शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ बाट २०६९ सालमा सम्मानित हुनुभएका अग्रज पत्रकार रामचन्द्र न्यौपानेको ८४ वर्षको उमेरमा उच्च रक्तचापबाट गत भदौ ६ गते बिहान ४ बजे काठमाडौँ लैनचौरस्थित आफ्नै निवासमा निधन भएको खबरले शब्दयात्रा प्रकाशन परिवार स्तब्ध भएको छ ।
शब्दयात्रा प्रकाशन उहाँको निधनप्रति गहिरो दुःख प्रकट गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

शब्दयात्रा प्रकाशन