‘नेपालभूमि साप्ताहिक’ का शुभचिन्तक साहित्यकार मनु ब्राजाकीको गत २०७४ माघ १९ गते बिहान पाटन अस्पतालमा निधन भएको छ । उहाँ लामो समयदेखि मस्तिष्काघातबाट पीडित हुनुहुन्थ्यो । १९९९ सालमा महात्तरीको औरहीमा जन्मनुभएका चेतमानसिंह भण्डारीले आफ्नो उपनाम मनु ब्राजाकी राख्नुभएको थियो । उहाँले केही रचनाहरू ‘नेपालभूमि साप्ताहिक’ लाई पनि प्रकाशनार्थ उपलब्ध गराउनुभएको थियो । साझा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, मैनाली पुरस्कार, गङ्गालक्ष्मी पुरस्कार आदिबाट पुरस्कृत मनु ब्राजाकीका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । ‘नेपालभूमि साप्ताहिक’ परिवार मनु ब्राजाकीका शोकसप्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिका लागि भगवान्सँग कामना गर्दछ ।

नेपालभूमि साप्ताहिक