शब्दयात्रा प्रकाशनले आमसञ्चार सम्मानबाट अग्रज पत्रकार होमनाथ दाहाललाई, शिक्षा सम्मानबाट भोजपुर दिङ्लाको षडानन्द माध्यमिक विद्यालयलाई, सामाजिक जागरण सम्मानबाट काभ्रे जिल्लामा सक्रिय लभग्रीन नेपाल नामक संस्थालाई र विज्ञान–प्रविधि सम्मानबाट मुनिबहादुर शाक्यलाई सम्मानित गर्ने भएको छ ।
मुकुन्दप्रसाद दाहालको संयोजकत्वमा रघुनाथ घिमिरे, श्यामकृष्ण त्रिपाठी र पम्फा थपलिया सत्याल सदस्य रहेको सम्मानित व्यक्तित्व चयन समितिले गरेको सिफारिसअनुसार शब्दयात्रा प्रकाशनले उहाँहरूलाई सम्मान गर्ने भएको हो ।