Home Blog Page 69

दुई केटाकेटीलाई छात्रवृत्ति

0
यी दुई केटाकेटी रहेछन् श्रीखण्डपुर माध्यमिक विद्यालयमा पढ्ने छात्रछात्रा निखिल वाइबा र लक्ष्मी बिसुङ्खे । पढाइमा तेजिला भए पनि यी दुई केटाकेटी आर्थिक अवस्था ज्यादै कमजोर रहेको घरका रहेछन् र शारीरिक अवस्था पनि कमजोर रहेछ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य शिव बन्जाराले यी दुई केटाकेटीलाई शब्दयात्रा प्रकाशनले आज २०७९ साल भदौ १८ गते आफ्नै सभाकक्षमा आयोजना गरेको कार्यक्रममा उपस्थित गराउनुभयो । उनीहरूको अवस्था देख्ता र सुन्दा द्रवित बनेर शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा भोजपुर जिल्लाका शैक्षिक नक्षत्र प्रा. केदारनाथ श्रेष्ठले दुवै केटाकेटीलाई पाँच–पाँच हजार रुपियाँ छात्रवृत्ति प्रदान गर्नुभयो । शब्दयात्रा प्रकाशन दिने र लिने दुवैको संयोजक बन्न पाइरहोस्, प्रा. केदारनाथ श्रेष्ठ सुकीर्तिमय भएर सक्रिय जीवन जिइरहन सक्नुहोस्, दुवै केटाकेटीको स्वास्थ्यमा सुधार आई पढाइ अगाडि बढिरहोस्, शिव बन्जारालाई यस्तो सत्कर्म गर्ने प्रेरणा प्राप्त भइरहोस्, मेरो हार्दिक कामना छ ।

गीता अधिकारी आजीवन सदस्य

0
शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता गीता अधिकारीले पनि ग्रहण गर्नुभएको छ । उहाँले शब्दयात्रा प्रकाशनको स्थापना भएपछि दुई वर्षसम्म आफ्नो घरको भुइँतला निःशुल्क उपभोग गर्न दिनुभएको छ । उहाँले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि करिब पाँच हजार पुस्तक–पत्रिकाहरू पनि प्रदान गर्नुभएको छ । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएकोमा उहाँलाई हार्दिक बधाई छ ।

ढुण्डिराज पोखरेलका दुई पुस्तक शब्दयात्रा प्रकाशनबाट

0
शब्दयात्रा प्रकाशनका आजीवन सदस्य आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलका दुईवटा पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशन हुन लागेका छन् । एउटा पुस्तक ‘आत्मबोध’ नामक कथासङ्ग्रह हो भने अर्को पुस्तक ‘आत्मानुभूति’ नामक कवितासङ्ग्रह हो । यी दुवै पुस्तक असोज महिनामा सार्वजनिक गरिनेछन् ।

मानसाग्निबाट पुस्तक उपहार

0

डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’ ले छवटा पुस्तकहरू उपहारस्वरूप पठाउनुभएको छ । ती पुस्तकहरू डा. हेमराज कोइरालाबाट प्राप्त भएका छन् । यस स्नेहका लागि उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । ती पुस्तकहरू शब्दयात्रा प्रकाशन पुस्तकालयमा राख्ने व्यवस्था गरिनेछ । 

राम–रेवती प्रतिष्ठानले शब्दयात्रा प्रकाशनमा अक्षयकोष राख्ने

0

रौतहट जिल्ला चन्द्रनिगाहपुरमा रहेको राम–रेवती प्रतिष्ठानले शब्दयात्रा प्रकाशनमा दुई लाख रुपियाँको अक्षयकोष राख्ने गरी दुई संस्थाका बीचमा सम्झौता भएको छ । सम्झौतापत्रमा शब्दयात्रा प्रकाशनका तर्फबाट संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले र राम–रेवती प्रतिष्ठानका तर्फबाट संस्थापक अध्यक्ष डा. शालिग्राम शर्माले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार शब्दयात्रा प्रकाशनले त्यस अक्षयकोषको ब्याजबाट हरेक वर्ष ‘राम–रेवती प्रतिष्ठानद्वारा व्यवस्थापित’ भनी ‘शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार’ नामक पुरस्कार समर्पण गर्नेछ । यो पुरस्कार रौतहट जिल्लामा जन्मिई वा रौतहट जिल्लालाई कार्यस्थल बनाई नेपाली वाङ्मयको कुनै पनि विधाबाट योगदान गरेको व्यक्तिलाई समर्पण गरिनेछ । पुरस्कार पहिलोपटक २०७९ सालको असोज महिनामा समर्पण गर्ने गरी त्यसका लागि राम–रेवती प्रतिष्ठानले छुट्टै रकम उपलब्ध गराएको छ ।

शब्दयात्रा प्रकाशनका सदस्यको दोस्रो विश्वकीर्तिमान

0

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य हरिगोपाल प्रधानले दोस्रोपटक विश्वकीर्तिमान कायम गर्नुभएको छ । शब्दयात्रा प्रकाशनद्वारा निर्माण गरिएको उहाँको गीतिअल्बम ‘सरर बग्यो हावा सरर’ को पोस्टर तथा म्युजिक भिडिओ पोखराको आकाशमाथि प्याराग्लाइडिङ गरी १९०० मिटरको उचाइबाट सार्वजनिक गरेर उहाँले विश्वकीर्तिमान कायम गर्नुभएको हो । भारतको इन्दौरस्थित जेडब्लु मेरियट होटलमा आयोजित समारोहमा हरिगोपाल प्रधानलाई विश्वकीर्तिमानी प्रमाणपत्र प्रदान गरिएको छ । शब्दयात्रा प्रकाशन परिवार उहाँप्रति हार्दिक बधाई ज्ञापन गर्दै उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।

‘भगवतीचरणामृत’ अब

0

शब्दयात्रा प्रकाशनले यज्ञप्रसाद उपाध्याय त्रिपाठीद्वारा लिखित ‘भगवतीचरणामृत’ नामक महाकाव्य प्रकाशन गर्ने कार्य अघि बढाएको छ । यसअघि उहाँका दुई महाकाव्य ‘राधाचरणामृत र ‘कन्याकुमारी’ शब्दयात्रा प्रकाशनबाट प्रकाशन भइसकेका छन् ।

धन्यवाद ‘राष्ट्रवाणी’ !

0

शब्दयात्रा प्रकाशनसँग सम्बन्धित समाचार आज भदौ ८ गतेको अङ्कमा प्रकाशित गरिदिएकोमा ‘राष्ट्रवाणी साप्ताहिक’ पत्रिकालाई र शब्दयात्रा प्रकाशनबाट पुरस्कृत कृतिका बारेमा विमर्श कार्यक्रम आयोजना गर्न लागेकोमा साहित्य सङ्गम चितवनलाई हार्दिक धन्यवाद छ । 

गोत्र दर्पण प्रकाशोन्मुख

0
केदारनाथ तिमल्सिनाले तयार पार्नुभएको ‘गोत्र दर्पण’ नामक पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशन हुन लागेको छ । उहाँका अन्य पुस्तकहरू पनि शब्दयात्रा प्रकाशनबाटै प्रकाशित छन् ।

शब्दयात्रा प्रकाशनका विषयमा हरि मञ्जुश्रीसँग अन्तर्वार्ता

0
  1. recording2022-08-24-18-35-30 20:54