शब्दयात्रा प्रकाशनबाट काभ्रेपलाञ्चोकको बनेपामा पाँचजना नेपाली शीर्ष शब्दसाधकहरूको सालिक स्थापना गर्नका लागि धुलिखेल — ४ निवासी कृष्णबहादुर घलेका तर्फबाट ५ हजार ५ सय ५५ रुपियाँ र मायाकुमारी घलेका तर्फबाट ५ हजार ५ सय ५५ रुपियाँ आर्थिक सहयोग प्राप्त भएको छ ।
स्मरणीय छ — प्रथम शिक्षासेवी बालागुरु षडानन्द, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी, स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङ र राष्ट्रिय पुरस्कार प्राप्त प्रथम वैज्ञानिक नरबहादुर भारतीको सालिक एकै ठाउँमा पहिलोपटक बनेपामा स्थापना गर्न लागिएको छ ।