शब्दयात्रा प्रकाशनले काभ्रेपलाञ्चोक जिल्लाका सञ्चारकर्मीहरूमध्ये हरेक वर्ष दुई–दुईजनालाई कदर गर्ने गरेकोमा २०७५ सालका लागि कविराज नेपाल र सजना आचार्यलाई कदर गर्ने भएको छ । आगामी असोज महिनामा आयोजना गरिने कार्यक्रममा उहाँहरूलाई कदर गरिने भएको हो ।
कविराज नेपालले शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रकाशन ‘नेपालभूमि साप्ताहिक’ लाई र सजना आचार्यले शब्दयात्रा प्रकाशनको साप्ताहिक रेडियो कार्यक्रम ‘शब्दसञ्चार’ लाई ठूलो सहयोग गर्नुका साथै संस्थागत गतिविधिहरू सम्प्रेषण गर्नमा पनि सहयोग गर्नुभएको थियो ।