Home Blog Page 56

२०७. प्रायोजित

वेदकुमारी न्यौपानेको ‘प्रायोजित’ नामक रेडियो–नाटकसङ्ग्रहमा १२ वटा रेडियो–नाटक सङ्कलित छन्् । यी रेडियो–नाटकहरूले सामाजिक, पारिवारिक, राजनीतिक र प्रशासनिक अवस्था छर्लङ्ग देखाएका छन् । हरेक रेडियो–नाटक सन्देशमूलक छन् । राष्ट्रप्रेम, व्यक्तिप्रेम, सामाजिक मनोविज्ञान, विश्वासघात, विसङ्गति, आशावादिता जस्ता विषयहरूमा लेखिएका यस सङ्ग्रहका रेडियो–नाटकहरू पाठकको मनलाई चस्स घोच्ने र लामो समयसम्म प्रभावमा पारिरहने खालका छन् ।

एघाह्रजनालाई दानशीलता सम्मान

0

शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मान’ एघाह्रजना जग्गादातालाई संयुक्त रूपमा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनले सरस्वतीको मन्दिर निर्माण गरेको, नीलकण्ठेश्वर धाम संरक्षण समितिसँगको सहकार्यमा १०८ शिवलिङ्गको स्थापना गर्दै गरेको र वाङ्मयका विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तिहरूको सालिक राख्न लागिएको नीलकण्ठेश्वर धाम परिसरको जग्गा दान गर्ने दाताहरूलाई उक्त सम्मान समर्पण गर्न लागिएको हो । जग्गादाताहरू कृष्णमणि कुइकेल, ईश्वरीप्रसाद कुइकेल, ठाकुरप्रसाद कुइकेल, शम्भुप्रसाद कुइकेल, देवकी कुइकेल, रामहरि कुइकेल, राममणि कुइकेल, गायत्रीदेवी कुइकेल, राजेन्द्रप्रसाद कुइकेल, नवराज पराजुली र हरिप्रसाद कुइकेल हुनुहुन्छ ।

‘अङ्कुरित सिर्जना’ सार्वजनिक

0

सिर्जना खनालद्वारा रचित तथा शब्दयात्रा प्रकाशनद्वारा २०३ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित ‘अङ्कुरित सिर्जना’ नामक छन्दोबद्ध कवितासङ्ग्रह गत चैत २५ गते शनिबार भैरहवामा सार्वजनिक गरियो । सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवा रूपन्देहीको आयोजनामा भएको उक्त कार्यक्रम सिसासकी उपाध्यक्ष सरु ज्ञवालीको अध्यक्षता, प्राज्ञ प्रा. डा. कपिलदेव लामिछानेको प्रमुख आतिथ्य, प्रा. डा. गितु गिरी, डा. बालकृष्ण चापागाईं, डिल्लीराज भट्टराई र सोनु गुरुङको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो । समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरे, सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवा रूपन्देहीका पूर्वअध्यक्ष एवम् सल्लाहकारद्वय सुरज घिमिरे दीपशिखा र छवि ज्ञवाली, सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराई, सहिद स्मृति पुस्तकालयका अध्यक्ष एवम् सिसासका सल्लाहकार रुद्र ज्ञवाली, वरिष्ठ हाइकुकार सोनु गुरुङ, नारद गौतम, प्रा. डा. गितु गिरी, डा. बालकृष्ण चापागाई लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा ‘अङ्कुरित सृजना’ को समीक्षा रमेश समर्थनले गर्नुभएको थियो । कार्यक्रममा लुम्विनी वाङ्मय प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष ऋषि आजाद, लुम्विनी वाङ्मय प्रतिष्ठान रूपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेय, प्रगतिशील लेखक सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष तिलक लामिछाने, लुम्बिनी वाङ्मय प्रतिष्ठान रूपन्देहीका उपाध्यक्ष कृष्ण गाउँले, प्रलेस नेपालका केन्द्रीय सचिव दलबहादुर गुरुङ, लुम्बिनी वाङ्मय प्रतिष्ठान रूपन्देहीका सहसचिव सरला गाहा, सिर्जनशील साहित्यिक समाज (सिसास) का पूर्वअध्यक्षहरू तेजप्रसाद पन्थ, नारायणप्रसाद भण्डारी, शशि पन्थी, सिद्धार्थ साहित्य परिषद्का सचिव लक्ष्मीप्रसाद अधिकारी, लगायतको उपस्थिति रहेको थियो । सिर्जनशील साहित्यिक समाज (सिसास) का पूर्वअध्यक्ष एवम् सल्लाहकार सुवास रिजाल यात्रीको स्वागत मन्तव्य र सहसचिव राधा भट्टराईको स्वागतगीत रहेको उक्त कार्यक्रमको सञ्चालन सिर्जनशील साहित्यिक समाज (सिसास) का सचिव विष्णुप्रसाद गजुरेलले गर्नुभएको थियो । त्यस अवसरमा यज्ञलाल सुवेदीद्वारा रचित ‘पर्दाभित्र’ छन्दोबद्ध कवितासङ्ग्रहलाई पनि सार्वजनिक गरिएको थियो ।

