यसका लागि उहाँप्रति यो संस्था आभार व्यक्त गर्दछ । यो पुस्तक अध्ययन गर्ने सम्पूर्ण पाठकवर्गमा श्रीस्वस्थानी परमेश्वरीको अविरल कृपा प्राप्त भइरहोस् ।

मेरो हराएको कविता

मेरो हराएको कविता

नवीना श्रेष्ठको ‘मेरो हराएको कविता’ मा ५१ वटा गद्यकविताहरू सङ्कलित छन् । यो कवितासङ्ग्रह आध्यात्मिक भावप्रधान कविताबाट प्रारम्भ भएको छ र राष्ट्रिय स्वाभिमान जगाउने तथा कर्तव्यबोध गराउने कवितामा पुगेर टुङ्गिएको छ । यस सङ्ग्रहका अधिकांश कविताहरूमा वर्तमान पुस्तामा विदेशमोह बढ्दै गएको कुराप्रति गुनासो प्रकट गरिएको छ र राष्ट्रप्रेम छताछुल्ल भएको छ ।