जलेश्वरी श्रेष्ठलाई महिला प्रतिभा सम्मान समर्पण गरिने
प्रा. डा. बलराम उपाध्याय रेग्मीलाई राष्ट्रझङ्कार सम्मान समर्पण गरिने —
अग्रज पत्रकार हरिहर विरहीलाई आमसञ्चार सम्मान समर्पण गरिने
शब्दयात्रा प्रकाशनले अग्रज पत्रकार हरिहर विरही (सिन्धुली) लाई २०८२ सालको ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ समर्पण गर्ने भएको छ । उहाँ केही समयका लागि अमेरिका जानुभएको छ । ‘गोर्खाली’ पत्रिकाका माध्यमबाट लोकतन्त्रका लागि आवाज उठाउने राणाकालीन पत्रकार देवीप्रसाद सापकोटाको नाउँमा स्थापित यस सम्मानको कोष व्यवस्थापन उहाँका पनाति विराटनगर निवासी लेखक सुनील सापकोटाले गर्नुभएको हो ।
महेश्वर खनाललाई आध्यात्मिक पत्रकारिता सम्मान समर्पण गरिने
शब्दयात्रा प्रकाशनले आध्यात्मिक लेखक महेश्वर खनाल (काठमाडौँ) लाई २०८२ सालको ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान’ समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन नेपालका प्रथम शिक्षासेवी आवाल ब्रह्मचारी षडानन्द अधिकारीको सम्मानमा समाजसेवी सुदर्शन आचार्यले गर्नुभएको हो ।
सागर श्रेष्ठलाई फोटो पत्रकारिता सम्मान समर्पण गरिने
ढुण्डिराज पोखरेललाई आध्यात्मिक लेखक सम्मान समर्पण गरिने
२५८. नेपालमा राजसंस्था किन ?
२५७. पवित्र समाजवाद
डा. गोपाल पौड्याल ‘मण्डने’ ले बेलायत गएर उच्च शिक्षा हासिल गरी ‘पवित्र समाजवाद’ नामक सिद्धान्तको प्रतिपादन गरेर हाम्रो मुलुकलाई दिनुभएको छ । उहाँले गहिरो अनुसन्धान गरी व्यावहारिक दृष्टिकोण र नीतिनिर्माणका ठोस उपायहरू यस पुस्तकमा प्रस्तुत गर्नुभएको छ । न्यायिक सुधार, प्रशासनिक सुदृढीकरण र आर्थिक क्रान्तिको खाका कोर्न यो पुस्तकले महत्त्वपूर्ण योगदान पु¥याउनेछ । नेपाललाई भ्रष्टाचारमुक्त, आत्मनिर्भर र सुव्यवस्थित राष्ट्र बनाउने मार्गचित्र यो पुस्तकले दिन्छ । डा. गोपाल पौड्याल ‘मण्डने’ को अथक मेहनत र प्रयासले हाम्रो देशको भविष्यमा बन्ने सरकारले स्पष्ट नीति तथा निर्देशन पाउने आशा छ । देशको रूपान्तरणका लागि यो पुस्तक मार्गदर्शक बन्नेछ ।
२५६. कैलाशदेखि सागरसम्म
साहित्यकार गायत्रीकुमार चापागाईंको ‘कैलाशदेखि सागरसम्म’ नामक नियात्रासङ्ग्रहमा मूल शीर्षक छवटा छन् — बेलायत यात्रा, एडिनवरा (स्कटल्याण्ड) को यात्रा, लण्डनदेखि दुबईसम्मको यात्रा, काठमाण्डूदेखि सिङ्गापुर–मलेसियासम्मको यात्रा, तामाकोसीको तरङ्गमा कालिञ्चोक र मानसरोवर कैलाश यात्रा । यसभित्रका यात्रावर्णनहरू सुन्दर शिल्पले सजिएका छन् । ठाउँठाउँका घटनालाई, मनमा गढेका कुराहरूलाई, यात्रा गर्दाका दृश्यहरूलाई र तत्कालका मानसिक उद्वेलनलाई सुन्दर भाषा र शैलीमा प्रस्तुत गरिएको छ । प्रस्तुतिमा बनावटी कुरा नभएको र यथार्थलाई जस्ताको तस्तै प्रस्तुत गरेको पाइन्छ । परिवेशको चित्रण जीवन्त देखिन्छ । भिन्न–भिन्न ठाउँका भिन्न–भिन्न अनुभूतिले पाठकलाई रमाइलोपन दिन्छ । जहाँ पुगे पनि र जुन दृश्य देखे पनि स्वदेशको सम्झना आएको देखिन्छ । वाक्यका बनोटहरू सरल छन्, छोटा छन् र स्पष्ट बुझिने गरी लेखिएका छन् । कहीँ एकै शब्दका र कहीँ क्रियापद नभएका वाक्य पनि भेटिन्छन् । यी विशेषताले गर्दा पुस्तक पढ्न थालेपछि छोड्न मन लाग्दैन । यी नियात्राहरू पढ्दा पाठकलाई लेखकका साथमा आफू पनि यात्रा गरिरहेको भान हुन्छ ।
नेपाली अक्षरको अपमान गर्ने भाषाघाती निर्णय सच्याइयोस्
नेपाल सरकारले सवारी साधनमा जबर्जस्ती इम्बोस्ड नम्बर अनिवार्य प्रयोग गर्नुपर्ने भनी गरेको निर्णयका विषयमा शब्दयात्रा प्रकाशन लगायतका त्रिपन्नवटा सङ्घसंस्थाले ससम्मान नेपाली अक्षर प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रेस विज्ञप्ति जारी गरेका छन् । ती संस्थाहरूकोे संयुक्त बैठकले जारी गरेको विज्ञप्तिमा नेपालभित्रैका सवारी साधनहरूमा प्रयोग हुने नम्बर प्लेटबाट नेपाली अक्षरलाई अपमानपूर्वक हटाइनु नेपालको संविधान, सरकार आफैँले निर्णय गरी राजपत्रमा निकालेको सूचना र आम नेपाली जनताको मर्म र भावना विपरीत भएकाले तत्काल यो भाषाघाती निर्णय सच्याई नम्बर प्लेटमा ससम्मान नेपाली अक्षर प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।