शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को अठचालीसौँ शृङ्खला गत २०७४ माघ २६ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । उक्त कार्यक्रमका प्रमुख वक्ताका रूपमा नेपालका प्रथम साहित्यिक हिमाल–आरोही तथा महानन्द सापकोटा स्मृति प्रतिष्ठानका अध्यक्ष साहित्यकार लक्ष्मण सापकोटा प्रस्तुत हुनुभएको थियो । रोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष कवि गोविन्दबहादुर थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन पदमनाथ ढुङ्गानाले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, सञ्चालक सदस्य श्यामकृष्ण लम्साल, महाप्रबन्धक शारदाप्रसाद शर्मा, कलाकार समाजका सल्लाहकार मच्छेश्वर सापकोटा, सहयोगी समाजका संयोजक रामप्रसाद अधिकारी, स्मारिका प्रकाशन समितिका संयोजक फणीन्द्रराज अधिकारी, शिक्षासेवी पूर्णबहादुर कर्माचार्य, व्यवस्थापनविद् श्री शर्मा मूर्ख तथा विष्णुहरि तिमल्सिना, छविलाल कुइँकेल, इन्द्रप्रसाद अधिकारी, मीना घोरासैनी, दुर्गा घिमिरे, धन शर्मा, अञ्जु थापा, पुरुषोत्तम हुमागाई, निर्मला ढुङ्गाना, अनु थापा आदिको सहभागिता रहेको थियो ।
‘शब्दसंवाद’ मा लक्ष्मण सापकोटा
सालिकका लागि आर्थिक सहयोग
शब्दयात्रा प्रकाशनबाट काभ्रेको बनेपामा स्थापना गरिने विभिन्न पाँचजना शीर्ष शब्दसाधकहरूको सालिकका लागि काभ्रे धुलिखेल श्रीखण्डपुरका शिक्षासेवी पूर्णबहादुर कर्माचार्यले ५ हजार १ सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
आर्थिक सहयोग गर्न आश्वासन दिने महानुभावहरू पनि धेरैजना हुनुहुन्छ । न्यूनतम ५ हजार १ सय रुपियाँ आर्थिक सहयोग गर्ने दाताहरूको नाउँ, ठेगाना र रकम सालिकसँगै राखिने शिलापत्रमा कुँदिने निर्णय गरिएको छ ।
हार्दिक समवेदना
‘नेपालभूमि साप्ताहिक’ का शुभचिन्तक साहित्यकार मनु ब्राजाकीको गत २०७४ माघ १९ गते बिहान पाटन अस्पतालमा निधन भएको छ । उहाँ लामो समयदेखि मस्तिष्काघातबाट पीडित हुनुहुन्थ्यो । १९९९ सालमा महात्तरीको औरहीमा जन्मनुभएका चेतमानसिंह भण्डारीले आफ्नो उपनाम मनु ब्राजाकी राख्नुभएको थियो । उहाँले केही रचनाहरू ‘नेपालभूमि साप्ताहिक’ लाई पनि प्रकाशनार्थ उपलब्ध गराउनुभएको थियो । साझा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, मैनाली पुरस्कार, गङ्गालक्ष्मी पुरस्कार आदिबाट पुरस्कृत मनु ब्राजाकीका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । ‘नेपालभूमि साप्ताहिक’ परिवार मनु ब्राजाकीका शोकसप्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिका लागि भगवान्सँग कामना गर्दछ ।
नेपालभूमि साप्ताहिक
हार्दिक बधाई
शब्दयात्रा प्रकाशन कलाकार समाजका सल्लाहकार अग्रज लोकगायक मच्छेश्वर सापकोटा गौरीशङ्कर सांस्कृतिक समूहबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
शब्दयात्रा प्रकाशन
हार्दिक बधाई
शब्दयात्रा प्रकाशन विश्वसम्पर्क समाजका संयोजक प्रसिद्ध सङ्गीतकर्मी तथा साहित्यकार हिरण्य भोजपुरे लघुकथा समाज नेपालबाट गत २०७४ माघ १९ गते शुक्रबार ‘बाटुली खिलध्वज लघुकथा सम्मान’ बाट सम्मानित हुनुभएको छ । यो खुसियाली सबै मित्रहरूमा बाँड्दै सम्मानित हुनुभएकोमा उहाँ€प्रति यो संस्था हार्दिक बधाई ज्ञापन गर्दछ ।
‘शब्दसंवाद’ मा डिल्लीप्रसाद भट्टराई
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ४७ औँ शृङ्खला गत २०७४ साल माघ १९ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख वक्ता शिक्षासेवी तथा लेखक डिल्लीप्रसाद भट्टराई हुनुहुन्थ्यो । उहाँले जैविक ऊर्जासम्बन्धी विषयवस्तुमा प्रवचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन पदमनाथ ढुङ्गानाले र सभापतित्व पुण्यवती घलेले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा फणीन्द्रराज अधिकारी, श्री शर्मा मूर्ख, पूर्णबहादुर कर्माचार्य, शकुन्तला बन्जारा, राजन पराजुली, विष्णुहरि तिमल्सिना, दण्डपाणि अधिकारी, शारदाप्रसाद शर्मा, दीपक तिमल्सिना, अनु थापा आदिको सहभागिता रहेको थियो ।
