गत २०७५ साल मङ्सिर २६ गते बुधबार शब्दयात्रा प्रकाशनका लागि र काभ्रे जिल्लाकै लागि महàवपूर्ण दिन थियो । किनभने नेपालमा पहिलोपटक पाँच विधाका प्रथम व्यक्ति बनेका पाँचजना राष्ट्रिय व्यक्तित्वको सालिक एकै ठाउँमा स्थापना गरी अनावरण गरिएको थियो । त्यस्तो महàवपूर्ण ठाउँ काभ्रे जिल्लाको बनेपा बनेको छ ।
नेपालमा विद्यालय खोल्ने प्रथम व्यक्ति, लोकतन्त्रका लागि पत्रिका सञ्चालन गर्ने प्रथम व्यक्ति, विज्ञान विधाको पुरस्कार पाउने प्रथम व्यक्ति, पुस्तक लेखेबापत जेलमै मरेका प्रथम व्यक्ति र गीत रेकर्ड गर्ने प्रथम महिला गरी पाँचजनाको सालिक बनेपामा स्थापना गरिएको छ । यीमध्ये लोकतन्त्रका लागि पत्रिका सञ्चालन गर्ने प्रथम व्यक्ति, विज्ञान विधाको पुरस्कार पाउने प्रथम व्यक्ति र गीत रेकर्ड गर्ने प्रथम महिलाको सालिक नेपालमै पहिलोपल्ट स्थापना गरिएको हो ।
त्यस दिन तिनै पाँच सालिकहरूलाई अनावरण गरिएको थियो । साथमा अन्य कार्यक्रमहरू पनि बिहानैदेखि भएका थिए । शब्दयात्रा प्रकाशनका लागि त्यो दिन उत्सवको दिन भएको हुनाले त्यस दिन वृक्षारोपण, कवितागोष्ठी, गीतगायन, विज्ञान प्रदर्शनी, आध्यात्मिक प्रवचन, ‘शब्दसौगात’ नामक वृत्तचित्र प्रदर्शन आदि कार्यक्रमहरू राखिएको थियो । कार्यक्रममा शब्दयात्रा प्रकाशनलाई जग्गा दिने दाता कृष्णमणि कुइँकेल र गीता कुइँकेललाई संयुक्त रूपमा सम्मान गरिएको थियो ।
सालिक राख्नका लागि विभिन्न व्यक्ति र केही सामाजिक संस्थाबाट गरी करिब १० लाख रुपियाँ आर्थिक सहयोग उठाइएको छ । यसका लागि जग्गाबाहेक करिब १३ लाख रुपियाँ खर्च भएको छ । करिब ३ लाख रुपियाँ तिर्न बाँकी छ । अब थप व्यवस्था गर्न अर्को करिब ३ लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ । घटीमा ५ हजार १ सय रुपियाँ सहयोग गर्ने व्यक्तिको नाउँ शिलापत्रमा राख्ने र अरूको नाउँ स्मारिकामा प्रकाशित गर्ने निर्णय गरिएको छ ।
नेपालमा अरूतिर कहीँ नगरिएको यो काम नेपालकै लागि ऐतिहासिक महàवको काम भएकाले र यस कामले काभ्रे जिल्लामा बौद्धिक पर्यटकहरू प्रशस्त भि†याउने हुनाले काभ्रे जिल्लाको विकासमा यस कामले पनि ठूलो भूमिका खेल्नेछ । त्यसैले यस कार्यमा आआफ्नो क्षेत्रबाट आवश्यक सहयोग गरिदिन हामी सबैलाई अनुरोध गर्दछौँ ।