Home Blog Page 12

२५९. बसिबियाँलोका क्षणहरू

‘बसिबियाँलोका क्षणहरू’ नामक कवितासङ्ग्रहका लेखक कृष्ण कार्की हुनुहुन्छ । यस सङ्ग्रहमा मानवको आध्यात्मिक चिन्तन र गतिविधिलाई उजागर गर्ने प्रयत्न गर्नुका साथै मानव जातिको उत्थान र उत्सुकताले प्रेरणा देओस् भन्ने कामना गरिएको छ । कवितामा छन्द, वर्ण, लय मिलाउने मात्र नगरी स्वतन्त्रता र स्वच्छन्दतामा लेख्ने पाश्चात्य परम्परा अँगालिएको छ । मानव–मानव सम्बन्ध र विचारलाई मनन गरी मनमा लागेका कुराहरू व्यक्त गर्ने क्रममा कविले यसमा आफ्नो मनमा लागेका कुरा लेख्नुभएको छ । जम्मा ११२ पृष्ठको यस पुस्तकको मूल्य १५० रुपियाँ राखिएको छ ।

रसुवा प्रतिभा पुरस्कार सम्बन्धी सम्झौतापत्र आदानप्रदान

0

‘शब्दयात्रा टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कार’ सम्बन्धी सम्झौतापत्र पुरस्कारका संस्थापक डा. सरस्वती आचार्य र व्यवस्थापक शब्दयात्रा प्रकाशनका तर्फबाट पदम दाहालले आदानप्रदान गर्नुभयो । सम्झौतापत्र आदानप्रदान गर्नमा साधुराम गिरीले सहयोग गर्नुभएको थियो भने डा. सरस्वती आचार्यले शब्दयात्रा प्रकाशनलाई प्रदान गर्नुभएको चेक शब्दयात्रा प्रकाशनका तर्फबाट अच्युत अधिकारीले ग्रहण गर्नुभयो ।
शब्दयात्रा प्रकाशनले यही वर्षदेखि रसुवा जिल्लाका प्रतिभालाई २५ हजार रुपियाँ, अभिवन्दनापत्र र शब्दयात्रा पट्ट सहित ‘शब्दयात्रा टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कार’ समर्पण गर्नेछ ।

सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह सम्पन्न

0
शब्दयात्रा प्रकाशनले २०८२ सालको दोस्रो चरणको सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह सम्पन्न गरेको छ । समारोहमा आठ विधामा सम्मान समर्पण र चारवटा पुस्तकको सार्वजनिकीकरण गरिएको थियो ।
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा सल्लाहकार सावित्री जङ्गम थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो भने समारोहको सञ्चालन कार्यसम्पादन समितिका सदस्य कालिका त्रिपाठी पन्तले र समापन अग्रज पत्रकार बलदेव थापाले गर्नुभएको थियो ।
समारोहको समुद्घाटन लीलादेवी श्रेष्ठले, छायाङ्कन तथा स्वराङ्कन सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले, मञ्चस्थ महानुभावहरूलाई रुद्राक्षमाला अर्पण केदारनाथ तिमल्सिनाले, सम्मान सामग्रीको व्यवस्थापन अमृत अधिकारीले, कविता वाचन गोविन्दबहादुर खड्काले र विविध कार्यमा सहयोग कार्यालय व्यवस्थापक सङ्गीता केसीले गर्नुभएको थियो ।
चयन समितिका संयोजक चन्द्रबहादुर खड्का तथा सदस्यहरू शिव बन्जारा र कालिका त्रिपाठी पन्तलाई शब्दयात्रा प्रकाशनका तर्फबाट आजीवन सदस्य सहदीप पलाञ्चोकेले उपहार समर्पण गर्नुभएको उक्त समारोहमा प्रथम शिक्षासेवी बालागुरु षडानन्द अधिकारी, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, आध्यात्मिक लेखक दुर्गाप्रसाद अधिकारी र मनका श्रेष्ठको तस्बिरमा पुष्पार्पण गरिएको थियो भने शब्दयात्रा प्रकाशनद्वारा सम्मानित व्यक्तित्व टी. पी. शर्मा तिमिल्सिनाको निधनमा उहाँको आत्मशान्तिको कामनाका साथ एक मिनेट मौन धारण गरिएको थियो ।