चयन समिति गठन
शब्दयात्रा प्रकाशनले आगामी फागुन महिनामा सम्मानित गर्ने राष्ट्रिय प्रतिभाहरूको चयन गर्नका लागि सम्मानित व्यक्तित्व चयन समितिको गठन गरेको छ । मुकुन्दप्रसाद दाहालको संयोजकत्वमा गठित उक्त समितिमा रघुनाथ घिमिरे, श्यामकृष्ण त्रिपाठी र पम्फा थपलिया सदस्य रहनुभएको छ ।
शब्दयात्रा प्रकाशनले गरेको सार्वजनिक आह्वानअनुसार शब्दयात्रा प्रकाशनमा सिफारिस प्राप्त भएका नाउँहरूमध्येबाट उक्त समितिले यही माघ मसान्तसम्ममा सम्मानयोग्य व्यक्तित्वको नाउँ चयन गरेपछि शब्दयात्रा प्रकाशनले ती नाउँहरू सम्मानका लागि घोषणा गर्नेछ । आगामी फागुन महिनामा आमसञ्चार, विज्ञान–प्रविधि, शिक्षा र सामाजिक जागरण विधाका सम्मानहरू समर्पण गरिनेछन् ।
‘पच्चीस दृष्टि’ फागुन ५ गते
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीद्वारा लिखित भूमिकासङ्ग्रह ‘पच्चीस दृष्टि’ आगामी फागुन ५ गते काभ्रेपलाञ्चोकको बनेपामा सार्वजनिक हुने भएको छ । उक्त पुस्तकलाई सुभाष स्मृति प्रतिष्ठानले प्रकाशन गरी सार्वजनिक गर्न लागेको हो ।
‘पच्चीस दृष्टि’ मा कृतिकारको नाउँको वर्णानुक्रमअनुसार उद्धवप्रसाद नेपाल, ओतबहादुर खड्का, कविप्रसाद प्याकु¥याल, काफलबोटे कान्छा, गोविन्दबहादुर थापा, तुतुकाजी प्रणामी श्रेष्ठ, दिनेश सेवाचार्य, दियेशरत्न शाक्य, दुर्योधन बस्नेत, प्रकाशबहादुर कायस्थ, पूरा श्रेष्ठ, भवानी पाण्डे, भीमसेन घिमिरे, मुकुन्दप्रसाद उपाध्याय, रामचन्द्र अधिकारी, रोजनाथ लुइँटेल, सिर्जना दुवाल, सुदीप अधिकारी, सुरेश सैंजू, सूर्यप्रसाद लाकोजू, सोमकाजी शाक्य, हरिकृष्ण सिलवाल, हरिप्रसाद चौलागाई, त्रिकालदर्शी भैल र त्रिरत्न रन्जितकार गरी २५ जना काभ्रेली स्रष्टाहरूका पुस्तकमा हरि मञ्जुश्रीबाट लेखिएका भूमिकाहरू समावेश गरिएका छन् ।
सालिकका लागि आर्थिक सहयोग
शब्दयात्रा प्रकाशनबाट काभ्रेपलाञ्चोकको बनेपामा पाँचजना नेपाली शीर्ष शब्दसाधकहरूको सालिक स्थापना गर्नका लागि धुलिखेल — ४ निवासी कृष्णबहादुर घलेका तर्फबाट ५ हजार ५ सय ५५ रुपियाँ र मायाकुमारी घलेका तर्फबाट ५ हजार ५ सय ५५ रुपियाँ आर्थिक सहयोग प्राप्त भएको छ ।
स्मरणीय छ — प्रथम शिक्षासेवी बालागुरु षडानन्द, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी, स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङ र राष्ट्रिय पुरस्कार प्राप्त प्रथम वैज्ञानिक नरबहादुर भारतीको सालिक एकै ठाउँमा पहिलोपटक बनेपामा स्थापना गर्न लागिएको छ ।
‘शब्दसंवाद’ मा शकुन्तला बन्जारा
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को छयालीसौँ शृङ्खलामा प्रमुख वक्ताका रूपमा ‘शब्दसञ्चार’ कार्यक्रमका सञ्चालक शिव बन्जारा र शकुन्तला बन्जारा प्रस्तुत हुनुभयो । गत २०७४ साल माघ १२ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व यादव ढुङ्गानाले र सञ्चालन महाप्रबन्धक शारदाप्रसाद शर्माले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा हरि मञ्जुश्री, मच्छेश्वर सापकोटा, फणीन्द्रराज अधिकारी, कृष्णमणि कुइँकेल, पदमनाथ ढुङ्गाना, सुदर्शन आचार्य, श्री शर्मा मूर्ख, छविलाल कुइँकेल, वासुदेव कुइँकेल, विष्णुहरि तिमल्सिना, पूर्णबहादुर कार्की, पुण्यवती घले, देवीप्रसाद ढुङ्गाना, गोविन्द आले मगर, अशोक बडाल, सानु पराजुली, फत्तबहादुर भुजेल, मानबहादुर केसी, दुर्गाप्रसाद तिमल्सिना, अनु थापा आदिको सहभागिता रहेको थियो ।