शब्दयात्रा प्रकाशनले आगामी असोज महिनामा समर्पण गरिने सम्मानका लागि उपयुक्त व्यक्तित्वको चयन गर्न तीन सदस्यीय ‘सम्मानित व्यक्तित्व चयन समिति’ बनाएको छ ।
शिक्षासेवी ध्रुवराज नेपालको संयोजकत्वमा गठित उक्त समितिमा सञ्चारकर्मी राजाराम कार्की र कवयित्री मीरा चापागाईं सदस्य रहनुभएको छ ।