एक वर्षमा ३६ पुस्तक

0

शब्दयात्रा प्रकाशनबाट २०७९ सालभरिमा प्रकाशित पुस्तकको सङ्ख्या ३६ पुगेको छ — आध्यात्मिक १, जीवनी १, बालकवितासङ्ग्रह १, चिन्तनसङ्ग्रह १, हास्यव्यङ्ग्यसङ्ग्रह १, कथा र कविताको संयुक्त सङ्ग्रह १, खण्डकाव्य १, कथासङ्ग्रह १, अभिनन्दनग्रन्थ १, गजलसङ्ग्रह १, गोत्रावली १, गीतसङ्ग्रह १, मुक्तकसङ्ग्रह १, समीक्षा–समालोचना २, लेखसङ्ग्रह ३, नाटक ४, कवितासङ्ग्रह ७, महाकाव्य ७ । प्रकाशन गरिएको समयका आधारमा पुस्तकको नाउँ, विधा र लेखकको विवरण यस्तो छ — (१) श्रीकृष्ण रहस्य (आध्यात्मिक चिन्तन) — प्रेमदास घिमिरे, (२) कथा र कविता (कथा र कविताको सङ्ग्रह) — माधवप्रसाद चापागाईं, (३) सङ्घर्ष र जीवन (चिन्तनसङ्ग्रह) — माधवप्रसाद चापागाईं, (४) गाईजात्रा (हास्यव्यङ्ग्यसङ्ग्रह) — गायत्रीकुमार चापागाईं, (५) अठोट (नाटक) — लीलादेवी श्रेष्ठ, (६) जिन्दगीका डोबहरू (कवितासङ्ग्रह) — लीलादेवी श्रेष्ठ, (७) जून मामा (बालकवितासङ्ग्रह) — हरि कोर्काली, (८) धृतराष्ट्रको शुभकामना (व्यङ्ग्यकवितासङ्ग्रह) — हरि कोर्काली, (९) मनमा नअटेका कुरा (कवितासङ्ग्रह) — लोकमान मास्के, (१०) राधाचरणामृत (महाकाव्य) — यज्ञप्रसाद उपाध्याय त्रिपाठी, (११) समयको अन्तराल (कवितासङ्ग्रह) — नरनारायण वत्स, (१२) अमरज्योति (खण्डकाव्य) — डा. गोपाल पौड्याल ‘मन्डने’, (१३) भ्mउचभककष्यलक बलम भ्हउचभककष्यलक ९ब् अयििभअतष्यल या भककबथक० ( एचया। क्गदबक प्ऋ, (१४) कन्याकुमारी (महाकाव्य) — यज्ञप्रसाद उपाध्याय त्रिपाठी, (१५) आत्मबोध (कथासङ्ग्रह) — ढुण्डिराज पोखरेल, (१६) आत्मानुभूति (कवितासङ्ग्रह) — ढुण्डिराज पोखरेल, (१७) भगवतीचरणामृत (महाकाव्य) — यज्ञप्रसाद उपाध्याय त्रिपाठी, (१८) माच (लेखसङ्ग्रह) — लोकेन्द्र ढकाल, (१९) महाकवि देवकोटाका काव्यको अध्ययन (समालोचना) — टीकादत्त बराल, (२०) आदर्श शिक्षक रामप्रसाद अधिकारी (अभिनन्दनग्रन्थ) — सं. हरि मञ्जुश्री, (२१) शिरोवर्ती भरत जङ्गम (समीक्षासङ्ग्रह) — प्रजापति तिमिल्सिना, (२२) हिरण्य भोजपुरे साहित्य र सङ्गीतका महारथी (जीवनी) — द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’, (२३) जीवनधारा (काव्य) — सावित्री जङ्गम थापा, (२४) श्रीकृष्णचरणामृत (महाकाव्य) — यज्ञप्रसाद उपाध्याय त्रिपाठी, (२५) कृपालुचरणामृत (महाकाव्य) — यज्ञप्रसाद उपाध्याय त्रिपाठी, (२६) अल्झिएका सपना (गजलसङ्ग्रह) — छवीन्द्र चेम्जोङ, (२७) माण्डवी (महाकाव्य) — खेमराज शर्मा, (२८) गोत्रदर्पण (प्रवरसहितको गोत्रावली) — केदारनाथ तिमल्सिना (२९) विगतमाथि आलेख (लेखसङ्ग्रह) — मोहनमणि दाहाल (३०) हराएको किनारा (गीतसङ्ग्रह) — वेदकुमारी न्यौपाने, (३१) प्लास्टिक सर्जरी (लघुएकाङ्कीसङ्ग्रह) — वेदकुमारी न्यौपाने, (३२) अङ्कुरित सृजना (कवितासङ्ग्रह) — सिर्जना खनाल, (३३) शब्द (कवितासङ्ग्रह) — वेदकुमारी न्यौपाने, (३४) कुल्चिएका फूलहरू (एकाङ्कीसङ्ग्रह) — वेदकुमारी न्यौपाने, (३५) कहिले घाम कहिले छाया (मुक्तकसङ्ग्रह) — वेदकुमारी न्यौपाने (३६) प्रायोजित (रेडियो–नाटकसङ्ग्रह) — वेदकुमारी न्यौपाने । यी सबै पुस्तकहरूका विशेषताका बारेमा शब्दयात्रा प्रकाशनको वेबसाइट कथउगदष्अिबतष्यल।अयm।लउ बाट जानकारी लिन सकिन्छ ।

