Home Blog Page 60

कृष्णमणि कुइकेल, प्रदीप केसी र पुण्यवती घले सदस्य

0

शब्दयात्रा प्रकाशनका आजीवन सदस्यत्रय कृष्णमणि कुइकेल, प्रदीप केसी र पुण्यवती घलेलाई देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानको चौथो साधारण सभाले प्रतिष्ठानको कार्यसमितिको सदस्य बनाएकोमा शब्दयात्रा प्रकाशन परिवारका तर्फबाट देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्दछौं ।

— शब्दयात्रा प्रकाशन परिवार

चन्द्रबहादुर खड्का र डा. इन्दुल केसी सल्लाहकार

0

शब्दयात्रा प्रकाशनका आजीवन सदस्यद्वय चन्द्रबहादुर खड्का र डा. इन्दुल केसीलाई देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानको चौथो साधारण सभाले प्रतिष्ठानको सल्लाहकार बनाएकोमा शब्दयात्रा प्रकाशन परिवारका तर्फबाट देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्दछौं ।

— शब्दयात्रा प्रकाशन परिवार

हरि मञ्जुश्री र सुनील सापकोटा संरक्षक

0
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री र आजीवन सदस्य सुनील सापकोटालाई देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानको चौथो साधारण सभाले प्रतिष्ठानको संरक्षक बनाएकोमा शब्दयात्रा प्रकाशन परिवारका तर्फबाट देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्दछौं ।
— शब्दयात्रा प्रकाशन परिवार

एक लाख २५ हजार रुपियाँ प्राप्त

0

लेखिका तथा अग्रज समाजसेवी सावित्री जङ्गम थापाले शब्दयात्रा प्रकाशनलाई १ लाख २५ हजार रुपियाँ प्रदान गर्नुभएको छ । उक्त रकम उहाँले शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित अध्ययन–अनुसन्धान केन्द्रको व्यवस्थापनका लागि उपलब्ध गराउनुभएको हो । उहाँको यस सहयोगका लागि शब्दयात्रा प्रकाशन परिवार उहाँप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।

कार्यक्रमको ढाँचा

0
शब्दयात्रा प्रकाशनका कार्यक्रमको ढाँचा — (१) सुरुमा वैदिक मन्त्रले स्वस्तिवाचन गराएर टीका र भेटीसहित पूजन गर्छौं । (२) संस्थागत गान गाउँछौँ । (३) पुरस्कृत गर्दा शब्दयात्रा पट्ट लगाइदिन्छौँ, सम्मान गर्दा किरीट लगाइदिन्छौँ । (४) दोसल्ला र खादा लगाइदिँदैनौँ, रुद्राक्षमाला प्रयोग गर्छौं । (५) सम्मान र पुरस्कार दुवैमा रकम हुन्छ, तर भेटीका रूपमा चढाउँछौँ । (६) कसैलाई प्रदान गर्दैनौँ, सबैलाई समर्पण गर्छौं । (७) सम्मानित र पुरस्कृत व्यक्तित्वबाट मन्तव्य माग्दैनौँ, लिखित आशीर्वचन माग्छौँ । (८) थैलीमा राखेर पुस्तक सार्वजनिक गर्छौं । (९) सभापतिले पहिले नै बोलेर अनुमति दिएपछि मात्र खास कार्यक्रम सुरु गर्छौं । (१०) अतिथिबाट कार्यक्रमको टिप्पणीसहित सभा विसर्जन गराउँछौँ ।

‘विगतमाथि आलेख’ र ‘गोत्रदर्पण’ सार्वजनिक

0

पूर्वन्यायाधीश मोहनमणि दाहालद्वारा लिखित ‘विगतमाथि आलेख (संस्मरणात्मक लेखसङ्ग्रह)’ र लेखक केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘गोत्रदर्पण (प्रवरसहितको गोत्रावली)’ नामक दुई पुस्तकलाई आज २०७९ साल फागुन २४ गते बुधबार शब्दयात्रा प्रकाशनको आयोजनामा कार्यक्रम गरी सार्वजनिक गरियो । शिक्षासेवी, लेखक तथा समाजसेवी चन्द्रबहादुर खड्काको सभापतित्व, भ्रष्टविरोधी शास्त्रका प्रणेता भरत जङ्गमको प्रमुख आतिथ्य र लेखक डा. बालचन्द्र मिश्रको आतिथ्यमा सम्पन्न आजको कार्यक्रम भक्तपुरको बालकोटमा आयोजना गरिएको थियो । ‘विगतमाथि आलेख’ लाई भरत जङ्गम, मोहनमणि दाहाल र उहाँकी धर्मपत्नी रुक्मिणी दाहालले तथा ‘गोत्रदर्पण’ लाई भरत जङ्गम, डा. बालचन्द्र मिश्र र केदारनाथ तिमल्सिनाले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो । कृतिकारहरूको चिनारी पदम दाहालले र कृतिको परिचय जयनारायण नेपालले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीबाट गरिएको थियो । कार्यक्रमको दिन कृतिकार मोहनमणि दाहालको ८६ औं जन्मदिवस पनि भएकाले उहाँलाई शब्दयात्रा प्रकाशनका तर्फबाट डा. इन्दुल केसीले रुद्राक्षमाला, सुनील सापकोटाले पुस्तक तथा शिव बन्जाराले शुभकामनापत्र समर्पण गर्नुभयो भने गीता अधिकारीले रुक्मिणी दाहाललाई उपहार समर्पण गर्नुभयो । प्रजापति तिमिल्सिनाले स्वस्तिवाचन, दामोदर घिमिरेले ब्राह्मणपूजन, योगेन्द्रमणि दाहालले स्वागत मन्तव्य र सुशीला दाहालले धन्यवाद ज्ञापन गर्नुभएको सो कार्यक्रममा सङ्गीता केसीले सामग्री व्यवस्थापन र प्रकृति प्याकुरेलले छायाङ्कन तथा स्वराङ्कन गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनका तर्फबाट प्रमुख अतिथि र अतिथिलाई शकुन्तला बन्जाराले उपहार समर्पण गर्नुभएको उक्त कार्यक्रममा डा. शिशिर बन्जाराले कविता प्रस्तुत गर्नुभएको थियो । यी दुई पुस्तकसहित शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकको सङ्ख्या २ सय पुगेको छ । 

