शब्दयात्रा प्रकाशनले ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका पूर्व कार्यकारी सम्पादक तथा लेखक चूडाप्रसाद चौलागाईंको नयाँ पुस्तक प्रकाशन गर्ने भएको छ । उहाँको नयाँ पुस्तकलाई ‘सम्झनाका क्षणहरू’ नाम दिइएको छ । यो पुस्तक लेख–निबन्ध–सङ्ग्रह हो ।
जम्मा १ सय ६८ पृष्ठको उक्त पुस्तकमा ३४ वटा लेख–निबन्ध रहेका छन् । यो पुस्तक प्रकाशन भइसकेपछि शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकको सङ्ख्या १ सय ४५ पुग्नेछ ।