शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता गीता अधिकारीले पनि ग्रहण गर्नुभएको छ । उहाँले शब्दयात्रा प्रकाशनको स्थापना भएपछि दुई वर्षसम्म आफ्नो घरको भुइँतला निःशुल्क उपभोग गर्न दिनुभएको छ । उहाँले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि करिब पाँच हजार पुस्तक–पत्रिकाहरू पनि प्रदान गर्नुभएको छ । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएकोमा उहाँलाई हार्दिक बधाई छ ।