Home Blog Page 183

सम्मान समारोह फागुन १५ गते

0

शब्दयात्रा प्रकाशनले हरेक वर्षको फागुन महिनामा आयोजना गर्ने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह यस वर्षका लागि फागुन १५ गते मङ्गलबार गर्ने भएको छ । समारोह शब्दयात्रा प्रकाशनको परिसर काभ्रे बनेपाको नीलकण्ठेश्वर क्षेत्रमा गरिने भएको छ ।
उक्त समारोहमा चारवटा सम्मान समर्पण गरी श्रीधर प्याकु¥यालको ‘भर्तृहरि शतक’ (कवितात्मक भावानुवाद), बेलप्रसाद श्रेष्ठको ‘मी एन्ड माई धुलिखेल’ (अङ्ग्रेजी भाषामा आत्मकथा), विष्णुहरि तिमल्सिनाको ‘शाहवंशका चर्तिकला’ र पूरा श्रेष्ठको ‘पुनर्जन्म’ (कवितासङ्ग्रह) गरी चारवटा पुस्तकलाई सार्वजनिक गरिनेछ ।

शब्दयात्राबाट चारजना सम्मानित हुने

0

शब्दयात्रा प्रकाशनले आमसञ्चार सम्मानबाट अग्रज पत्रकार होमनाथ दाहाललाई, शिक्षा सम्मानबाट भोजपुर दिङ्लाको षडानन्द माध्यमिक विद्यालयलाई, सामाजिक जागरण सम्मानबाट काभ्रे जिल्लामा सक्रिय लभग्रीन नेपाल नामक संस्थालाई र विज्ञान–प्रविधि सम्मानबाट मुनिबहादुर शाक्यलाई सम्मानित गर्ने भएको छ ।
मुकुन्दप्रसाद दाहालको संयोजकत्वमा रघुनाथ घिमिरे, श्यामकृष्ण त्रिपाठी र पम्फा थपलिया सत्याल सदस्य रहेको सम्मानित व्यक्तित्व चयन समितिले गरेको सिफारिसअनुसार शब्दयात्रा प्रकाशनले उहाँहरूलाई सम्मान गर्ने भएको हो ।

हार्दिक समवेदना

0

हाम्रा सहकर्मी तथा सहयोगी तपोधन उपाध्याय कुइँकेलका पिता गोवद्र्धन उपाध्याय कुइँकेल (जन्म ः १९९१ वैशाख १० गते आइतबार र देहावसान ः २०७४ माघ २४ गते बुधबार) को देहावसान भएकाले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना गर्दछौं एवं गतात्माको मोक्षप्राप्तिका लागि भगवान्सँग प्रार्थना गर्दछौं ।

शब्दयात्रा प्रकाशन

हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनका सहयोगी तथा शुभचिन्तक लक्ष्मीदेवी हुमागाई ‘हुमागाई समाज नेपाल’ बाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार

हार्दिक बधाई

0

शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घले रक्तदाता सम्मान समितिबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार

शब्दयात्रामा ‘सङ्गम’ सार्वजनिक

0

शब्दयात्रा प्रकाशनको ९६ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित कृति ‘सङ्गम’ लाई अग्रज कवि तथा संस्कृतिविद् प्रा. तुलसी दिवस तथा साहित्यकार डा. जङ्गब चौहानले संयुक्त रूपमा सार्वजनिक गर्नुभयो । गत २०७४ साल माघ २७ गते शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित पुस्तक सार्वजनिकीकरण समारोहमा उक्त कृतिलाई सार्वजनिक गरिएको थियो । नेपाली साहित्यका ६४ जना कविका कविताहरूलाई कवि तथा अनुवादक हरीश अधिकारीले अङ्ग्रेजी भाषामा अनुवाद गर्नुभएको उक्त कृति हालको तीन पुस्ता सम्मिलित नेपाली कविका शक्तिशाली कविताहरूको अनुवादसहित विशेष पठनीय अनुवादकीय मन्तव्य भएकाले अत्यन्त महàवपूर्ण रहेको धारणा कार्यक्रमका सभापति प्रा. तुलसी दिवसले व्यक्त गर्नुभएको थियो ।
पुस्तकमाथि डा. जङ्गब चौहान र डा. हेमराज काफ्लेले टिप्पणी गर्नुभएको उक्त कार्यक्रममा अनुवादक हरीश अधिकारीले अनुवादकर्म र प्रकाशनका लागि भएका प्रयासहरूका बारेमा जानकारी गराउनुभएको थियो । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनको अभियानका विषयमा जानकारी गराउँदै स्वागत भाषण गर्नुभएको र महाप्रबन्धक शारदाप्रसाद शर्माले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा गीता त्रिपाठी, छविरमण सिलवाल, अभय श्रेष्ठ, प्रोल्लास सिन्धुलीय, प्रगति राई, सन्ध्या जोशी आदि कवि–कवयित्रीहरूलगायत विष्णुहरि तिमल्सिना, छविलाल कुइँकेल, अनु थापा आदिको समुपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका विद्यार्थीहरू र कोरियाली कवि ‘आकाश’ ले विभिन्न कविका कविताहरू वाचन गर्नुभएको थियो भने उपस्थित सम्पूर्ण कवि–कवयित्रीहरूलाई ‘शब्दयात्रा प्रकाशनको छ वर्ष’ पुस्तक प्रदान गरिएको थियो ।
काठमाडौँबाट आउनुभएका कवि–कवयित्रीहरूले शब्दयात्रा प्रकाशनले निर्माण गराएका सालिकहरू र सालिक स्थापनाका लागि भइरहेका कार्यहरूको अवलोकन गर्नुभएको थियो ।