२०७९ सालमा १४ जिल्लाका २३ लेखकका पुस्तक

0

शब्दयात्रा प्रकाशनबाट २०७९ सालमा झापा, भोजपुर, सङ्खुवासभा, काभ्रेपलान्चोक, इलाम, दोलखा, तेह्रथुम, सिन्धुली, कास्की, काठमाडौँ, ओखलढुङ्गा, रोल्पा, गोरखा र रूपन्देही गरी १४ जिल्लाका प्रेमदास घिमिरे, माधवप्रसाद चापागाईं, गायत्रीकुमार चापागाईं, लीलादेवी श्रेष्ठ, हरि कोर्काली, लोकमान मास्के, यज्ञप्रसाद उपाध्याय त्रिपाठी, नरनारायण वत्स, डा. गोपाल पौड्याल ‘मन्डने’, प्रा. सुवास केसी, ढुण्डिराज पोखरेल, लोकेन्द्र ढकाल, टीकादत्त बराल, हरि मञ्जुश्री, प्रजापति तिमिल्सिना, द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’, सावित्री जङ्गम थापा, छवीन्द्र चेम्जोङ, खेमराज शर्मा, केदारनाथ तिमल्सिना, मोहनमणि दाहाल, वेदकुमारी न्यौपाने र सिर्जना खनाल गरी २३ जना लेखकका ३६ वटा पुस्तकहरू छापिएछन् ।

माधवी अधिकारी छात्रवृत्ति सिमोन बस्नेतलाई

0

काठमाडौं विश्वविद्यालयका संस्थापक रजिस्ट्रार, वैज्ञानिक तथा लेखक डा. सीताराम अधिकारीले आफ्नी धर्मपत्नी साहित्यकार तथा शिक्षासेवी माधवी अधिकारीको स्मृतिमा खडा गर्नुभएको ‘माधवी अधिकारी छात्रवृत्ति’ २०८० साल वैशाखदेखि २०८१ साल चैतसम्मको दुई वर्षसम्म सिमोन बस्नेतलाई प्रदान गरिने भएको छ । शब्दयात्रा प्रकाशनबाट प्रदान गर्ने गरी व्यवस्था गरिएको उक्त छात्रवृत्तिमा २०८० सालका लागि मासिक २ हजार रुपियाँ र २०८१ सालका लागि मासिक २ हजार २ सय रुपियाँ प्रदान गरिने भएको छ । काभ्रेपलान्चोक जिल्लाको बनेपा बुडोलमा अवस्थित काभ्रे माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा सिमोन बस्नेत ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नं. ८ रावा खोलु घर भई हाल बनेपा नगरपालिका वडा नं. ६ मा बसोवास गर्ने दीपकबहादुर बस्नेतकी छोरी हुनुहुन्छ ।

