Home Blog Page 171

‘शब्दसंवाद’ मा डा. सरस्वती आचार्य

0

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को साठीऔँ शृङ्खलामा प्रमुख वक्ताका रूपमा डा. सरस्वती आचार्य प्रस्तुत हुनुभयो । उहाँ काठमाडौँ विश्वविद्यालयमा गणित विषयको प्राध्यापन गर्नुहुन्छ र रसुवा जिल्लाबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । कार्यक्रममा उहाँले आफ्नो शैक्षिक यात्राका विषयमा विचारोत्तेजक, उत्प्रेरक र ज्ञानवद्र्धक प्रवचन गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा गत २०७५ भदौ २२ गते शुक्रबार सम्पन्न उक्त कार्यक्रमको सभापतित्व शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले र प्रमुख आतिथ्य लेखक तथा पूर्वप्रशासक डा. इन्दुल केसीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शब्दयात्रा पाठक समाजका संयोजक दामोदर घिमिरेले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा अग्रज लोकगायक मच्छेश्वर सापकोटा, नेपालभूमि साप्ताहिकका कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईं, शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मा, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, ज्योतिष रमेश अधिकारी, शिक्षासेवी फणीन्द्रराज अधिकारी, शब्दयात्रा लेखक समाजका संयोजक ओतबहादुर खड्का, शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घले, लेखकहरू जगन्नाथ गिरी, केदारनाथ तिमल्सिना, खड्गप्रसाद सापकोटा, पूर्णबहादुर कर्माचार्य तथा राजभाइ श्रेष्ठ, निर्मला आचार्य, पुरुषोत्तम हुमागाईं, छविलाल कुइँकेल, वासुदेव कुइँकेल, उर्मिला गिरी, सहदीप पलाञ्चोके, विदुर थापा, राजेन्द्र चण्डी श्रेष्ठ, रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।

हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनबाट संस्थापित शब्दयात्रा बालसाहित्य सम्मान २०७१ बाट सम्मानित बालसाहित्यकार शान्तदास मानन्धर २०७४ सालको जगदम्बाश्री पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार

हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा साहित्यिक पत्रिका सम्मान’ बाट सम्मानित ‘रचना’ साहित्यिक पत्रिकाका सम्पादक रोचक घिमिरेलाई बीपी कोइराला स्मृति ट्रस्टले बीपी साहित्य सम्मान पुरस्कारबाट पुरस्कृत गर्ने भएकोमा उहाँप्रति हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार

शब्दयात्रा प्रकाशनबाट निबन्ध प्रतियोगिता

0

शब्दयात्रा प्रकाशनले विभिन्न विद्यालयहरूमा ‘मैले देख्न चाहेको नेपाल’ विषयमा निबन्ध प्रतियोगिता गराउन थालेको छ । त्यसअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका क्षेत्रमा पर्ने श्रीखण्डपुर उच्च माध्यमिक विद्यालयमा निबन्ध प्रतियोगिता गरायो । प्रतियोगितामा कक्षा ८ का १४ जना, कक्षा ९ का १४ जना, कक्षा १० का १५ जना र कक्षा १२ का १ जना गरी जम्मा ४४ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए । प्र्रतियोगिताको संयोजन विद्यालयका शिक्षक शिव बन्जाराले गर्नुभएको थियो ।
प्रतियोगी निबन्धहरूमध्ये कक्षा ८ बाट सविता गौतम र राममाया नेपाली, कक्षा ९ बाट अस्मिता नेपाली र सागर विक, कक्षा १० बाट निर्मला श्रेष्ठ र पूजा तामाङ तथा कक्षा १२ बाट प्रतिभा गहतराजका निबन्धहरूलाई निर्णायक चूडाप्रसाद चौलागाईंले उत्कृष्ट ठह¥याउनुभएको छ । निर्णायक चूडाप्रसाद चौलागाई प्रभा क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि साप्ताहिक’ का कार्यकारी सम्पादक हुनुहुन्छ ।
श्रीखण्डपुर उच्च माध्यमिक विद्यालयमा आयोजना गरिने कार्यक्रममा शब्दयात्रा प्रकाशनले प्रतियोगी बनेका सम्पूर्ण विद्यार्थीहरूलाई पुस्तक उपहार प्रदान गर्ने र राम्रा ठहरिएका ७ वटा निबन्धलाई पुरस्कृत गर्ने भएको छ भने तीमध्ये पनि राम्रा निबन्धलाई ‘नेपालभूमि साप्ताहिक’ मा प्रकाJशन गर्ने भएको छ ।
शब्दयात्रा प्रकाशनले ‘मैले देख्न चाहेको नेपाल’ विषयमा अन्य विद्यालयहरूमा पनि निबन्ध प्रतियोगिता गराउने भएको छ । यसका लागि सहयोग गरिदिन सम्पूर्ण विद्यालयहरूलाई अनुरोध पनि गरेको छ ।

