Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesअभिलेखको अनावरण गरिने

अभिलेखको अनावरण गरिने

शब्दयात्रा प्रकाशनबाट बनेपामा स्थापना गरिएका पाँचजना प्रथम शब्दसाधकहरूको सालिक निर्माण गरी स्थापना गर्ने कार्यका लागि आर्थिक सहयोग गर्ने दाताहरूको अभिलेखलाई आगामी २०७७ साल असोज २४ गते शनिबार अनावरण गरिने भएको छ ।
कोरोना महामारीका कारण धेरैजनाको सहभागितामा कार्यक्रम गर्न नहुने भएकाले विशेष सावधानी र सतर्कताका साथ सीमित व्यक्तिहरूको मात्र उपस्थितिमा अभिलेख सार्वजनिक गर्न लागिएको हो ।
नेपालकै पहिलो शिक्षासेवी, पहिलो लोकतान्त्रिक पत्रकार, पहिलो वैज्ञानिक, पहिलो साहित्यिक सहिद र पहिलो गायिकाको सालिक एकै ठाउँमा एकैचोटि एकै संस्थाले स्थापना गरेको ठाउँ नेपालमा बनेपा मात्रै हो । ती सालिकहरूको निर्माण गरी स्थापना गर्ने कार्यका लागि १ सय १६ जना व्यक्ति तथा संस्थाहरूले शब्दयात्रा प्रकाशनलाई आर्थिक सहयोग गर्नुभएको थियो । अभिलेखमा न्यूनतम ५ हजार १ सय रुपियाँसम्म आर्थिक सहयोग गर्नेहरूको नामावली रहेको छ ।