शब्दयात्रा प्रकाशनले हरेक वर्षको फागुन महिनामा आयोजना गर्ने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह यस वर्षका लागि फागुन १५ गते मङ्गलबार गर्ने भएको छ । समारोह शब्दयात्रा प्रकाशनको परिसर काभ्रे बनेपाको नीलकण्ठेश्वर क्षेत्रमा गरिने भएको छ ।
उक्त समारोहमा चारवटा सम्मान समर्पण गरी श्रीधर प्याकु¥यालको ‘भर्तृहरि शतक’ (कवितात्मक भावानुवाद), बेलप्रसाद श्रेष्ठको ‘मी एन्ड माई धुलिखेल’ (अङ्ग्रेजी भाषामा आत्मकथा), विष्णुहरि तिमल्सिनाको ‘शाहवंशका चर्तिकला’ र पूरा श्रेष्ठको ‘पुनर्जन्म’ (कवितासङ्ग्रह) गरी चारवटा पुस्तकलाई सार्वजनिक गरिनेछ ।