‘शब्दसंवाद’ मा लक्ष्मण सापकोटा

0

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को अठचालीसौँ शृङ्खला गत २०७४ माघ २६ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । उक्त कार्यक्रमका प्रमुख वक्ताका रूपमा नेपालका प्रथम साहित्यिक हिमाल–आरोही तथा महानन्द सापकोटा स्मृति प्रतिष्ठानका अध्यक्ष साहित्यकार लक्ष्मण सापकोटा प्रस्तुत हुनुभएको थियो । रोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष कवि गोविन्दबहादुर थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन पदमनाथ ढुङ्गानाले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, सञ्चालक सदस्य श्यामकृष्ण लम्साल, महाप्रबन्धक शारदाप्रसाद शर्मा, कलाकार समाजका सल्लाहकार मच्छेश्वर सापकोटा, सहयोगी समाजका संयोजक रामप्रसाद अधिकारी, स्मारिका प्रकाशन समितिका संयोजक फणीन्द्रराज अधिकारी, शिक्षासेवी पूर्णबहादुर कर्माचार्य, व्यवस्थापनविद् श्री शर्मा मूर्ख तथा विष्णुहरि तिमल्सिना, छविलाल कुइँकेल, इन्द्रप्रसाद अधिकारी, मीना घोरासैनी, दुर्गा घिमिरे, धन शर्मा, अञ्जु थापा, पुरुषोत्तम हुमागाई, निर्मला ढुङ्गाना, अनु थापा आदिको सहभागिता रहेको थियो ।

सालिकका लागि आर्थिक सहयोग

0

शब्दयात्रा प्रकाशनबाट काभ्रेको बनेपामा स्थापना गरिने विभिन्न पाँचजना शीर्ष शब्दसाधकहरूको सालिकका लागि काभ्रे धुलिखेल श्रीखण्डपुरका शिक्षासेवी पूर्णबहादुर कर्माचार्यले ५ हजार १ सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।

आर्थिक सहयोग गर्न आश्वासन दिने महानुभावहरू पनि धेरैजना हुनुहुन्छ । न्यूनतम ५ हजार १ सय रुपियाँ आर्थिक सहयोग गर्ने दाताहरूको नाउँ, ठेगाना र रकम सालिकसँगै राखिने शिलापत्रमा कुँदिने निर्णय गरिएको छ ।

हार्दिक समवेदना

0

‘नेपालभूमि साप्ताहिक’ का शुभचिन्तक साहित्यकार मनु ब्राजाकीको गत २०७४ माघ १९ गते बिहान पाटन अस्पतालमा निधन भएको छ । उहाँ लामो समयदेखि मस्तिष्काघातबाट पीडित हुनुहुन्थ्यो । १९९९ सालमा महात्तरीको औरहीमा जन्मनुभएका चेतमानसिंह भण्डारीले आफ्नो उपनाम मनु ब्राजाकी राख्नुभएको थियो । उहाँले केही रचनाहरू ‘नेपालभूमि साप्ताहिक’ लाई पनि प्रकाशनार्थ उपलब्ध गराउनुभएको थियो । साझा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, मैनाली पुरस्कार, गङ्गालक्ष्मी पुरस्कार आदिबाट पुरस्कृत मनु ब्राजाकीका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । ‘नेपालभूमि साप्ताहिक’ परिवार मनु ब्राजाकीका शोकसप्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिका लागि भगवान्सँग कामना गर्दछ ।

नेपालभूमि साप्ताहिक

हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशन कलाकार समाजका सल्लाहकार अग्रज लोकगायक मच्छेश्वर सापकोटा गौरीशङ्कर सांस्कृतिक समूहबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

शब्दयात्रा प्रकाशन