शब्दयात्रा प्रकाशन विश्वसम्पर्क समाजका संयोजक प्रसिद्ध सङ्गीतकर्मी तथा साहित्यकार हिरण्य भोजपुरे लघुकथा समाज नेपालबाट गत २०७४ माघ १९ गते शुक्रबार ‘बाटुली खिलध्वज लघुकथा सम्मान’ बाट सम्मानित हुनुभएको छ । यो खुसियाली सबै मित्रहरूमा बाँड्दै सम्मानित हुनुभएकोमा उहाँ€प्रति यो संस्था हार्दिक बधाई ज्ञापन गर्दछ ।