बागमती प्रदेश सभासद् वसुन्धरा हुमागाईंले गत २०७७ साल असोज २४ गते शनिबार शब्दयात्रा प्रकाशनको अवलोकन भ्रमण गर्नुभयो । त्यस बखत उहाँले शब्दयात्रा प्रकाशनका गतिविधिहरूका विषयमा जानकारी लिनुभयो । उहाँलाई शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले स्वागत गर्नुभएको थियो ।
सभासद् हुमागाईंले शब्दयात्रा प्रकाशन पुस्तकालय, शब्दयात्रा शारदा मन्दिर, शब्दयात्रा स्तम्भ र शब्दसाधक तीर्थको अभिरुचिपूर्वक अवलोकन गर्नुभयो । उहाँलाई संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनको उद्देश्य र गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो भने निर्माण भएका संरचनाहरूका विषयमा ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले जानकारी गराउनुभएको थियो ।