ठाडोभाका गुन्जियो शब्दयात्रा प्रकाशनमा

0
लमजुङ जिल्लाबाट विस्तार भएको ‘ठाडोभाका’ नामक लोकलयको गीत काभ्रेपलाञ्चोक जिल्लामा रहेको शब्दयात्रा प्रकाशनको सभाकक्षमा गुन्जिएको छ । लोकगायिका विष्णु परियारले ठाडोभाका गाएर सभाकक्षमा भरिभराउ श्रोताहरूलाई सुनाउनुभएको हो । सुमधुर स्वरमा ठाडोभाका सुनेर सबै श्रोताहरू मुग्ध हुनुभएको थियो । यस कार्यको व्यवस्थापन ठाडोभाका अन्वेषक लालबहादुर भुजेलले गर्नुभएको हो । ठाडोभाका गायकका रूपमा भेडिखर्के साइला अर्थात् दीर्घराज अधिकारीले प्रसिद्धि प्राप्त गर्नुभएको छ । विष्णु परियारले गाएका लोकदोहोरी र तीज गीत यु–ट्युब च्यानलमा सुन्न पाइन्छ ।

शब्दयात्रा प्रकाशनबाट आठ विधामा सम्मान समर्पण

0

आआफ्ना विधाबाट योगदान गर्नुभएका आठजना विशिष्ट साधकलाई शब्दयात्रा प्रकाशनले विभिन्न सम्मान समर्पण गरेको छ ।
सम्मान समर्पण समारोहमा ज्योतिष शिरोमणि अधिवक्ता प्रा. डा. बलराम उपाध्याय रेग्मी (पर्वत) लाई ‘शब्दयात्रा काशीनाथ मायादेवी राष्ट्रझङ्कार सम्मान’ समर्पण गरियो । उहाँलाई माला र उपहार कोष व्यवस्थापक आध्यात्मिक लेखक कृष्णहरि मैनालीले, किरीट हरि मञ्जुश्रीले र अभिवन्दनापत्र साहित्यकार लीलादेवी श्रेष्ठले समर्पण गर्नुभएको थियो । समारोहमा साहित्यकार जलेश्वरी श्रेष्ठ (काठमाडौँ) लाई कोष व्यवस्थापक द्रोणप्रसाद श्रेष्ठका तर्फबाट शारदाप्रसाद श्रेष्ठले माला र उपहार, हरि मञ्जुश्रीले किरीट र प्रा. डा. बलराम उपाध्याय रेग्मीले अभिवन्दनापत्रका साथमा मनका श्रेष्ठको स्मृतिमा स्थापित ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ समर्पण गर्नुभएको थियो । यसै गरी आध्यात्मिक लेखक ढुण्डिराज पोखरेल (दोलखा) लाई ‘शब्दयात्रा दुर्गाप्रसाद–युगला अधिकारी आध्यात्मिक लेखक सम्मान’ समर्पण गरियो । कोष व्यवस्थापक गीता अधिकारीका तर्फबाट लोकेन्द्र ढकालले माला र उपहार, हरि मञ्जुश्रीले किरीट र जलेश्वरी श्रेष्ठले अभिवन्दनापत्र उहाँमा समर्पण गर्नुभएको थियो ।
उक्त समारोहमा आध्यात्मिक स्तम्भकार तथा लेखक महेश्वर खनाल (काठमाडौँ) मा कोष व्यवस्थापक सुदर्शन आचार्यका तर्फबाट कृष्णमणि कुइकेलले माला र उपहार, हरि मञ्जुश्रीले किरीट र ढुण्डिराज पोखरेलले अभिवन्दनापत्र हस्तान्तरण गरी ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान’ समर्पण गरियो । ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ जीवन विज्ञान (काभ्रेपलाञ्चोक) नामक आध्यात्मिक संस्थामा समर्पण गरियो । संस्थाको प्रतिनिधिका रूपमा उपस्थित मीरा पौडेललाई कृष्णमणि कुइकेलले माला र उपहार, हरि मञ्जुश्रीले किरीट र महेश्वर खनालले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । यसै गरी कोष व्यवस्थापक हरिगोपाल प्रधानले माला र उपहार, हरि मञ्जुश्रीले किरीट तथा मीरा पौडेलले अभिवन्दनापत्रका साथमा फोटो पत्रकार सागर श्रेष्ठ (सिन्धुपाल्चोक) मा ‘शब्दयात्रा रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान’ समर्पण गरिएको थियो ।
समारोहमा उपस्थित हुन नसक्नुभएका अग्रज पत्रकार हरिहर विरही (सिन्धुली) हाल अमेरिकामा रहनुभएकाले उहाँ फर्किएपछि उहाँको घरैमा लगी समर्पण गर्ने गरी उहाँमा समर्पण गरिने ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ को अभिवन्दनापत्र, किरीट, रुद्राक्षमाला, उपहार आदि सामग्री उहाँका तर्फबाट लेखक सकुल थापाले ग्रहण गर्नुभएको थियो । उल्लिखित सम्मान सामग्रीहरू कोष व्यवस्थापक सुनील सापकोटाका तर्फबाट शिक्षासेवी पूर्णबहादुर कर्माचार्यले समर्पण गर्नुभएको थियो ।
यसै गरी समारोहमा उपस्थित हुन नसक्नुभएका स्तम्भकार नगेन्द्रप्रसाद आचार्य (कालिकोट) को घरैमा लगी समर्पण गर्ने गरी उहाँमा समर्पण गरिने ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान’ को अभिवन्दनापत्र, किरीट, रुद्राक्षमाला, उपहार आदि सामग्री उहाँका तर्फबाट उहाँका भाइ लक्ष्मीप्रसाद आचार्यले ग्रहण गर्नुभएको थियो । उल्लिखित सम्मान सामग्रीहरू कोष व्यवस्थापक हरिगोपाल प्रधानले समर्पण गर्नुभएको थियो ।
समारोहमा सम्मान्य व्यक्तित्व चयन समितिका संयोजक पूर्वप्रशासक तथा लेखक चन्द्रबहादुर खड्काले सम्मानित व्यक्तित्वहरूको चिनारी गराउनुभएको थियो । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्षमा यही २०८२ असोज ११ गते शनिबार आयोजना गरिएको थियो ।

‘ॐ हरिहरि’ भजन सार्वजनिक

0
आध्यात्मिक साधक, समाजसेवी तथा लेखक सकुल थापाले लेख्नुभएको भजन ‘ॐ हरिहरि’ शब्दयात्रा प्रकाशनको सभाकक्षमा हिजो २०८२ असोज ११ गते आयोजित कार्यक्रममा सार्वजनिक गरियो । भजनलाई भजनकार सकुल थापाले नै सार्वजनिक गर्नुभएको थियो । भजनको म्युजिक भिडियो असोज २७ गते आयोजना गरिने कार्यक्रममा सार्वजनिक गरिनेछ । यस भजनका सङ्गीतकार हरि मञ्जुश्री हुनुहुन्छ । यसमा रश्मि हुमागाईं र इन्जिनियर रोशन अधिकारीको स्वर रहेको छ । मच्छेश्वर सापकोटाको सुपरिवेक्षणमा तयार भई शब्दयात्रा प्रकाशनले प्रस्तुत गरेको यस भजनको बाद्यसंयोजन र ध्वनिमिश्रण बालकृष्ण सेवाचार्यले गर्नुभएको हो । सकुल थापाद्वारा लिखित यो दोस्रो भजन हो भने हरि मञ्जुश्रीद्वारा सङ्गीतबद्ध र शब्दयात्रा प्रकाशनद्वारा उत्पादित यो २० औँ साङ्गीतिक उपहार हो ।

