आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
शब्दयात्रा प्रकाशनले ज्योतिष शिरोमणि अधिवक्ता प्रा. डा. बलराम उपाध्याय रेग्मी (पर्वत) लाई २०८२ सालको ‘शब्दयात्रा काशीनाथ–मायादेवी राष्ट्रझङ्कार सम्मान’ समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन आध्यात्मिक लेखक कृष्णहरि मैनालीले गर्नुभएको हो ।