सपूत कार्कीको कथासङ्ग्रह छापिने

0
रौतहट जिल्लाका साहित्यकार सपूत कार्कीको दोस्रो कथासङ्ग्रह ‘चौध भुवन’ शब्दयात्रा प्रकाशनबाट छापिने भएको छ । यस कथासङ्ग्रहमा उहाँका १४ वटा कथा सङ्कलित छन् । अहिले यस सङ्ग्रहका लागि धमाधम काम भइरहेको छ । उहाँको पहिलो कथासङ्ग्रह ‘पागल’ २०४५ सालमा छापिएको थियो ।

डा. सीताराम अधिकारीबाट कन्या छात्रवृत्तिको व्यवस्था

0

काठमाडौँ विश्वविद्यालयका संस्थापक रजिस्ट्रार, वैज्ञानिक तथा लेखक प्रा. डा. सीताराम अधिकारीले आफ्नी धर्मपत्नी शिक्षासेवी तथा साहित्यकार माधवी अधिकारीको स्मृतिमा कन्या छात्रवृत्तिको व्यवस्था गर्नुभएको छ । काभ्रेपलान्चोक जिल्लाको विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार छात्रामध्ये एउटी छात्राका लागि उहाँले छात्रवृत्तिको व्यवस्था गर्नुभएको हो । छात्रवृत्ति आगामी २०८० साल वैशाखदेखि शब्दयात्रा प्रकाशनमार्फत प्रदान गरिनेछ । शब्दयात्रा प्रकाशनमार्फत यसबाहेक अन्य दुई छात्रवृत्ति पनि प्रदान गर्ने गरिएको छ । छात्रवृत्तिसम्बन्धी व्यवस्थापनको जिम्मा दिन शब्दयात्रा प्रकाशनलाई पत्यार गर्नुभएकोमा डा. सीताराम अधिकारीप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै उहाँको यस सत्कर्मबाट नारी शिक्षामा जोड दिने माधवी अधिकारीको शिक्षाप्रेमले थप सार्थकता पाउने विश्वास शब्दयात्रा प्रकाशनले व्यक्त गरेको छ ।

‘विगतमाथि आलेख’ छापिँदै

0

पूर्वन्यायाधीश मोहनमणि दाहाल (मादी, सङ्खुवासभा) ले लेख्नुभएको ‘विगतमाथि आलेख’ (संस्मरणात्मक लेखसङ्ग्रह) शब्दयात्रा प्रकाशनको २०० औँ प्रकाशनपुष्पका रूपमा मुद्रण हुन लागेको छ । पदम दाहाल र जयनारायण नेपालको मन्तव्य रहेको यस सङ्ग्रहमा १२ वटा लेख सङ्कलित छन् । यस पुस्तकलाई यही फागुन महिनाको २४ गते बुधबार भक्तपुरमा सार्वजनिक गर्ने योजना छ ।

१९८. माण्डवी

कवि खेमराज शर्माको ‘माण्डवी’ महाकाव्यभित्र माओवादी जनयुद्धको विषयले प्रवेश पाएको छ । यसअघि प्रकाशित महाकाव्यहरूमा माओवादी जनयुद्धलाई प्रत्यक्ष रूपमा विषयवस्तु बनाइएको नपाइएकाले यस महाकाव्यको विशेष महत्त्व रहेको छ । यसभित्रका अधिकांश श्लोकहरू अनुष्टुप छन्दमा छन् । यसभित्र गद्यकविता र लोकछन्दको पनि प्रयोग गरिएको छ । वन्दनाबाहेक एघाह्र अध्यायमा यो महाकाव्य विभक्त छ । रोल्पा जिल्लाका साहित्यस्रष्टाबाट लेखिएको यो पहिलो महाकाव्य बनेको छ भने यस महाकाव्यले महाकाव्यकारलाई पोखरेल थरका सातौँ महाकाव्यकार बनाएको छ ।