चार पुस्तक सार्वजनिक

0
शब्दयात्रा प्रकाशनको सभाकक्षमा आज २०८२ असोज ११ गत शनिबार आयोजित समारोहमा चारवटा पुस्तकलाई सार्वजनिक गरियो । ती चारवटा पुस्तकहरू डा. गोपाल पौड्याल ‘मण्डने’ द्वारा लिखित ‘नेपालमा राजसंस्था किन ?’, कृष्ण कार्कीद्वारा लिखित कवितासङ्ग्रह ‘बसिबियाँलोका क्षणहरू’, डा. इन्दुल केसीद्वारा लिखित समीक्षासङ्ग्रह ‘गगनमण्डलका ताराहरू’ र चन्द्रबहादुर खड्काद्वारा लिखित यात्रासंस्मरण ‘कैलाश मानसरोवर यात्रा’ थिए ।
‘नेपालमा राजसंस्था किन ?’ लाई कृतिकार डा. गोपाल पौड्याल ‘मण्डने’ र गीतिभास्कर मच्छेश्वर सापकोटाले तथा ‘बसिबियाँलोका क्षणहरू’ लाई कृतिकार कृष्ण कार्की र अन्वेषक लालबहादुर भुजेलले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो । यसै गरी ‘गगनमण्डलका ताराहरू’ लाई कृतिकार डा. इन्दुल केसी र गायिका सरस्वती सापकोटाले तथा ‘कैलाश मानसरोवर यात्रा’ लाई कृतिकार चन्द्रबहादुर खड्का र काव्यकार दीनानाथ पोखरेलले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो ।
सार्वजनिक गरिएका चारैवटा पुस्तकको परिचय सञ्चारकर्मी शिव बन्जाराले गराउनुभएको थियो ।

असोज ११ गते ८ सम्मान समर्पण गरिने

0
शब्दयात्रा प्रकाशनले यही असोज ११ गते शनिबार सम्मान समर्पण समारोहको आयोजना गरी निम्नलिखित आठ विधाका सम्मान समर्पण गर्ने भएको छ — १. शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान हरिहर विरही (सिन्धुली), २. शब्दयात्रा काशीनाथ–मायादेवी राष्ट्रझङ्कार सम्मान प्रा. डा. बलराम उपाध्याय रेग्मी (पर्वत), ३. शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान जलेश्वरी श्रेष्ठ (काठमाडौँ), ४. शब्दयात्रा दुर्गाप्रसाद–युगला अधिकारी आध्यात्मिक लेखक सम्मान ढुण्डिराज पोखरेल (दोलखा), ५. शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान महेश्वर खनाल (काठमाडौँ), ६. शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान जीवन विज्ञान (काभ्रेपलाञ्चोक), ७. शब्दयात्रा रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान सागर श्रेष्ठ (सिन्धुपाल्चोक), ८. शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान नगेन्द्रप्रसाद आचार्य (कालिकोट) । समारोह आफ्नै सभाकक्ष बनेपामा दिउँसो १२ः३० बजे प्रारम्भ हुनेछ ।

नगेन्द्रप्रसाद आचार्यलाई स्तम्भकार सम्मान समर्पण गरिने

0

शब्दयात्रा प्रकाशनले साहित्यकार तथा विभिन्न पत्रिकाका स्तम्भकार नगेन्द्रप्रसाद आचार्य (कालिकोट) लाई २०८२ सालको ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान’ समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन आफ्ना बुबा गोपाल प्रधानको स्मृतिमा अग्रज पत्रकार हरिगोपाल प्रधानले गर्नुभएको हो ।

जीवन विज्ञानलाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

0
शब्दयात्रा प्रकाशनले जीवन विज्ञान (काभ्रेपलाञ्चोक) नामक संस्थालाई २०८२ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन नीलकण्ठेश्वर धाम संरक्षण समितिसँगको समन्वयमा शब्दयात्रा प्रकाशनले गरेको हो ।