Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesएक वर्षमा ३६ पुस्तक

एक वर्षमा ३६ पुस्तक

शब्दयात्रा प्रकाशनबाट २०७९ सालभरिमा प्रकाशित पुस्तकको सङ्ख्या ३६ पुगेको छ — आध्यात्मिक १, जीवनी १, बालकवितासङ्ग्रह १, चिन्तनसङ्ग्रह १, हास्यव्यङ्ग्यसङ्ग्रह १, कथा र कविताको संयुक्त सङ्ग्रह १, खण्डकाव्य १, कथासङ्ग्रह १, अभिनन्दनग्रन्थ १, गजलसङ्ग्रह १, गोत्रावली १, गीतसङ्ग्रह १, मुक्तकसङ्ग्रह १, समीक्षा–समालोचना २, लेखसङ्ग्रह ३, नाटक ४, कवितासङ्ग्रह ७, महाकाव्य ७ । प्रकाशन गरिएको समयका आधारमा पुस्तकको नाउँ, विधा र लेखकको विवरण यस्तो छ — (१) श्रीकृष्ण रहस्य (आध्यात्मिक चिन्तन) — प्रेमदास घिमिरे, (२) कथा र कविता (कथा र कविताको सङ्ग्रह) — माधवप्रसाद चापागाईं, (३) सङ्घर्ष र जीवन (चिन्तनसङ्ग्रह) — माधवप्रसाद चापागाईं, (४) गाईजात्रा (हास्यव्यङ्ग्यसङ्ग्रह) — गायत्रीकुमार चापागाईं, (५) अठोट (नाटक) — लीलादेवी श्रेष्ठ, (६) जिन्दगीका डोबहरू (कवितासङ्ग्रह) — लीलादेवी श्रेष्ठ, (७) जून मामा (बालकवितासङ्ग्रह) — हरि कोर्काली, (८) धृतराष्ट्रको शुभकामना (व्यङ्ग्यकवितासङ्ग्रह) — हरि कोर्काली, (९) मनमा नअटेका कुरा (कवितासङ्ग्रह) — लोकमान मास्के, (१०) राधाचरणामृत (महाकाव्य) — यज्ञप्रसाद उपाध्याय त्रिपाठी, (११) समयको अन्तराल (कवितासङ्ग्रह) — नरनारायण वत्स, (१२) अमरज्योति (खण्डकाव्य) — डा. गोपाल पौड्याल ‘मन्डने’, (१३) भ्mउचभककष्यलक बलम भ्हउचभककष्यलक ९ब् अयििभअतष्यल या भककबथक० ( एचया। क्गदबक प्ऋ, (१४) कन्याकुमारी (महाकाव्य) — यज्ञप्रसाद उपाध्याय त्रिपाठी, (१५) आत्मबोध (कथासङ्ग्रह) — ढुण्डिराज पोखरेल, (१६) आत्मानुभूति (कवितासङ्ग्रह) — ढुण्डिराज पोखरेल, (१७) भगवतीचरणामृत (महाकाव्य) — यज्ञप्रसाद उपाध्याय त्रिपाठी, (१८) माच (लेखसङ्ग्रह) — लोकेन्द्र ढकाल, (१९) महाकवि देवकोटाका काव्यको अध्ययन (समालोचना) — टीकादत्त बराल, (२०) आदर्श शिक्षक रामप्रसाद अधिकारी (अभिनन्दनग्रन्थ) — सं. हरि मञ्जुश्री, (२१) शिरोवर्ती भरत जङ्गम (समीक्षासङ्ग्रह) — प्रजापति तिमिल्सिना, (२२) हिरण्य भोजपुरे साहित्य र सङ्गीतका महारथी (जीवनी) — द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’, (२३) जीवनधारा (काव्य) — सावित्री जङ्गम थापा, (२४) श्रीकृष्णचरणामृत (महाकाव्य) — यज्ञप्रसाद उपाध्याय त्रिपाठी, (२५) कृपालुचरणामृत (महाकाव्य) — यज्ञप्रसाद उपाध्याय त्रिपाठी, (२६) अल्झिएका सपना (गजलसङ्ग्रह) — छवीन्द्र चेम्जोङ, (२७) माण्डवी (महाकाव्य) — खेमराज शर्मा, (२८) गोत्रदर्पण (प्रवरसहितको गोत्रावली) — केदारनाथ तिमल्सिना (२९) विगतमाथि आलेख (लेखसङ्ग्रह) — मोहनमणि दाहाल (३०) हराएको किनारा (गीतसङ्ग्रह) — वेदकुमारी न्यौपाने, (३१) प्लास्टिक सर्जरी (लघुएकाङ्कीसङ्ग्रह) — वेदकुमारी न्यौपाने, (३२) अङ्कुरित सृजना (कवितासङ्ग्रह) — सिर्जना खनाल, (३३) शब्द (कवितासङ्ग्रह) — वेदकुमारी न्यौपाने, (३४) कुल्चिएका फूलहरू (एकाङ्कीसङ्ग्रह) — वेदकुमारी न्यौपाने, (३५) कहिले घाम कहिले छाया (मुक्तकसङ्ग्रह) — वेदकुमारी न्यौपाने (३६) प्रायोजित (रेडियो–नाटकसङ्ग्रह) — वेदकुमारी न्यौपाने । यी सबै पुस्तकहरूका विशेषताका बारेमा शब्दयात्रा प्रकाशनको वेबसाइट कथउगदष्अिबतष्यल।अयm।लउ बाट जानकारी लिन सकिन्छ ।