शब्दयात्रा प्रकाशनका आजीवन सदस्य हरिगोपाल प्रधानले दोस्रोपटक विश्वकीर्तिमान कायम गर्नुभएको छ । शब्दयात्रा प्रकाशनद्वारा निर्माण गरिएको उहाँको गीतिअल्बम ‘सरर बग्यो हावा सरर’ को पोस्टर तथा म्युजिक भिडिओ पोखराको आकाशमाथि प्याराग्लाइडिङ गरी १९०० मिटरको उचाइबाट सार्वजनिक गरेर उहाँले विश्वकीर्तिमान कायम गर्नुभएको हो । भारतको इन्दौरस्थित जेडब्लु मेरियट होटलमा आयोजित समारोहमा हरिगोपाल प्रधानलाई विश्वकीर्तिमानी प्रमाणपत्र प्रदान गरिएको छ । शब्दयात्रा प्रकाशन परिवार उहाँप्रति हार्दिक बधाई ज्ञापन गर्दै उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।