शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ४७ औँ शृङ्खला गत २०७४ साल माघ १९ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख वक्ता शिक्षासेवी तथा लेखक डिल्लीप्रसाद भट्टराई हुनुहुन्थ्यो । उहाँले जैविक ऊर्जासम्बन्धी विषयवस्तुमा प्रवचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन पदमनाथ ढुङ्गानाले र सभापतित्व पुण्यवती घलेले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा फणीन्द्रराज अधिकारी, श्री शर्मा मूर्ख, पूर्णबहादुर कर्माचार्य, शकुन्तला बन्जारा, राजन पराजुली, विष्णुहरि तिमल्सिना, दण्डपाणि अधिकारी, शारदाप्रसाद शर्मा, दीपक तिमल्सिना, अनु थापा आदिको सहभागिता रहेको थियो ।