शब्दयात्रा प्रकाशनले जगन्नाथ गिरीको सम्पादनमा ‘सम्झना बुबाको’ नामक कृति प्रकाशन गर्ने भएको छ । यो कृति शब्दयात्रा प्रकाशनको १०६ औँ प्रकाशनपुष्प हुनेछ ।
यसअघि उहाँको सम्पादनमा शब्दयात्रा प्रकाशनबाट ८१ औँ प्रकाशनपुष्पका रूपमा २०७४ वैशाखमा ‘काभ्रेली पूर्वप्रहरी कर्मचारी टेलिफोन कोश’ प्रकाशित गरिएको थियो ।