२०६. कहिले घाम कहिले छाया

वेदकुमारी न्यौपानेको ‘कहिले घाम कहिले छाया’ नामक मुक्तकसङ्ग्रहमा २ सय ६ वटा मुक्तकहरू सङ्कलित छन्् । संयोगवश शब्दयात्रा प्रकाशनको २ सय ६ औँ प्रकाशनपुष्प पनि यही मुक्तकसङ्ग्रह बनेको छ । राष्ट्रप्रेम, व्यक्तिप्रेम, सामाजिक मनोविज्ञान, विश्वासघात, विसङ्गति, आशावादिता जस्ता विषयहरूमा लेखिएका यस सङ्ग्रहका मुक्तकहरू पाठकको मनलाई चस्स घोच्ने र लामो समयसम्म प्रभावमा पारिरहने खालका छन् ।

२०५. कुल्चिएका फूलहरू

वेदकुमारी न्यौपानेको ‘कुल्चिएका फूलहरू’ नामक प्रस्तुत एकाङ्कीसङ्ग्रहमा १२ वटा एकाङ्की सङ्कलित छन्् । विभिन्न साहित्यिक पत्रिकाहरूमा प्रकाशन भइसकेका एकाङ्कीहरू सङ्कलन गरी यो सङ्ग्रह तयार पारिएको हो । यस सङ्ग्रहका एकाङ्कीहरू विभिन्न पारिवारिक घटना, जातीय विभेद, कोरोना, सामाजिक विकृति, आर्थिक दुरवस्था, आधुनिक प्रविधिको विकासले ल्याएको विसङ्गति र दुष्प्रभाव जस्ता विषयवस्तुहरू समेटिएर लेखिएका छन् । सङ्ग्रहमा आधुनिक नेपाली जीवनशैलीको चित्रण देखिएको छ ।

२०४. शब्द

वेदकुमारी न्यौपानेको प्रस्तुत कवितासङ्ग्रह ‘शब्द’ मा १०० वटा गद्यकविता सङ्ग्रह गरिएका छन् । यी कविताहरू मार्मिक छन्, पाठकको हृदयमा तुरुन्तै प्रवेश गर्ने खालका छन् । समाजमा घटिरहेका कैयौँ घटनालाई हामीले साना–मसिना ठानेर बेवास्ता गरिरहेका हुन्छौँ, तर तिनले समाजलाई कता लगिरहेका छन् भन्ने कुरा सशक्त ढङ्गमा यी कविताहरूमा प्रस्तुत भएका छन् । यसबाहेक नारी मनोविज्ञान, देशको दुर्दशा, सामाजिक विसङ्गति पनि कवितामा आएका छन् । त्यसैले यस सङ्ग्रहले नेपाली समाजको मनोवैज्ञानिक चित्र समग्रतामा देखाउन सकेको छ ।

२०३. अङ्कुरित सृजना

कवयित्री सिर्जना खनालले २०७५ सालदेखि लेखेका ७६ वटा छन्दोबद्ध कविता यस सङ्ग्रहमा परेका छन् । शार्दूलविक्रीडित, पञ्चचामर, अनुष्टुप,  मालिनी, स्रग्धरा, वसन्ततिलका, शिखरिणी, चम्पकमाला, भुजङ्गप्रयात, अनवसिता, स्रग्विणी, इन्दिरा, अनुकुला, चण्डी, शालिनी, मन्दाक्रान्ता, उपजाति, उल्लाक, इन्द्रवज्रा, तोटक र तूणक गरी २१ छन्दको प्रयोग गरिएको यो सङ्ग्रह काव्यदेवी सरस्वतीको आराधनाबाट सुरु भई पाठकलाई जीवनोपयोगी र समाजोपयोगी ज्ञान दिनका लागि प्रस्तुत गरिएका दृष्टान्तहरूमा पुगेर टुङ्गिएको छ । पाठकलाई रुचिकर र प्रीतिकर लाग्ने सामयिक र शाश्वत दुवै प्रकारका विषयवस्तु समेटिएको यस सङ्ग्रहमा पीडा र विद्रोहलाई पनि शिष्ट र कलात्मक ढङ्गले व्यक्त गरिएको छ । छन्द सिक्न चाहनेहरूका लागि पनि यो सङ्ग्रह उपयोगी छ ।