शब्दयात्रा प्रकाशनबाट काभ्रेको बनेपामा स्थापना गरिने विभिन्न पाँचजना शीर्ष शब्दसाधकहरूको सालिकका लागि काभ्रे धुलिखेल श्रीखण्डपुरका शिक्षासेवी पूर्णबहादुर कर्माचार्यले ५ हजार १ सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।

आर्थिक सहयोग गर्न आश्वासन दिने महानुभावहरू पनि धेरैजना हुनुहुन्छ । न्यूनतम ५ हजार १ सय रुपियाँ आर्थिक सहयोग गर्ने दाताहरूको नाउँ, ठेगाना र रकम सालिकसँगै राखिने शिलापत्रमा कुँदिने निर्णय गरिएको छ ।