‘शब्दसंवाद’ मा उद्धवप्रसाद नेपाल

0

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को उनान्साठीऔँ शृङ्खलामा प्रमुख वक्ताका रूपमा काभ्रे जिल्लाका आध्यात्मिक लेखक तथा शब्दयात्रा लेखक समाजका सदस्य उद्धवप्रसाद नेपाल प्रस्तुत हुनुभयो । गत २०७५ भदौ १५ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा प्रमुख वक्ताको चिनारी शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले गराउनुभएको थियो भने कार्यक्रमको सञ्चालन ‘नेपालभूमि साप्ताहिक’ का कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईंले गर्नुभएको थियो ।
सहदीप पलाञ्चोकेको सभापतित्व र मच्छेश्वर सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा श्री शर्मा मूर्ख, शारदाप्रसाद शर्मा, खड्गप्रसाद सापकोटा, केदारनाथ तिमल्सिना, दामोदर घिमिरे, छविलाल कुइँकेल, पुरुषोत्तम हुमागाईं, नानुदेवी कुइँकेल, रीक्षा घिमिरे आदिको सहभागिता रहेको थियो ।

शब्दयात्राबाट दुई सञ्चारकर्मीलाई कदर गरिने

0

शब्दयात्रा प्रकाशनले काभ्रेपलाञ्चोक जिल्लाका सञ्चारकर्मीहरूमध्ये हरेक वर्ष दुई–दुईजनालाई कदर गर्ने गरेकोमा २०७५ सालका लागि कविराज नेपाल र सजना आचार्यलाई कदर गर्ने भएको छ । आगामी असोज महिनामा आयोजना गरिने कार्यक्रममा उहाँहरूलाई कदर गरिने भएको हो ।
कविराज नेपालले शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रकाशन ‘नेपालभूमि साप्ताहिक’ लाई र सजना आचार्यले शब्दयात्रा प्रकाशनको साप्ताहिक रेडियो कार्यक्रम ‘शब्दसञ्चार’ लाई ठूलो सहयोग गर्नुका साथै संस्थागत गतिविधिहरू सम्प्रेषण गर्नमा पनि सहयोग गर्नुभएको थियो ।

शब्दयात्राले बनायो चयन समिति

0

शब्दयात्रा प्रकाशनले आगामी असोज महिनामा समर्पण गरिने सम्मानका लागि उपयुक्त व्यक्तित्वको चयन गर्न तीन सदस्यीय ‘सम्मानित व्यक्तित्व चयन समिति’ बनाएको छ ।
शिक्षासेवी ध्रुवराज नेपालको संयोजकत्वमा गठित उक्त समितिमा सञ्चारकर्मी राजाराम कार्की र कवयित्री मीरा चापागाईं सदस्य रहनुभएको छ ।

शब्दयात्राबाट ‘सम्झना बुबाको’

0

शब्दयात्रा प्रकाशनले जगन्नाथ गिरीको सम्पादनमा ‘सम्झना बुबाको’ नामक कृति प्रकाशन गर्ने भएको छ । यो कृति शब्दयात्रा प्रकाशनको १०६ औँ प्रकाशनपुष्प हुनेछ ।
यसअघि उहाँको सम्पादनमा शब्दयात्रा प्रकाशनबाट ८१ औँ प्रकाशनपुष्पका रूपमा २०७४ वैशाखमा ‘काभ्रेली पूर्वप्रहरी कर्मचारी टेलिफोन कोश’ प्रकाशित गरिएको थियो ।

अग्रज पत्रकारलाई हार्दिक समवेदना

0

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ बाट २०६९ सालमा सम्मानित हुनुभएका अग्रज पत्रकार रामचन्द्र न्यौपानेको ८४ वर्षको उमेरमा उच्च रक्तचापबाट गत भदौ ६ गते बिहान ४ बजे काठमाडौँ लैनचौरस्थित आफ्नै निवासमा निधन भएको खबरले शब्दयात्रा प्रकाशन परिवार स्तब्ध भएको छ ।
शब्दयात्रा प्रकाशन उहाँको निधनप्रति गहिरो दुःख प्रकट गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

शब्दयात्रा प्रकाशन

हार्दिक बधाई तथा शुभकामना

0

शब्दयात्रा प्रकाशनका शुभेच्छुक एवं सहकर्मी मित्र राधेश्याम लेकाली अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमिति (२०१८ — २०२०) को निर्वाचनमा अध्यक्ष पदमा विजयी हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार
अक्षरधाम, बनेपा, काभ्रेपलाञ्चोक